• १० मंसिर २०८१, सोमबार

चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाइयो

blog

चार्ल्स शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभाग लगिँदै । तस्बिर : कविन अधिकारी

काठमाडौं, पुस ८ गते । हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

बुधबार सर्वोच्च अदालतको आदेशबमोजिम शोभराज आज (शुक्रबार) कारागारबाट मुक्त भएसँगै अध्यागमन विभाग लगिएको हो ।

अध्यागमनका सूचना अधिकारी कमलप्रसाद पाण्डेले अब आवश्यक कानुनी प्रक्रिया सकेर शोभराजलाई पुनः फ्रान्स पठाउने प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।

विभागसँग नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउन सक्ने अधिकार छ । त्यसको प्रयोग गरेर शोभराजलाई नेपाल आउनै नपाउने गरी डिपोर्ट गर्न लागिएको उहाँले बताउनुभयो  ।