अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत
नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ ।
पेस्तोल देखाएर लुटियो पाँच लाख
सर्लाहीको हरिपूर्वामा बिहीबार बिहान अज्ञात व्यक्तिले हतियार देखाएर सहकारीका कर्मचारीको साथमा भएको पाँच लाख रुपियाँ लुटेका छन्। जिल्लाको दक्षिण-पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वा नगरपालिका–६, हनुमान चोकस्थित महाजनको पोखरी नजिक बिहीबार बिहान ११ः३० बजेतिर लुटपाट भएको हो ।
चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब रेमिट्यान्स
चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म चार खर्ब ७७ अर्ब ९६ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
महेन्द्रनगरमा सात दिने निषेधाज्ञा जारी
कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी भएको छ । भीमदत्त नगरपालिका–४ मा रहेको संविधान चोकको आसपास क्षेत्रमा मूर्ति स्थापना गर्न दिने वा नदिने विषयमा राजनीतिक दलबिच मतभिन्नता देखिएपछि शान्ति सुव्यवस्थालाई कायम राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको हो ।
जन्तीको जिप दुर्घटना, वडा सदस्यको मृत्यु
प्युठानको ऐरावती गाउँपालिका–२, बरौलामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलङ्गातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप आज बिहीबार बिहान दुर्घटनामा परेको हो ।
पूर्वगृहमन्त्री खाणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी
उच्च अदालत पाटनमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिनुभएको निवेदनमाथि सुनुवाइ जारी रहेको छ ।
आज आकाशमा उल्का वर्षाको रमाइलो देखिने
बिहीबार राति आकाशमा मिथुन उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिनेछ । आकाश खुला रहेको अवस्थामा जुनसुकै स्थानबाट मिथुन उल्का वर्षा देख्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताउनुभयो ।
भारतीय संसदमा धुवाँ आक्रमण, चारजना पक्राउ
भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुराएका थिए ।
रातको समयमा चोरी गर्ने ६ जना पक्राउ
प्रहरीले विभिन्न मिति र ठाउँबाट रातको समयमा चोरी गरेको अभियोगमा ६ जनालाई उपत्यकाका विभिन्न स्थानबाट मङ्गलबार पक्राउ गरेको छ ।
बारामा झडप : स्थिति नियन्त्रणमा लिन हवाई फायर
बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।
दोहोरी साँझमा आगलागी, ६० लाख बराबर क्षति
पोखराको सिर्जनाचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । आगलागीले करिब ६० लाखको क्षति भएको बताइएको छ ।
पाँच हजार मिटरब्याजपीडितका समस्या समाधान
सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ ।
भिजिट भिसाको नक्कली कागजपत्र बनाउने गिरोहका ३२ जना पक्राउ
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
२६४ वटा बस बिसौनी निर्माण गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ ।
सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह
वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ ।
अवैध दोहन गर्ने ५६ सवारी साधन नियन्त्रण
कास्की जिल्लाअन्तर्गत विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाएर चोरी निकासी गर्ने विभिन्न ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
डिजिटल पूर्वाधारको विकासमा नेपाल-भारत सहकार्य आवश्यक छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल पूर्वाधारको विकासमा नेपाल र भारतबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
मुद्दा मिलाइदिने भनी ९९ लाख बढी ठगी गर्ने पक्राउ
मुद्दा मिलाएर थुनामुक्त गराइदिने भनी ९९ लाख ७५ हजार रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार
झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको छ ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दीपक बम र नीरक शाहीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
कर्मचारीले रुचाएनन् दुर्गम र मधेश
सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ ।
थाइल्यान्डको रोजगारी म्यानमारमा ठगी !
प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पु¥याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् ।
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ।
महानगरका २२ हजार सामुदायिक कुकुर ‘डिस्टेम्पर’ रोगको जोखिममा
काठमाडौँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ ।