आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुन्छ : मन्त्री बस्नेत
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने बताउनुभएको छ ।
१५ लाख घुससहित वडाध्यक्ष पक्राउ
काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु. १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राती नियन्त्रणमा लिएको छ ।
तेह्रथुममा टिपर दुर्घटना हुँदा दुईको मृत्यु तीन घाइते
तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पार्किङबाट जिप चोरी गर्ने युवा पक्राउ
कास्की प्रहरीले बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदैगरेका एक युवा पक्राउ परेका छन् ।
नागरिक लगानी कोषमा पर्वतकुमार कार्की नियुक्त
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
गङ्गालालमा डा. रवि मल्ल नियुक्त
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ ।
नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता
अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ ।
घरजग्गा कारोबार बढ्दा राजश्व सङ्कलन ३४ करोडभन्दा बढी
केही महिनादेखि सुस्ताएको घरजग्गा कारोबार पुस महिनामा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार अघिल्ला महिनाको तुलनामा पुस महिनामा घरजग्गा कारोबार बढेको हो ।
राष्ट्रिय सभा निर्वाचन : मतपत्र ढुवानीका लागि सुरक्षा प्रबन्ध मिलाउन निर्देशन
निर्वाचन आयोगले मतपत्र ढुवानीका लागि गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।
मदिराको कालो बजारी : खुकुरी रमदेखि ब्ल्याक लेबलसम्म नक्कली
काठमाडौँ उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने गरी कालो बजारी हुने गरेको फेला परेको छ ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार युगाण्डा प्रस्थान गर्नुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै हुनुहुन्छ ।
प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुङ्ग्याउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुङ्ग्याउन निर्देशन दिनुभएको छ। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो।
मेलम्चीकाे खानेपानी पाइएन, यी नम्बरमा सम्पर्क गर्नुस्
सरकारले सोमबारदेखि पुनः काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण गरेको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समान रूपमा निरन्तर उपभोक्ताको धारामा पानी वितरण गर्न समेत निर्देशन दिएको छ ।
साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता
मुलुकमा लगानी गर्न सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता धेरै आउने गरेको छ । उद्योग विभागका अनुसार चालुु आर्थिक वर्षको छ महिनामा (साउन–पुुस) सम्म २२६ उद्योगमध्ये सबैभन्दा धेरै २११ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
सेयरमा फराकिलो वृद्धि कारोबार पनि उच्च
सुधारिएको सेयर बजारले २२ सयको बिन्दु पछ्याएको छ । साताको तेस्रो दिन ५४ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकमले पनि आठ अर्ब नाघेको छ ।
ओखलढुङ्गामा हिमपात : किसान खुसी
ओखलढुङ्गाको माथिल्लो उच्च भेगमा हिमपात भएको छ ।
उपत्यकामा फाट्टफुट्ट वर्षा, पर्सिसम्म मौसम नखुल्ने
पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ । जसका कारण देशका पहाडी भूभागका एक–दुई स्थान सहित उपत्यकामा फाट्टफुट्ट पानी परेको छ ।
वैदेशिक रोजगारीमा लाखौँ ठगी गर्ने दुई जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रेस्किप्सनबिना साइक्याट्रिक औषधि बिक्रीमा कडाइ
गोकर्णश्वर नगरपालिकाले प्रेस्किप्सनबिना साइक्याटिक औषधि बिक्रिवितरण गरेको पाइएमा फार्मेसी सिल गर्ने चेतावनी दिएको छ ।
केन्द्रीय अस्पतालका लागि १६ हजार दरबन्दी आवश्यक : स्वास्थ्यसचिव पोखरेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रीय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताउनुभएको छ ।
ग्यास सिलिन्डर विस्फाेट हुँदा एक गम्भीर घाइते
बिर्तामोड नगरपालिका –७ गरामनीस्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते हुनुभएको छ ।
२० हजार बढी सवारी साधन कारबाहीमा
कपिलवस्तुमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार ८९९ सवारी साधनलाई कारबाही गरिएको छ ।
आज राति हल्का वर्षाको सम्भावना
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
सुन्तला बेचेर कृषकले कमाए ३० करोड रुपियाँ
तनहुँका कृषकले यस वर्ष सुन्तला बेचेर ३० करोड रुपियाँ आम्दानी गरेका छन् । सुन्तला खेती विस्तार र उत्पादन वृद्धि भएकाले गत वर्षभन्दा चार करोड रुपियाँले बढी सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताउनुभयो ।