बङ्गलादेशका पूर्व वायुसेना प्रमुख कारागार चलान
ढाका, १२ पुस (रासस/एएफपी)। बङ्गलादेशको अदालतले आगामी महिना हुने निर्वाचनअघि प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षीहरूलाई दोषी ठहर गर्ने पछिल्लो कदममा बिहीबार पूर्व वायुसेना प्रमुख र एक पूर्वमन्त्रीलाई कारागारको सजाय सुनाएको छ।सन् १९९५ सम्म वायुसेनाको नेतृत्व गर्ने अल्ताफ हुसेन प्रधानमन्त्री हसिनाको सत्तारूढ अवामी लिगको प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) मा सामेल हुनुभएको छ। सन् २०११ मा हिंसात्मक विरोध प्रदर्शनलाई उक्साएको आरोपमा ढाकाको अदालतले कारागार पठाएका आठ जनामा हुसेन र बिएनपीका पूर्वजलमन्त्री हफिजुद्दिन अहमद हुनुहुन्थ्यो। उक्त प्रदर्शनमा बिएनपीका समर्थकहरूले कारहरूमा आगजनी गरेका थिए। मुख्य अभियोजक अब्दुल्ला अबुले भन्नुभयो, “उहाँहरूलाई २१–२१ महिनाको कारागारको सजाय सुनाइएको छ।” विपक्षीले अदालतमाथि आगामी जनवरी ७ को निर्वाचनअघि प्रधानमन्त्री हसिनाका विरोधीहरूलाई कारागारमा हाल्न सरकारी निर्देशनहरूको पालना गरेको आरोप लगाएको छ र मुद्दालाई ‘आधारहीन, झुटो र मनगढन्ते’ भन्दै अस्वीकार गरेको छ। निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने भन्दै बिएनपी र मुलुकको सबैभन्दा ठूलो इस्लामी पार्टी जमात–ए–इस्लामीले दर्जनौँ साना दलहरूसँग मिलेर निर्वाचनलाई बहिष्कार गर्दैछन्। दुवै दलले प्रधानमन्त्री हसिनाको राजीनामा र निर्वाचनको निरीक्षण गर्न तटस्थ कार्यवाहक सरकार गठनको माग गर्दै यस वर्ष ठूलो विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। बिएनपीका अनुसार सेप्टेम्बरदेखि बङ्गलादेशमा उसका सम्पूर्ण वरिष्ठ नेतृत्वसहित विपक्षी दलहरूका २५ हजारभन्दा बढी सदस्यलाई गिरफ्तार गरिएको छ। यद्यपि हसिना सरकारले उक्त आँकडालाई अस्वीकार गर्दै ११ हजारलाई मात्र हिरासतमा लिइएको बताएको छ। “अहिलेसम्म तल्लो अदालतहरूले पछिल्ला तीन महिनामा कम्तीमा एक हजार पाँच सय ६१ बिएनपी कार्यकर्ता र नेतालाई दोषी ठहर गर्दै सजाय सुनाएका छन्”, बिएनपीका कानूनी मामिलाप्रमुख केसर कमालले भन्नुभयो, “यीमध्ये केही अदालतले सरकारको आदेशमा विपक्षी नेता तथा कार्यकर्तालाई लक्षित गरी राजनीतिकरूपमा प्रेरित फैसला सुनाएका छन्।”मुख्य अभियोजक अबुले कमालको आरोपलाई अस्वीकार गर्दै मुद्दा चलाइएका र सजाय सुनाइएका व्यक्तिहरूविरुद्ध स्पष्ट प्रमाण रहेको बताउनुभयो। “उनीहरूले अपराध गरेका थिए, त्यसैले उनीहरूलाई सजाय सुनाइएको हो”, उहाँले भन्नुभयो। सन् २००९ मा प्रधानमन्त्री पदमा फर्किएपछि तीव्ररूपमा विकास भएको तयारी पोशाक निर्यात उद्योगको बलमा हसिनाले अभूतपूर्व आर्थिक वृद्धिको नेतृत्व गर्नुभएको छ। यद्यपि विरोधीहरूले हसिनाले कठोर शासन गरेको र उहाँको सुरक्षा बलले व्यापकमात्रामा मानवअधिकारको उल्लङ्घन गरेको आरोप लगाएका छन्।
पाथीभराको भेटी रकम साढे आठ करोड
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा झण्डै साढे आठ करोड रुपियाँ भेटी रकम सङ्कलन भएको छ। हालसम्म भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी सङ्कलन भएको हो।
सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त
सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।
बालुवा डिपो सञ्चालकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित राजाडिल सडक खण्ड मर्मत कार्यमा बालुवा डिपो सञ्चालक सुशान्त कुइँकेलसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राष्ट्रपतिसमक्ष जापानका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता यूताकाले शिष्टाचार भेट गर्नुभएको छ ।
युवा लक्षित स्टार्टअप बिजनेसलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ । बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो ।
निर्माणाधीन मोटरेबल पुल भत्कियो
भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका-२ कुदाकाउले र साल्पासिलिछो गाउँपालिका-३ चौकिडाडाँ जोड्ने इर्खुवास्थित तामुटार खोलामा बन्दै गरेको मोटरेबल पुल बिहीबार बिहान भत्किएको हो ।
सुनको मूल्य हालसम्मकै उच्च
बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एक हजार तीन सय रुपियाँले बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । बुधवार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज बिहीबार सन्दीप पक्षका वकिलको बहस हुनेछ । वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका छन् ।
आगलागीबाट घर जलेर नष्ट, बालकको मृत्यु
दार्चुलाको नौगाड गाउँपालिका –३ होपरीगाडको लामिडेरास्थित एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आज बुधबार स्थानीय रणबीर (रन्बिर) टमटाको पत्थरले छाएको दुई तले घरमा आगो लागेपछि घर जलेर नष्ट भएको स्थानीय बसन्त ठगुन्नाले बताउनुभयो ।
राष्ट्रिय सभा निर्वाचन : मनोनयन दर्ता गर्दा १८ वटा कागजात पेस गर्नुपर्ने
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन चाहनेले १८ वटा कागजात पेस गर्नुपर्ने जनाएको छ ।
एक करोडभन्दा बढी घुस लिएको आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
एक करोडभन्दा बढी रकम घुस लिएको आरोपमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्टार उदयबहादुर पराजुली पक्राउ पर्नुभएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपले प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
राष्ट्रपतिद्वारा सातौँ बागलुङ महोत्सवको उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले सातौं बागलुङ महोत्सवको उद्घाटन गर्नुभएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आज(बुधबार) देखि सुरू भएको सातौं बागलुङ महोत्सवको राष्ट्रपति पौडेलले बागलुङ बजारमा उद्घाटन गर्नुभएको हो ।
इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव
नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ ।
प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
राष्ट्रपतिद्वारा बागलुङ कालिका मन्दिरको दर्शन (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरको दर्शन र पूजा आराधना गर्नुभएको छ ।
अनधिकृत रूपमै काम गर्दै निजामती कर्मचारी
निजामती कर्मचारीलाई सङ्केत नम्बर नदिँदा कर्मचारी वितरण प्रणाली भद्रगोल भएको छ । कर्मचारी नियुक्त भएर गएपछि काममा खटनपटन गर्नु पूर्व कर्मचारी सङ्केत नम्बर वितरण गरेर कर्म विवरण दिनुपर्ने हो ।
समृद्धिको आधार ऊर्जा
प्राकृतिक स्रोतको उपयोग राष्ट्रिय अर्थतन्त्रको उत्थान तथा सबलीकरणको मूल आधार हो भन्ने मान्यता नेपालमा जलविद्युत्ले चरितार्थ गर्दै छ । लोडसेडिङको कहालीलाग्दो इतिहासलाई निमिट्यान्न पारेर मुलुकभित्रको उत्पादकत्व प्रवर्धन मात्र होइन, विद्युत् निर्यातमार्फत व्यापार घाटा न्यूनीकरण पनि हुने बलियो आधार बिजुली बन्दै छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको विश्लेषणमा १४ औँ पञ्चवर्षीय योजनामा प्राप्त आर्थिक वृद्धिदरको एउटा मूल आधार विद्युत्को पर्याप्तता नै थियो । “२०७५ साल वैशाख ३१ देखि नेपालमा लोडसेडिङ अन्त्य हुँदा सिधा असर समग्र आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा परेको थियो,”
कास्कीका पाँच सहकारीका बचतकर्ताको तीन अर्ब जोखिममा
कास्कीका पाँच सहकारीमा समस्याग्रस्त भएपछि बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । ती सहकारीमा बचतकर्ताको दुई अर्ब त्रियासी करोड सैँतिस लाख एकहत्तर हजार जोखिममा परेको हो ।
बागलुङ महोत्सवको उदघाटन राष्ट्रपति पौडेलले गर्नुहुने
भोलि बुधबारदेखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी पूरा भएको छ । महोत्सवको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिने भएको छ ।
सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गर्नुभएको छ ।
हिटर ताप्दा निसास्सिएर पूर्ववडाध्यक्षको मृत्यु
काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका(१ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ । चिसोका कारण हिटर र आगो बालेर सुत्नु भएका ८२ वर्षका पूर्व वडा अध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
देशको अर्थतन्त्र उत्साहजनक: अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा उत्साह जनक वातावरण बन्दै गएको बताउनुभएको छ । भरतपुर विमान स्थलमा मङ्गलवार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री डा. महतले अर्थतन्त्रमा देखिएको अहिलेको उत्साह जनक वातावरणलाई निजी क्षेत्र र नागरिक समाजले अव सकारात्मक सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।