• ५ जेठ २०८१, शनिबार

अख्तियारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सात दिनको तलब दिने

blog

काठमाडौं, कात्तिक २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका पदाधिकारीहरुको सात दिन बराबरको तलब सहयोग उपलब्ध गराउने भएको छ । 

आयोगका प्रवक्ता भोला दाहालल जाजरकोट र  रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते र पीडितका लागि आयोगका तर्फबाट सो सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो ।