ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो
चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् ।
इटालीद्वारा प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध
इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध लगाएको छ । यससँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ ।
स्कुल बस दुर्घटना: तीन जनाको मृत्यु, ३६ घाइते
उदयपुरमा पिकनिक खान गएको अविभावकसहितको स्कुलको बस दुर्घटनाग्रस्त हुँदा दुई बालबालिकासहित तीन जनाको शनिबार मृत्यु भएको छ। दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन्।
ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गर्छौँ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताउनुभएको छ ।
इजरायलले सार्वजनिक गर्यो हमासद्वारा रिहा गरिएका बन्धकको सूची
इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ ।
आगलागीमा परी चार जनाको मृत्यु एक घाइते
शुक्रबार राति करिब ८ बजे बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
हमासद्वारा २५ बन्धक रिहा
हमासले नियन्त्रणमा लिएका १३ जना इजरायली बन्धक रेडक्रसलाई हस्तान्तरण गरेको छ । यसैगरी,१२ जना थाइ बन्धकहरू पनि गाजाबाट रिहा गरेको छ ।
श्री एयरलाइन्समा गडबडी, काठमाडौँमा अवतरण
काठमाडौँ, मङ्सिर ८ गते । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किएको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो । प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको व्यवस्थापक मानन्धरले बताउनुभयो । रासस
एकै घरका तीनजनाको तीन चितामा दाहसंस्कार
जिल्लाको धनकुटा नगरपालिका–१ स्थित निगालेमा डेरागरी बस्दै आएका एकै परिवारका तीनजनाको शव आज तीन चिता बनाई दाहसंस्कार गरिएको छ ।
रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
दुईसय रुख काटियो, सम्बन्धित निकाय मौन
गण्डकी प्रदेश सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङले पूर्वसांसद पोल्देन छोपाङ गुरुङसमेत सञ्चालक रहेका स्याउ फार्म एग्रो मनाङ प्रालिले सरकारी नीतिविपरीत करिब २५ रोपनीभन्दा बढी क्षेत्रफलको वन फँडानी हुँदा पनि स्थानीय प्रशासन मौन रहेकोमा आपत्ति जनाउनुभएको छ ।
दुर्गा प्रसाईंद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको छ ।
वडा सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडासचिव शिवकुमार महतोविरुद्ध आफू जिवितै हुँदै आफ्नो मृत्युको दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको आरोप लागेको छ ।
चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै
चोभार सुख्खा बन्दरगाह निजी साझेदारी (पि.पि.पि.) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ ।
इजरायल र हमासबीच युद्धविराम सम्झौता : आज रिहा हुने १३ जना एउटै परिवारका
शुक्रबार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही सङ्ख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थताकर्ताहरूले बताएका छन् ।
एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता
सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोडं बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
अब सरकारी अस्पतालमा चिकित्सा शिक्षा
चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित गरेर चिकित्सा शिक्षा आयोगमा पठाएको छ । साथै प्रस्तावमा अस्पतालहरूको राय पनि मागेको छ ।
बल्खु प्रदर्शनमा २८ घाइते, ६ जनाको उपचार हुँदै
काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् ।
बल्खु क्षेत्रको अवस्था सामान्य
केहीबेर तनावपूर्ण बनेको काठमाडौंको बल्खु क्षेत्रको अवस्था अहिले सामान्य बन्दै गएको छ ।
बल्खु क्षेत्रमा अश्रुग्यास र पानीको फोहरा प्रहार
काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच झडप भएको छ । प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्र कालीमाटीतर्फ जान थालेपछि झडप भएको हो ।
प्रसाईं समर्थकद्वारा बल्खुमा प्रदर्शन जारी
काठमाडौंको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थकहरूको प्रदर्शन जारी राखेका छन् । बल्खुस्थित जारी प्रदर्शनमा प्रदर्शनकारीले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा नारा लगाएका छन् ।
तीनकुनेमा राष्ट्रिय युवा सङ्घको प्रदर्शन
काठमाडौँको तीनकुनेमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा सङ्घका नेता कार्यकर्ताको उपस्थिति रहेको छ भने अहिले प्रदर्शन जारी छ ।
बल्खुमा दुई समूहबिच झडप र ढुङ्गा हानाहान
काठमाडौंको बल्खु चोकमा ढुङ्गामुढा र तोडफोड भएको छ । बिहीबार कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खु चोकमा दुर्गा प्रसाईंको समूहले ढुङ्गाप्रहार गरेको हो ।
श्रीमती र छोराको हत्यापछि आत्महत्या
धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । बुधवार राति निगालेका ३५ वर्षीय टिकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुस गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।