ट्रकले ठक्कर दिँदा एकै परिवारको पाँचको मृत्यु
भारतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ ।
चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्नु : नेपाल प्रहरी
चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीद्वारा विश्वकपमा छनोट भएको नेपाली टोलीलाई बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ । शुक्रबार नेपाल टी–२० विश्वकप छनोट भएकोमा प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको हो ।
रिगल कारागार चलान
बाँके जिल्ला अदालतले रिगल भनिने योगराज ढकाललाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनीधि वाग्लेले जानकारी दिनुभयो ।
दुई पाइलटको लाइसेन्स निलम्बन
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ ।
दुईवटा विद्युत वितरण सबस्टेसन उद्घाटन
नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुईवटा विद्युत वितरण सबस्टेसनको उद्घाटन भएको छ ।
विद्युत् सर्ट भई आगलागी हुँदा चार पसलमा पूर्ण क्षति
काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका ४ समाज कल्याण चोकमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसल पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार शुक्रवार बिहान स्थानीय उद्धव प्रसाद तिम्सिनाको घरको सटरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको जनाएको छ ।
प्याराग्लाइडिङ पाइलटको मापसे जाँच
प्रहरीले बिहीबार प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन(मापसे) जाँच गरेको छ । प्याराग्लाइडिङ उडानका क्रममा मापसे गर्दा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि मापसे जाँच गरिएको हो । यदाकदा पोखरामा प्याराग्लाइडिङ दुर्घटनासमेत हुने गरेको छ ।
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।
कैद माफी बदरको आदेशसँगै नेपालगन्जबाट रिगल पक्राउ
बाँकेको नेपालगन्जबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिनुभएको थियो ।
तत्कालीन नगर प्रमुखसहित चारजनाविरुद्व भ्रष्टाचार मुद्दा
रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख रामचन्द्र चौधरीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राष्ट्रपतिद्वारा नेपालको कृषिमा आधुनिकीकरणका लागि आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेसाकै रूपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकीकरणका लागि कोरियाली सरकारलाई आग्रह गर्नुभएको छ ।
नेपाल–भारत सीमास्तम्भको पुनर्निर्माणको काम सुरु
सशस्त्र प्रहरी बल नेपालद्वारा मधेश प्रदेशको आठ वटै जिल्लामा नेपाल–भारत सीमा स्तम्भहरुको पुनरनिर्माण, मर्मत सम्भार र रङ्गरोगनको काम सुरु गरिएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।
संसद्को अधिवेशन आजबाट अन्त्य हुँदै
सरकारले (आज) बिहीबार राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
सह-सचिवद्वय अर्याल र पुडासैनी सचिवमा बढुवा गर्ने निर्णय
सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न मन्त्री परिषद्को बैठकले उहाँहरूलाई सचिवमा बढुवा गर्ने र संसद्को अधिवेशन अन्त्य गर्ने लगायतका निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो।
कोशी प्रदेश सरकार विद्रोहको आवाज हो : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार विद्रोहको आवाज भएको बताउनुभएको छ । बुधबार पोखरामा आयोजित कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको प्रथम क्षेत्रीय सम्मेलन २०८० मा उहाँले सो कुरा बताउनुभएको हो ।
पछिल्लो दुई हप्तामा चोरी अपराधका ५० मुद्दा दर्ता
नेपाल प्रहरीको पछिल्लो एक तथ्याङ्क अनुसार दसैँ अवधिमा मात्रै चोरी अपराधमा ५० वटा मुद्दा दर्ता भएको छ ।पछिल्लो दुई हप्ताको अवधिमा डाका चोरीका जम्मा ६ मुद्दा, नकबजनी चोरीका सात र साधारण चोरीका जम्मा ३७ गरी जम्मा ५० मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।
सर्वोच्चले रिगलविरुद्धको मुद्दामा बिहीबार निर्णय सुनाउने
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको मुद्दामा निर्णय सुनाउने भएको छ ।
रुपेश सर्राफको हत्यामा संलग्न पाँच जना सार्वजनिक
कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक गुडूँ भनिने रुपेश सर्राफको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
काठमाडौँ युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचिमा
राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो ।
गोठाटारमा एक राउण्ड गोली चल्यो, भारतीय नागरिक घाइते
काठमाडौँको गोठाटारमा एक राउण्ड गोली चलेको छ । गोलीबाट एक जना भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँ-३ गोठाटारमा लागू औषधको कारोबार भईरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीमाथि करिब साढे एक बजे लागू औषध कारोबारीले आक्रमण गर्दा प्रहरीले जवाफी कारबाही गरेको हो ।
क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आह्वान गरेको हो ।
बेलायतसहित युरोपका वित्त संस्था नेपालमा लगानी गर्न इच्छुक
संयुक्त अधिराज्य(बेलायत)सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।