वीर अस्पतालकाे बदनाम गर्ने काम भित्रकै बिचौलियाले गरेका छन् : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालकाे बदनाम गर्ने काम अस्पताल भित्रकै केही विचौलियाले गरिरहेको बताउनुभएको छ ।
पहिरोले स्काभेटर पुरिएर चालकको मृत्यु
कालीकोटको शुभकालीका गाउँपालिका –१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा स्काभेटर पुरिदा चालकको मृत्यु भएको छ ।
चारजनाको हत्या आफन्तबाटै
मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।
चोरद्वारा चोरी गरेको सामान फिर्ता
बाँकेमा अनौठो घटना घटेको छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनिकै आँगनमा लगेर राखिदिएको छ ।
शैक्षिक भ्रमणको बस दुर्घटना,१६ जना घाइते
धरान उपमहानगरपालिका –१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएको ३ वटा बस दुर्घटनामा परेको छ ।नवलपुर जिल्लाको विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
मौलापुरका प्रमुखलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।
अख्तियारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सात दिनको तलब दिने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका पदाधिकारीहरुको सात दिन बराबरको तलब सहयोग उपलब्ध गराउने भएको छ ।
बोलेरो दुर्घटना हुँदा चार खेलाडी घाइते
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका– ४ ठाना सिमतलीमा बोलेरो जीप दुर्घटना हुँदा चार खेलाडी घाइते भएका छन् ।
नापी कार्यालयका सर्वेक्षकसहित तीन जनाविरुद्ध एक लाख २५ हजारको भ्रष्टाचार मुद्दा
नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित तीन जनाविरुद्ध एक लाख २५ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
ब्वाँसोले आक्रमण गर्दा १२ जना घाइते
दाङको घोराही उपमहानगरपालिका–५ को वसन्तापुरमा जङ्गली जनावर ब्वाँसोको आक्रमणबाट १२ जना बढी घाइते हुनुभएको छ ।
संशोधनबिनै भारतसँगको वाणिज्य सन्धि नवीकरण
भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनबिनै नवीकरण भएको हो ।
मुगु सामूहिक हत्या प्रकरण : दुई जना पक्राउ
मुगु छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।
भूकम्प पीडितलाई राहत वितरणमा भेदभाव नगर्न निर्देशन
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भूकम्पबाट प्रभावितहरूलाई भेदभावरहित तरिकाले राहत वितरण गर्न निर्देशन दिनुभएको छ ।
उच्च शिक्षा योग्यता प्रारूप तयार गरिँदै
सरकारले उच्च शिक्षामा गुणस्तर, मान्यता र सिकाइबारे एकरूपता कायम गर्न योग्यता प्रारूप तयार गर्दै छ । मन्त्रीपरिषद्ले नेपालका लागि राष्ट्रिय योग्यता प्रारूप स्वीकृत गरे पनि त्यसमा उच्च शिक्षाका सन्दर्भमा कतिपय विषयमा स्पष्ट व्याख्या गरेको छैन । ती विषयलाई स्पष्ट र व्याख्या गर्न उच्च शिक्षामा पनि योग्यता प्रारूप तयार गर्न लागिएको हो ।
भारतद्वारा प्रदान गरिएको राहत सामग्री नेपालगन्ज पुग्यो
भूकम्प प्रभावितहरुको राहतक लागि भारत सरकारको तर्फबाट प्रदान गरिएको तेस्रो खेपको सामग्री बिहीबार नेपनलगन्ज आइपुगेको छ। भारतीय वायुसेनाको बिमानमार्फत राहतको तेस्रो खेप आज बेलुकी नेपालगन्ज बिमानस्थलमा आइपुगेको हो।
उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज पनि भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुग्नुभएको छ ।
गाडी दुर्घटनामा चालकसहित ८ जना घाइते
म्याग्दीको सदरमुकाम बेनीबाट बेनी नगरपालिकाको नेप्टेचौरतर्फ जाँदै गरेको ध १ज १०७० नम्बरको गाडी नेप्टेचौर नजिकै दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
नायब सुब्बासहित दुई जनाविरुद्ध डेढ लाखको भ्रष्टाचार मुद्दा
भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध एक लाख ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट निम्तिने जोखिम : एनआरएनए
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट र रुकुम पश्चिमलगायतका स्थानमा गएको भूकम्पपछि स्वास्थ्य सङ्कट निम्तने सक्ने अवस्थातर्फ तत्काल ध्यानदिनुपर्ने देखिएको छ ।
अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुँदै
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभा बिहीबार हेटौँडामा सुरु भएको छ ।
रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित
रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित भएको छ । चौधरीविरुद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको हो ।
महोत्तरीबाट बेपत्ता पाँच किशोरी ढल्केवरमा भेटिए
महोत्तरीको औरही नगरपालिका–२, बाट गत मङ्गलबारदेखि एकसाथ बेपत्ता भएका पाँच जना किशोरी धनुषाको ढल्केवरमा फेला परेका छन् । बिहीबार बिहान १० बजे ढल्केवरस्थित पश्चिम चोकमा ती किशोरीहरू फेला परेका हुन् ।
कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि ९पुरक० परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।