यायावरहरू कोटडाँडामा
बिहानको ७ बजेको थियो । म लगनखेल बसपार्कको छेउमा उभिएकी थिएँ । पूर्वमा उदाएको सूर्यको किरण किशोरवयमा प्रवेश गरिसकेको थियो । नगर सफा गर्ने कुचीकारले फोहोर सोहोरिरहेका थिए । ठाउँ–ठाउँमा प्लास्टिक र अन्य फोहोर सोहोरेर थुप्रो थुप्रो बनाएका थिए । हिजो बेलुकाको फोहोर होला, यो मनमनै अनुमान गरेँ । यिनीहरूले यति दुःख गरी गरी सफा गर्छन् । एकछिनपछि घरधनी, सडक व्यापारी र फुटपाथे पैदलयात्रीले फोहोर फाल्दै सडक विरूप पार्छन् । यस्तो अवस्थामा सहर कसरी सफा हुन्छ र ? सहर सफा हुन त जसले फोहोर निकाल्छ, उसले नै आफ्नो फो
'फिल्म सम्पादन तास खेलेको जस्तै हो'
सानैदेखि कम बोल्ने स्वभावकी फिल्म निर्माता प्रश्ना डङ्गोललाई कुनै पनि विषयमा बोलेर अभिव्यक्त गर्नुभन्दा पनि देखाएर अभिव्यक्त गर्न पाए अझै सशक्त हुने महसुस हुन्छ ।
उधारोमै उखु बेच्दै किसान
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न ढिलाइ हुँदा किसान मारमा परेका छन् । उखु क्रसिङ सुरु भएको दुई साता बितिसक्दा पनि सरकारले अझै मूल्य निर्धारण गरेको छैन । यसको मारमा उखु उत्पादक किसान परेका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले सरकारले समयमा उखुको मूल्य निर्धारण नगर्दा किसानलाई समस्या परेको बताउनुभयो । उत्पादनको लागत खर्च बढेकाले हामीले प्रतिक्विन्टल ७०५ रुपियाँ माग गरेका छाैँ । उखुको लागत मूल्य बढेको र खेती गर्ने किसान पलायन भइसकेकाले पनि मूल्य बढाउनुपर्छ,” मैनालीले भन्नुभयो । गत वर्ष उद्योगले उखुको प्रतिक्विन्टल ५२० र सरकारले अनुदानबापत ७० गरी ५९० रुपियाँ कायम गरिएको थियो ।
बुद्धकालीन 'इनार'(फोटो फिचर)
कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारदेखि पश्चिम करिब दुई किलोमिटरको दुरीमा रहेको ऐतिहासिक स्थल कुदान अर्थात् निग्रोधराममा प्राचीन बुद्धकालीन इनार रहेको छ ।
स्याउको बगान व्यवस्थापन गरिँदै
हिमालपारिको जिल्ला मुस्ताङका स्याउ किसानहरू अहिले बगैँचा व्यवस्थापनमा व्यस्त रहेका छन् । रसिलो स्याउको राजधानीको रूपमा रहेको मार्फा लगायतका क्षेत्रका स्याउ किसानहरू स्याउ जातका फलफूलको बगैँचा व्यवस्थापनमा सक्रिय रहेका छन् ।
मन परेका उत्कृष्ट तस्बिरहरू
यो साता कैद गरिएका मन परेका उत्कृष्ट तस्बिरहरू ।
पाँच महिनामै अठतीस हजारले लिए एनओसी
पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको छ। स्वदेशी शिक्षाको प्रवद्र्धनका लागि सरकार तथा निजी क्षेत्रबाट स्थानीय स्तरमै विभिन्न अभियान सञ्चालन गरिएको भए पनि प्रभावकारी हुनसकेको छैन। उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेसँगै स्वदेशी क्याम्पस सञ्चालकहरूले भने चिन्ता व्यक्त गरेका छन्। मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन प्रमाणीकरण शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्म ‘नो अब्जेक्सन लेटर’ लिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ। यस अवधिमा एक हजार ५५८ जनाको नो अब्जेक्सन लेटर रद्द भएको छ।
सरकारी वकिलले दबाब र प्रभावमा नपरी काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पक्षको दबाब र प्रभावमा नपरी काम गर्न आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल
काठमाडौं, पुस ८ गते। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ। प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार सभापति देउवा र अध्यक्ष दाहालबीच शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो। अहिले छलफल जारी छ। यसअघि प्रधानमन्त्री देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बालुवाटारमा छलफल भएको थियो। कांग्रेस नेतृ डा. डिला संग्रौलाले प्रधानमन्त्री देउवा र पदाधिकारीबीच आज दिउँसो भेटघाट भएको जानकारी दिनुभयो।संग्रौलाले भन्नुभयो, “दलको नेतामा चुनिनुभएको छ, हामी उहाँलाई भेट्न बालुवाटार पुगेका थियौं। चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी भएकाले नेतृत्व गर्नुपर्छ भन्ने छ।”यसैगरी, कांग्रेस नेता प्रकाशमान सिंह पनि शक्ति बाँडफाँट लगायतका विषयमा छलफल गर्न शुक्रबार बिहानै माओवादी अध्यक्ष दाहाल निवास खुमलटार पुग्नुभएको थियो।सिंहका प्रेस संयोजक यूपी लामिछानेले नेताद्वय सिंह र दाहालबीचमा सरकार गठन, शक्ति बाँडफाँट, आलोपालो नेतृत्वको विषयमा कुराकानी भएको हो। “आलोपालो शक्ति बाँडफाँट, सरकार गठनको विषयमा छलफल भयो”, प्रधानमन्त्री कांग्रेसको नेतृत्वमा हुनुपर्ने सिंहले प्रस्ताव गर्नुभएको लामिछानेको भनाइ छ। तर, अध्यक्ष दाहालले प्रधानमन्त्रीमा आफ्नो दाबी गर्नुभएको उहाँको भनाइ छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरिसक्नु भएको छ। राष्ट्रपतिले दिनुभएको समय सकिँनै लाग्दा नेताले छलफललाई तीव्रता दिएका हुन्। बिहीबार साँझ प्रधानमन्त्री देउवा, अध्यक्ष दाहालसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमै भेटवार्ता भएको थियो ।
