इजरायल र हमासबीच युद्धविराम : विश्व नेताबाट स्वागत
इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको छ ।
युट्युबसहित १७ मिडियालाई २४ घण्टे स्पष्टीकरण माग
प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै बुधबार युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न एमालेको निर्देशन
नेकपा (एमाले) ले राष्ट्रिय युवा सङ्घलाई बिहीबार शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न निर्देशन दिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध
बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । बिहीबार भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गर्नुभएको छ ।
वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरुद्ध नौ लाखको भ्रष्टाचार मुद्दा
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित तीन जनाविरुद्ध नौ लाख १४ हजार २८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
युवा सङ्घद्वारा निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण
गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण क्षति भएका घरमा अहिले उद्धार र अस्थायी आवास निर्माणको काम तिब्र रुपमा भइरहेको छ ।
समृद्धिका पक्षमा गृह मन्त्रालयको सार्थक पहल : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ ।
३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार
लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् ।
काठमाडौँबाट नेपालगन्ज उडेको बुद्ध एअरको जहाज अवतरण नगरी काठमाडौँ फर्कियो
काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ ।
रसुवागढी नाका सुन तस्करी हव बन्दै
पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् ।
स्कुल बसले किचेर विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध
नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका –८, जुटपानीमा मङ्गलबार अपरान्ह स्कुल बसले किच्दा एक विद्यार्थीको मृत्यु भएको छ ।
असुरक्षित नेटवर्क प्रयोग नगर्न सञ्चार मन्त्रालयको अनुरोध
मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले सरकारले टिकटक बन्द गरे पनि फ्रि भिपिएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, ब्याकमेलमा परिने र जोखिम बढ्ने नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको हो।
आलु र कोदोको बोरामा काठमाडौँ लगिन्थ्यो सुन
दोलखाबाट सुन तस्करीमा संलग्नहरूले सुनको भुक्तानीसहित ठुलो मात्रामा विदेशी मुद्राको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ । चीनको रोङजिया नाका हुँदै भएको सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक सङ्गठित सञ्जाल खडा गरेर तस्करी भएको अनुसन्धानका क्रममा खुलेको छ ।
ललितपुरको पुल्चोक क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा निर्माण विज्ञसहितको टोली खटाउने
नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा १०–१० जनाको टोली १३ समूहमा पठाउने भएको छ ।
माइतीघरमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता
माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरुद्ध मङ्गलबार दुई वटा दर्ता भएको हो ।
तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोडको व्यापार
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोडको वैदेशिक व्यापार भएको छ ।नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपियाँको वैदेशिक व्यापार भएको हो ।
अख्तियारद्वारा सर्वोच्चमा चार करोडको भ्रष्टाचार मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेन्द्र ढुंगाना र मधु कोइरालाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ जारी
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा मङ्गलबार सुनुवाइ भइरहेको हो ।
गाजा युद्धविराम सम्झौता ‘नजिक’ : हमास
हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताउनुभएको छ ।
बाराको पचरौतामा झडप, ८ राउन्ड हवाई फायर
महाबिरी झन्डा मेला लगाउने विषयमा दुई समूहबिच विवाद भई भएको झडप नियन्त्रण गर्न प्रहरीले ८ राउन्ड हवाई फायर गरेका छन् ।
खेलकुद प्रतियोगितामा छनौट हुने खेलाडीलाई मासिक पाँच हजार
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता ८१ मंसिरमा कर्णाली प्रदेशले आयोजना गर्दै छ । आयोजक प्रदेशको रूपमा रहेको कर्णाली प्रदेशले पछिल्लो समय आफ्नो खेलकुद गतिविधिलाई १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित बनाउन थालेको हो । सोमवार बसेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशबाट छनौट भएका खेलाडीहरूलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
छोरा जन्मे भैलोमा खसी दिने गाउँ
पहिलो पटक छोरा जन्माउने परिवारले तिहारका बेला भैलो खेल्न आउनेलाई खसी दिने परम्परा अनुसार यो वर्ष यस जिल्लाको असुरगाउँमा १४ वटा खसी काटेर प्रसादका रूपमा बाँडिएको छ । मेलौली नगरपालिका–९, असुरगाउँमा द्वितीया मेलाका दिन बाजागाजासहित छोरा जन्मेको घरमा भैलौ खेल्दै खसी मागेर छालाको भकुन्डो खेल्ने चलन छ । पहिलो पटक छोरा जन्माउनेले द्वितीयाका दिन प्रसादका रूपमा अनिवार्य खसी दिने परम्परा छ । स्थानीय भट्ट, लोहार र दमाई जातिको बसोबास रहेको असुर गाउँमा पहिलो छोरा जन्माउने परिवारले तिहारको भैलोमा खसी दिने परम्परा रहेको स्थानीय मुखिया वीरभद्र भट्टले बताउनुभयो ।