• २८ वैशाख २०८१, शुक्रबार

सङ्घीय संसद्को विविधता र शपथ समारोह

blog

काठमाडौं, पुस ७ गते। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहीबार आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उहाँले सांसदलाई शपथ गराउनुभएको हो।

शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुग्नुभएको थियो। संसद् सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिनुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।


शपथ ग्रहणका लागि नयाँ बानेश्वरस्थित संसद् भवन पुग्नुभएका सांसदहरू राष्ट्रिय पोसाकसहित आफ्नो जातिगत र क्षेत्रगत पहिचान झल्किने पोसाकमा सजिनुभएको थियो।

यो पनि पढ्नुहोस

पहिचान झल्किने गरी सांसदहरू संसदमा (फोटो फिचर)

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको थियो। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।

शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाउनुभएको बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो।

यो पनि पढ्नुहोस

नवनिर्वाचित सांसदले लिनुभयो शपथ (फोटो फिचर)

शपथमा चार जना सांसद अनुपस्थित

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कूल दुई सय ७५ सांसद छन्। शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो। तस्बिर र भिडियो : केशब गुरुङ