चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको (दर्ता प्रमाणपत्र) लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन्।
नेपालीलाई फुटाउने प्रयास भइरहेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जात, भूगोल, भेगका नाममा नेपालीलाई फुटाउने प्रयास भइरहेको बताउनुभएको छ ।
कोशीमा मन्त्रीको विभागीय जिम्मेवारी तोकियो
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारका मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गर्नुभएको छ । मन्त्रिपरिषद् गठन भएको ५० दिनपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई विभागीय जिम्मेवारी तोक्नुभएको हो ।
उपमहानगरले भत्कायो अवैध संरचना
नक्सा पास नगरी बनाइएको भौतिक संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको छ । धनगढीको पार्कमोड क्षेत्रमा प्रदीपकुमार अग्रवाल र दुष्यन्त बस्नेतको नाममा रहेको जग्गामा बनेको संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको हो ।
प्रधानमन्त्री प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कमनवेल्थका विदेश राज्यमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेट गर्नुभएको छ ।
सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुल गर्नू : अर्थ मन्त्रालय
अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक अद्यावधिक प्रतिवेदनमा, संस्थानले भूकम्प राति १०ः३७ बजे गएको हो ।
खाद्य संस्थानको कोठाभित्र शव फेला
हेटौँडा–२, चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र शनिवार एक जना पुरुषको शव फेला परेको छ ।
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ स्वदेश फर्कँदै हुनुहुन्छ । संयुक्त अरब इमिरेट्स दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुनुभई उहाँ आज स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वनभोजमा हिँडेको बस दुर्घटना, ६ घाइते
वनभोज हिँडेको बस धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा दुर्घटना भएको छ । इलामबाट विद्यार्थी लिएर वनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदैगरेको मे १ ख ३३८० नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा ३२ जनाको मृत्यु
युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
एचआइभी सङ्क्रमितको सङ्ख्या ९० प्रतिशतले घट्यो
नेपालमा एचआइभी सङ्क्रमितको सङ्ख्या ९० प्रतिशतले घटेको छ । ३६ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरले आज सार्वजनिक गर्नुभएको तथ्याङ्कले यस्तो देखिएको हो ।
रुकुमपश्चिममा एमालेले बनायो २१५ अस्थायी आवास
“पुनर्निर्माणका लागि श्रमदान” भन्ने अभियान लिएर भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको नेकपा (एमाले) ले रुकुमपश्चिममा २१५ वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कको कार्यालयमा तालाबन्दी
पश्चिम नेपालको केन्द्र रहेको नेपालगन्जबाट कार्यालय सार्न खोजेपछि स्थानीय सङ्घ संस्थाले विरोध गर्दै बैङ्कको कार्यालयमा तालाबन्दी गरेका छन् ।
आजियाटा ग्रुपविरुद्धको रिट : अदालतले दुवै पक्षलाई छलफलमा बोलायो
उच्च अदालत पाटनले एनसेलमा रहेको सेयर बेच्ने आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
बालविकासका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकासका कर्मचारी निरञ्जना मल्लविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।
भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइ राख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । पार्टीको महाकाली—मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
युद्धविरामको समयसीमा सकिएसँगै इजरायलद्वारा गाजामा पुनः सैन्य कारबाही सुरु
इजरायली सेनाले गाजामा आफूले पुनः हमला सुरु गरेको शुक्रबार बताएको छ । इजरायल र हमासबिच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ ।
एचआइभी नियन्त्रणमा नेपाललाई उल्लेखनीय उपलब्धि हासिल : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो ।
ठक्करबाट यात्रुको मृत्यु भएपछि राजमार्ग अवरुद्ध
कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् ।
राष्ट्रपति र लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका अध्यक्षबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष ब्रायन इ सिहानसहित लायन्स इन्टरनेशनलका पदाधिकारीहरूले भेट गर्नुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण: आज फैसला
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले आज फैसला गर्दै छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेसँगै आज (शुक्रवार) आदेश हुने बताइएको छ ।
घुस लिएको आरोपमा सव–इन्जिनियर पक्राउ
जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
दुर्घटनामा एकै परिवारका तीनको मृत्यु
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एकै परिवारको तीन जनाएको मृत्यु भएको छ ।