जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । भूकम्पमा परी ९९ महिला र ५८ पुरुष गरी १५७ जनाको ज्यान गएको पुष्टि भएको छ ।
अस्पतालमा उपचाररत ३३ मध्ये ८ को अवस्था गम्भीर
गएराति जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार भेरी अस्पताल नेपालञ्जमा भइरहेको छ । उपचाररत ३३ जना बिरामीमध्ये ८ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
जाजरकोटमा १७५ बढी भूकम्पको धक्का
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पपछि १७५ बढी भूकम्पको धक्का गएको छ ।
भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई बिदा नबस्न निर्देशन
सरकारले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरूलाई तत्काल बिदा नबस्न निर्देशन दिएको छ ।
भूकम्पपीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनः स्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
भूकम्पका घाइतेकाे उपचार सरकारले निःशुल्क गर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परेर घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको छ ।
एनसेलद्वारा भूकम्पपीडित राहत कोषमा ५० लाख सहयोग
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले भूकम्पपीडित राहत कोषमा ५० लाख सहयोग गर्ने भएको छ ।
कोशी सरकारले भूकम्पपीडितलाई एक करोड सहयोग गर्ने
कोशी प्रदेश सरकारले भूकम्प प्रभावितहरूको राहत तथा उपचारका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा निःशुल्क
सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ ।
भूकम्पले घर भत्काएका ठाउँमाबाहेक अन्य ठाउँमा विद्युत सुचारु
नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ ।
कोशी सरकारबाट एमाले बाहिरियो : मन्त्रीद्वारा राजीनामा
कोशी प्रदेशका मन्त्री रामबहादुर रानामगरले पदबाट राजीनामा दिनुभएको छ ।
जाजरकोट भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३३ पुगेको छ । नेपाली प्रहरीका अनुसार शनिबार बिहान १०ः३० बजेसम्मको जानकारी अनुसार १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।
जाजरकोटका १७ जना घाइतेलाई भेरी अस्पताल ल्याइयो
जाजरकोटको भूकम्पमा परेर गम्भीर घाइते भएकाहरू उपचारका लागि नेपालगन्ज पुग्ने क्रम सुरु भएको छ। एम्बुलेन्स र हवाई जहाजबाट १७ जनालाई भेरी अस्पतालमा ल्याइएको हो।
जाजरकोटमा भूकम्पका १०९ धक्का
शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का मापन भएको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
रुकुम पश्चिममा मृत्यु हुनेको पहिचान (नामावली सहित)
शुक्रबार राति आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा जिल्लाको आठविसकोट नगरपालिकाका-१८ र सानी भेरी गाउँपालिकाका १० जना रहेका छन् ।
भूकम्प अद्यावधिक : मर्नेको सङ्ख्या १३२ पुग्यो
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ ।
उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा गएराति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउनु भएको छ ।
१६ जना चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा
जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानु भएको छ ।
प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै
जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनु भयो । मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा हुनुहुन्छ, आचार्यले भन्नुभयो ।
प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपील
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्नु भएको छ ।
क्रिकेटको डेढ करोड नगद पुरस्कार निकासा
विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।
कोशी सरकारमा गठबन्धन दल सहभागी, दुई मन्त्री नियुक्त
मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
सप्तकोशीमा मोटरबोट दुर्घटना, पत्रकारसहित केही घाइते
सुनसरीको चतरा पुल नजिकै सप्तकोशी नदीमा मोटरबोट दुर्घटना परेको छ । कोशी प्रदेश सरकार मातहतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनीद्वारा सञ्चालित “सि.सं. ४ गोताखोर तालिमको अन्तिम प्रवचन कार्यक्रममा सहभागी हुन गएका पत्रकार तथा आगन्तुक सवार मोटरबोट दुर्घटनामा परेको हो ।
कोशी प्रदेश सरकारमा गठबन्धनबाट दुई मन्त्री नियुक्त हुँदै
कोशी प्रदेश सरकार आज (शुक्रबार) विस्तार हुने भएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट दुई जनालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गर्ने तयारी गर्नुभएको हो ।