कोप–२८ को तयारीका लागि ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिँदै
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ ।
टिकटक प्रतिबन्धविरुद्धको रिटमा मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ
टिकटक प्रतिबन्धविरुद्ध परेको रिट निवेदनहरूमाथि मङ्सिर ४ गते सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्न प्राधिकरणको निर्देशन
नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ ।
छठका लागि चार करोडको केरा आयात
छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू. चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।
फूलको कारोबार घट्यो
भर्खर बिदा भएको तिहारमा नेपालमा उत्पादित सयपत्री फूलका मालाको माग र खपत निराशाजनक भएको छ ।
शालनालसहितको शिशु फेला
हेटौँडामा बिहीबार साँझ झाडीमा शालनालसहितको शिशु फेला परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौर प्रदेश लोकसेवा आयोग कार्यालय नजिकैको झाडीमा नवजात शिशु (छोरी) फेला परेको हो ।
भूकम्पले चर्किएको घर भत्किँदा चारजना घाइते
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलिमा एक घर भत्किदा चार जना घाइते भएका छन् । भूकम्पले चर्काएको झकबिर सुनारको सो घरमा बुधबार भाइटीकाको दिन टीका लगाएर खाना खान बसेको बेला भत्किएपछि चार जना घाइते भएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड तनहुँ आउनु हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार तनहुँ आउनुहुने भएको छ । आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको १५ शैयाको आँबुखैरेनी अस्पतालको उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड यहाँ आउन लाग्नुभएको हो ।
पक्की पुल टुलुटुलु हेर्दै पैसा तिरेर कच्ची पुलबाट यात्रा
झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दा समेत सञ्चालनमा आउन सकेको छैन । अधकल्चो पक्की पुलमुनी बाँसको भाटाको पुल तरेर स्थानीयहरु वारिपारि गर्न बाध्य बनेका छन् ।
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड –२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड –३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो ।
विद्यालय जाँदा किताब बोक्न नपर्ने भएपछि विद्यार्थी खुसी
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको एक नमुना सरकारी विद्यालयले विद्यालय अध्ययन गर्न जाँदा किताब बोक्न नपर्ने अवधारण ल्याएपछि विद्यार्थी खुसी भएका छन् ।
बोहोराको घरमा आगलागी, करिब ४० लाखको क्षति
झापाको दमकमा बुधबार विहान आगलागी हुँदा २ घरसहित ग्वाली जलेर नष्ट भएको छ ।
मोटरसाइकल ठोक्किएर एकको मृत्यु
झापामा चरणका लागि खुला छाडिएको भैसीसँग मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । अर्का एक ब्याक्ति घाइते हुनुभएको छ ।
विदेशी पर्यटकले पनि लगाए भाइटीका
पर्यटकीय नगरी तनहुँ स्थित बन्दीपुरमा घुक्न आएका बिदेशी पर्यटकले उल्लासका साथ भाइटीका लगाएर नेपालीको महान चाड तिहार मनाएका छन् ।
काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका
काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिनुभएको छ । विसं २०५५ देखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनुभएका अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिनुभयो ।
राष्ट्रपतिलाई बहिनीद्वयले लगाउनुभयो टीका
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु भएको छ ।
नेपालमै ईटा बनाएर गर्न सकिन्छ लाखौं आम्दानी
सबैका घरमा तिहारको समझम भए पनि यहाँ तीन जना तिहारको पर्वाह समेत नगरी बिहानैदेखि रातिसम्म ईटा बनाउनमै तल्लीन हुनुहुन्छ ।
गाजाको सबैभन्दा ठूलो अस्पतालमा सेनाको आक्रमण
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।
प्रहरीको गोलीबाट दुईजना गम्भीर घाइते
महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना गम्भीर घाइते भएका छन् । गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो ।
आज भाइटीका लगाउँदा कुन दिशा फर्कने ?
आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका । भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ ।
सभामुख घिमिरेद्वारा तिहारको शुभकामना
सभामुख देवराज घिमिरेले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना गर्नुभएको छ ।
नेपाल रेल सेवा : जाडोमा नयाँ समयतालिका निर्धारण
विजलपुरा–जनकपुरधाम–जयनगरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा अगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरिएको छ ।
आगलागी हुँदा घर जलेर नष्ट, दुई घरमा आंशिक क्षति
मुगुको छायाँनाथ रारा नगरपालिका –१० जिउँला गाउँमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । दुई घरमा आँशिक क्षति भएको छ ।