मधेश नेपाली कांग्रेसको आधारभूमि हो : प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेश नेपाली कांग्रेसको आधारभूमि भएको बताउनुभएको छ।
नेपाल र श्रीलङ्काका विदेशमन्त्रीबिच सार्क र बिमस्टेकलाई बलियो बनाउने विषयमा छलफल
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली समकक्षी मोहम्मद उवैस मेहम्मद अलि साब्रीबिच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने विषयमा छलफल भएको छ।
काठमाडौँको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने
काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
महिलाको हत्या गरी फरार व्यक्ति सात वर्षपछि पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
आगलागीबाट पाँच गम्भीर घाइते
भारतको बैंग्लोरमा ग्याँस लिक भइ आगलागी हुँदा मजदुरी गर्ने एक नेपाली परिवारका पाँच जना गम्भीर घाइते भएका छन् ।
रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ
नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो ।
सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आजै
सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गर्नुभएको सर्वोच्चका ६ जना न्यायाधीशले बिहीबार दिउँसो शपथ ग्रहण गर्न लाग्नुभएको हो ।
सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगे
स्पेनको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगेका छन् ।
ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु, नौ घाइते
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएका छन् ।
रुसी सेनामा एकको मृत्यु : युक्रेनमा चारजना बन्दी
रुसी सेनामा कार्यरत अर्का एकजना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो ।
‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनु पर्दैन’
सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ ।
ट्याक्टरबाट खसेर किशोरीको मृत्यु
दाङमा ट्याक्टरबाट खस्दा एक किशोरीको मृत्यु भएको छ । ट्याक्टरमा सवार घोराही उपमहानगरपालिका –१८ प्रगतिटोल निवासी १७ बर्षीया माया घर्तीमगरको मृत्यु भएको हो ।
जहाजको शौचालयमा नवजात शिशु
एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।
ज्याकेट लगाएको भन्दै 'प्रिन्सिपल'द्वारा विद्यार्थीमाथि कुटपिट
विद्यालय पोसाकको बाहिरपट्टीबाट ज्याकेट लगाएर आएका एक विद्यार्थीलाई प्रिन्सिपलले निर्घात कुटपिट गरेका छन्। रुपन्देहीको रोहिणी गाउँपालिका-७ मा रहेको मोडेल गोल्डेन फ्यूचर इङ्गलिस स्कुलका प्रिन्सिपल शम्भु यादवले कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई आकाश गुप्तालाई कुटपिट गर्नुभएको हो।
उखु किसानले अनुदानबापतको २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी
सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम रु २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ ।
अम्रिसोको कुचो बिक्री गरी लाखौँ आम्दानी
नवलपुरको पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएको छ । पहाडमा बस्नेको अम्रिसो आम्दानीको बलियो स्रोत बन्दैगएको छ ।
उखुको न्यूनतम खरिद मूल्य तोकियो
सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ तोकेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपियाँ तोकेको हो ।
पूर्वमन्त्री न्यौपानेको निधन
नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको हो ।
देशभरको मौसम सफा रहे पनि चिसो बढ्यो
पश्चिमी वायुको प्रभावका कारण अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।
चीन भूकम्प : मृत्यु हुनेको सङ्ख्या १३१ पुग्यो
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।
बारा दुर्घटनाका २७ जना घाइतेको पहिचान खुल्यो (नामावली सहित)
बुधवार बिहान २ बजे बारामा दुर्घटना २७ जना घाइते भएकाहरूको पहिचान खुलेको छ । उहाँहरूको स्थानीय अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु , २७ जना घाइते
बुधवार बिहान २ बजे बारामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । जीतपुर सिमरा २२ मा रहेको ३ नं पुलमा काँकडभिट्टा बाट काठमाडौँ तर्फ जाँदै गरेको बा.३.००१ख २५८७ न.को बस र हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना ७ ख ७३०० न.को ट्रक एक आपसमा ठक्कीएको थियो ।
बालविवाह गर्ने बेहुलासहित पाँच जना पक्राउ
नवलपुरमा जबर्जस्ती बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् ।