• १३ साउन २०८१, आइतबार

उत्तरी गोरखाको लाप्राकामा हिमपात

blog

गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका –४ लाप्राकामा परेको हिमपात । तस्विर : गुणबहादुर रोका

गुणबहादुर रोका 

सुलीकोट, माघ १० गते । गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका –४ लाप्राकामा हिमपात सुरु भएको छ । बुधबार दिउँसो करिब ३ बजेबाट हिमपात भइरहेको धार्चे –४ का वडा अध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमपात परेपछि भने त्यहाँका स्थानीय होटेल ब्यबसायी तथा किसानहरु खुशी भएका छन् । हिउँ परेपछि लाप्राकमा हिउँ खेल्न जानेहरुको भिड लाग्नेगर्छ । लाप्राकामा होटेल ब्यबसायीहरु खुशी भएका छन् । 


त्यस्तै, हिउँ परेपछि लाप्राकाका स्थानीय किसानहरु पनि खुशी भएको स्थानीय युवक सन्तबहादुर गुरुङले जानकारी दिनुभयो । हिउँ पर्नाले खेतीपातीलाई पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

बुधबार दिउँसो ३ बजेबाट लाप्राकामा हिउँ परेको छे । अन्य दिनको तुलनमा गोरखामा अहिले चिसो बढेको स्थानीयको भनाइ छ ।