• २२ वैशाख २०८१, शनिबार

राहदानी लिन घण्टौँ लाइनमा (फोटो फिचर)

blog

राहदानी लिन लाइनमा बसेका सर्वसाधारण । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, पुस ८ गते । राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा केही दिन यता सेवाग्राहीहरुको भीड लाग्न थालेको हो ।

शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देख्न सकिन्छ । आज राहदानी लिनका लागि बसेको लाइनले राहदानी लिन अझै पनि घण्टौं लाइन लागेर विभिन्न समस्या व्यहोर्नुपरेको यथार्थलाई पुष्टि गरेको छ ।

छिटो पालो पाउनका लागि बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्ने गरेका नागरिकहरु उल्लेख्य छन् । राहदानी विभागले पुस ५ गतेदेखि अपराह्न साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरु गर्ने समय निर्धारण गरेको छ ।

यसअघि दैनिक ११ बजेदेखि बुकिङ सुरु हुने गरेको थियो । सेवाग्राहीलाई सहज बनाउन राहदानी विभागले अनलाइनबाट सेवा दिने भने पनि अनलाइन सेवा चुस्त नहुँदा झनै समस्या परेको सेवाग्राहीहरु बताउँछन् ।