• २१ वैशाख २०८१, शुक्रबार

जनमतबाट बालगोबिन्द चौधरीको उम्मेदवारी दर्ता

blog

जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएका बालगोबिन्द चौधरी । तस्बिर : लिलाधर वली

लिलाधर वली
घोराही, पुस २३ गते ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनमत पार्टीका बालगोबिन्द चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

चौधरीले लुम्बिनी प्रदेशबाट पहिलो उम्मेदवारी दर्ता गराउनुभएको हो । नवलपरासी जिल्ला निवासी चौधरीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङ रहनुभएको छ ।