चार्ल्स शोभराज कतार एअरवेजबाट फ्रान्स जाँदै
अध्यागमन विभागले फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेको छ ।
पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति भण्डारीको आग्रह
पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ । सुर्खेतमा आज शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गर्नुभएको हो ।
चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाइयो
हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।
राहदानी लिन घण्टौँ लाइनमा (फोटो फिचर)
शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देख्न सकिन्छ ।
छुटेका चारमध्ये दुई सांसदको शपथ
बिहीबार शपथ ग्रहण गर्न छुट्नुभएका चारमध्ये दुई जना प्रतिनिधिसभा सांसदले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
रुपन्देहीको तिलोत्तमामा ट्राम रेलको शिलान्यास
तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले शुक्रवार रेलको शिलान्यास गर्नुभएको हो ।
पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको १० प्रतिशत भाडा समायाेजन
पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडा बढेको छ । नेपाल आयल निगमले पुस १ गतेबाट ८ देखि १० प्रतिशत भाडा समायोजन भएकाे हो ।
धनुषाका सबै विद्यालय बन्द
शिक्षकसँग सम्बन्धित सङ्घ-संस्थाहरुले आज (शुक्रबार) धनुषाका सामुदायिक विद्यालय बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलबभत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् ।
घारखोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घर खोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुर्याइएको छ । आगामी वैशाख देखि व्यावसायिक उत्पादन थाल्ने तयारीका साथ आयोजनाको निर्माणलाई यतिखेर तीव्रता दिइएको हो । आयोजनाको सिभिल र इलेक्ट्रोमेकानिकल तर्फका कामहरू अन्तिम चरणमा पुगेका छन् ।
चार सय दस युवा विदेशमा बेपत्ता
पर्वतको बाछाका विनोद अधिकारी रोजगारीका लागि मलेसिया जानुभएको आठ वर्ष भयो । गएको तीन वर्षसम्म परिवारको नियमित सम्पर्कमा रहनुभएको, त्यसपछि सम्पर्कविहीन भएको र अहिलेसम्म केही जानकारी नआएको उहाँका दाजु नरेश अधिकारीले बताउनुभयो । नरेश अधिकारीका अनुसार विनोदले मलेसियाको पाँचतारे होटलमा काम गर्नुभएकाले कमाइ राम्रै थियो । उहाँले तीन वर्षसम्म मासिक ५० हजार रुपियाँका दरले पैसा पठाउनुभएको थियो । दाजु नरेश अधिकारीले भन्नुभयो, “भाइको खोजीका लागि श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग, दूतावास धेरैतिर हारगुहार गरियो तर अहिलेसम्म केही खबर पाएका छैनौँ ।”
कांग्रेस अरूभन्दा फरक
नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभयो । बुधबार सम्पन्न निर्वाचनमा सभापति देउवासँगै महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको थियो । आफूभन्दा ३० वर्ष कान्छा उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै गर्दा पनि प्रधानमन्त्री देउवा हँसिलो मुहारमा मनोनयनपत्र भर्न पुग्नुभयो । महामन्त्री थापाले पनि उत्साहपूर्ण मुद्रामा मनोनयन भर्नुभयो ।
प्रतिनिधि सभामा पैँतालीस प्रतिशत नयाँ अनुहार
प्रतिनिधि सभामा करिब ४५ प्रतिशत सांसद नयाँ हुनुहुन्छ । नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद् भवनमा बिहीबार १३० जनाले प्रतिनिधि सभा सदस्यको पहिलो पटक शपथग्रहण गर्नुभयो ।
दशकमै दोब्बर भयो वैदेशिक ऋण, पछिल्लो पाँच वर्षको वृद्धि उच्च
दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ । विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१० मा नेपालको कुल वैदेशिक ऋण तीन अर्ब ७८ करोड अमेरिकी डलर थियो । सन् २०२१ सम्म आइपुग्दा उक्त ऋण आठ अर्ब ८५ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ ।
हिमालयबाट खोसियो भूमिस्थ सेवा
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भूमिस्थ सेवा (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) अनुमति पाएको निजी क्षेत्रको हिमालय एयरलाइन्सको उक्त सुविधा खोसेको छ । प्राधिकरणले हिमालयको नेपाल वायुसेवा निगमलाई दिएको हो । नेवानिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि स्वदेशी तथा विदेशी हवाई कम्पनीका सबै जहाजको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ ।
सङ्घीय संसद्को विविधता र शपथ समारोह
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।