पहिलो त्रैमासिकमा ३.२ प्रतिशत आर्थिक वृद्धि
वित्तीय र खानी तथा उत्खनन क्षेत्र चलायमान हुँदा चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासिक(साउन–असोज) मा मुलुकको अर्थतन्त्रले ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ ।
तीन महिनामा तीन दशमलव दुई प्रतिशतको आर्थिक वृद्धिदर
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा गार्हस्थ उत्पादन (जिडिपी)मा तीन दशमलव दुई प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो।
राप्रपाको चियापानमा प्रधानमन्त्री प्रचण्डसहित शीर्षनेता उपस्थित
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको चियापान समारोहमा शीर्ष नेताले उपस्थिति जनाउनुभएको छ।
पृथ्वी जयन्तीमा एकता दिवस मनाउनु राम्रो : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताउनुभएको छ ।
वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताउनुभएको छ ।
मेलम्चीको पानी चार दिनपछि काठमाडौं आउने
बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ ।
राष्ट्रपतिसमक्ष एफएओका महानिर्देशकको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक डा क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग दाङ जिल्लाका सांसदले भेट गरी टरिगाउँ विमानस्थल विस्तारलगायत ‘एजेन्डा’ मा छलफल गर्नुभएको छ ।
अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।
विकास, राजनीतिज्ञ र विज्ञ
हाम्रा लागि विकास नै सर्वाधिक चासोको विषय भइरहेको छ । त्यो पनि उन्नत स्तरको होइन, आधारभूत स्तरको तर विकासको स्पष्ट मार्गचित्र तय हुन सकेको छैन । अर्थात् विकासले भरपर्दो लय समात्न सकिरहेको छैन । यथार्थमा विकासबारेको दृष्टिकोण निर्माण गर्न, प्राथमिकता पहिचान गर्न र योजना बनाउन गम्भीर बहस र विमर्श नै हुन सकेको छैन । जे भइरहेको छ कोरा आवश्यकताले घचटेर र लहडमा भइरहेको प्रतीत हुन्छ । त्यही भएर त कहिले भ्यु टावर, कहिले पानीजहाज, कहिले सभा भवनका साथै हचुवा तवरमा सडकहरूको निर्माणलाई नै विकास भन्ने र मान्ने गरिएको छ ।
चालिस हजार दुध किसानको बाइस करोड भुक्तानी बाँकी
चितवनका किसानले दुधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । दुध बिक्री गरेको पैसा नपाउँदा किसान पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै छिटो पैसा दिन अपिल गरेको हो ।
राष्ट्रपतिले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुहुने भएको छ ।
गाडी पल्टिँदा एकको मृत्यु, २५ घाइते
सुर्खेतबाट नेपालगन्जतर्फ आइरहेको हाइस गाडी कोहलपुर सुर्खेत सडकखण्डअन्तर्गत बबईमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
रुसी सेनामा भर्ती भएका अर्का नेपाली युवकको मृत्यु
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।
बम्जनलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश
बलात्कार आरोपमा पक्राउ परेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको छ।
नेपाल भाषाका हजारौँ किताब ई-लाइब्रेरीमा
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्बन्धी पुस्तकहरूलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको सुझाव
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ।
पूर्वकप्तान लामिछाने निलम्बित
नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गर्नुभएको छ ।
बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा शेख हसिना नियुक्त
बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
खुकुलो मौद्रिक नीतिले अर्थतन्त्र सुध्रिने अनुमान
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने अनुमान गरिएको छ । विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अनुमान गरेको हो । खास गरी खुकुलो मौद्रिक नीति र आयात प्रतिबन्ध खुला गरिएपछि अर्थतन्त्रमा सुधार देखिने अनुमान प्रतिवेदनमा गरिएको छ । जस अनुसार चालु आवमा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने छ जुन गत आवको १.९ प्रतिशतले सुधार हो ।
नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले आर्थिक वर्ष २०२४–२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
क्रिकेटर सन्दीपलाई आठ वर्ष कैद सजाय
जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ ।
घर र गोठमा आगलागी, ४५ वटा बाख्रा मरे
खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा आगलागीबाट एउटा घर र दुईवटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । खोटाङ बजार पुरानो गाउँस्थित तुलसीराम चौलागाइँको गोठबाट सुरु भएको आगोले गोठसहित घर जलेर नष्ट भएको हो ।