• ११ मंसिर २०८१, मङ्गलबार

सीओपीडी दमको विषयमा भिडियो कुराकानी

धूम्रपान र भान्साको धुवाँले दमको समस्या

blog

महिमा देवकोटा

काठमाडौं, पुस ६ गते। वीर अस्पतालको छाती विभागका प्रमुख डा. आशेष ढुङ्गाना धूम्रपान, भान्साको धुवाँ, आन्तरिक वायु प्रदूषण, वायु प्रदूषण र धुलोको कारण दमको समस्या हुने बताउनुहुन्छ।

जाँडो मौसममा विशेष गरेर सीओपीडी दमको जोखिम बढी हुनेगर्छ। धूम्रपानसँगै नेपालका ग्रामीण क्षेत्रमा दाउराको धुवाँका कारणसमेत यो समस्या देखिने गरेको छ। विशेष गरेर महिला र बालबालिका  सीओपीडी दमको जोखिममा रहेको उहाँको भनाइ छ। भान्सामा महिलाले लामो समय बिताउने हुँदा यसको समस्या उनीहरूमा बढी देखिएको हो। 

‘‘सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रत्येक १० जनामध्ये एक जनामा दमको समस्या देखिन्छ। यी प्रदेशका दुर्गम क्षेत्रमा खाना पकाउन दाउराको प्रयोग हुने गरेको छ। महिला र बालबालिका जो दाउराको धुवाँको सम्पर्कमा आएका छन् जसमा बिस्तारै सीओपीडी विकास हुन्छ।’’ 

नेपालको ग्रामीण क्षेत्रमा दाउराबाट निस्कने धुवाँका कारण धेरै महिला तथा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी रोगले सताएको चिकित्सकको भनाइ छ। पेसागत रूपमै धुलो र धुवाँ बढी हुने क्षेत्रमा वर्षौँदेखि काम गर्ने मजदुरमानसमेत यो समस्या बढी देखिएको उहाँले बताउनुभयो। डा. ढुङ्गानाका अनुसार नेपालमा सुदूरपश्चिम र कर्णालीमा प्रत्येक १० जनामध्ये एक जनामा दमको समस्या देखिएको छ। धुवाँको सम्पर्कमा पुग्ने महिला र बालबालिकामा जोखिम बढी हुने उहाँले बताउनुभयो। 

‘‘सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रत्येक १० जनामध्ये एक जनामा दमको समस्या देखिन्छ। यी प्रदेशका दुर्गम क्षेत्रमा खाना पकाउन दाउराको प्रयोग हुने गरेको छ। महिला र बालबालिका जो दाउराको धुवाँको सम्पर्कमा आएका छन् जसमा बिस्तारै सीओपीडी विकास हुन्छ।’’ 

नेपालमा औषधि महँगो पर्ने भएकाले यसको उपचारमा सर्वसाधारणको पहुँच पुग्न नसकेको उहाँले बताउनुभयो। चिसो मौसममा दम बढ्ने भएकाले जोखिम क्षेत्रमा रहेका व्यक्ति सचेत हुनुपर्ने उहाँको भनाइ छ। 

डा. ढुंगानका अनुसार सीओपीडी दम बिस्तारै बढ्दै जाने भएकाले प्रारम्भिक निदान र उपचारले मानिसलाई जोगाउन सकिन्छ। धेरै नेपाली उपचारको पहुँचमा नभएकाले समस्या बढ्दै गएको उहाँले बताउनुभयो। गोरखापत्र अनलाइनका लागि सीओपीडी दम, यसको रोकथाम र उपचारको विषयमा गोरखापत्र अनलाइनका लागि महिमा देवकोटा, मनोजरत्न शाही र केशब गुरुङले वीर अस्पतालका डा. आशेष ढुंगानासँग गर्नुभएको भिडियो कुराकानी :