शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रसङ्घको सहयोग हुने प्रमको विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालद्वारा मलेसिया छ विकेटले पराजित
आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ ।
जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ : महासचिव गुटेरेस
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रूपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताउनुभएको छ ।
राहदानी र राष्ट्रिय परिचयपत्रको निःशुल्क फाराम भरिदै
जिल्ला प्रशासन कार्यालय बाँकेले कार्यालयबाट प्रदान गर्दैआएको सेवा सुविधाहरु सेवाग्राहीमैत्री बनाउँदैलगेको छ । राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम भर्न झन्झटिलो रहेकोमा अब प्रशासनले निःशुल्क फाराम भरिदिने ब्यवस्था मिलाएको हो ।
महसुल नबुझाउने ९०६ को लाइन काटियो
लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आइतबार र सोमबार गरी नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको छ ।
महासचिव गुटेरेसको नेपाल भ्रमण : पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्नुभएको छ ।
प्रेम सम्बन्धका कारण सर्राफको हत्या, एक युवतीसहित छ जना पक्राउ
गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलबार हिन्दु परम्पराअनुसार दाह संस्कार गरिएको छ ।
इजरायलद्वारा युद्धविराम अस्वीकार
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ ।
महासचिव गुटेरेस लुम्बिनीमा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ ।महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गर्नुभएको छ ।
महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्नुहुने
तीन दिने औपचारिक नेपाल भ्रमण आउनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्नुहुने भएको छ । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुहुने संघीय संसद सचिवालले जनाएको छ ।
आगलागीबाट दुई घर जलेर नष्ट, चार लाख बढीको क्षति
जिल्लाको बडीमालिका नगरपालिका –८ रापकमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बिदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार
पर्यटकीय हब बन्दै गइरहेको उत्तरी गोरखामा लेक लागेर बिरामी परेका दुई जना बिदेशी पर्यटकको उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका –६ रिपचेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका बिदेशी पर्यटकको सोमबार उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने निर्णय
पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ ।
एमालेको एकल सरकार बनाउँछौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत र अभिमत जितेर २०८४ मा एकल बहुमतको सरकार बनाउने बताउनुभएको छ ।
फूल खेतीबाट पढाइ खर्चको जोहो गर्दै विद्यार्थी
तनहुँको एक विद्यालयले विद्यार्थीलाई पढ्ने कार्यसँगै कमाउने अवसर दिएको छ । यसले गर्दा विद्यार्थीले आफ्नो पढाइ खर्च आफैले जुटाउने अवसर पाएका छन् ।
चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौँः मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ता ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताउनुभएको छ ।
महासचिव गुटेरेस डेढ घण्टा लुम्बिनीमा बिताउनु हुने
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा उत्साहित भएका छन् ।
स्यानिटरी प्याड खरिदमा आर्थिक चलखेलको आशङ्का
पर्वतको कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क वितरण गर्ने भनी खरिद गरिएको स्यानिटरी प्याडमा आर्थिक चलखेल भएको आशंका गरिएको छ ।
विद्युत महसुल नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो ।
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
महासचिव गुटेरेसको प्रतीक्षामा पर्यटकीय नगरी पोखरा
आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ«ेसहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा ।
महासचिव गुटेरेस सगरमाथा क्षेत्र जानुहुँदै
नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जानुहुने भएको छ ।
जाजरकोटमा एक सय ३१ कर्मचारी अनुपस्थित
जाजरकोटमा दसैँ लगत्तै गरिएको अनुगमनमा अधिकांश कर्मचारी अनुपस्थित रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका एक सय ३१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।
बन्धकलाई अविलम्ब रिहा गर्न महासचिव गुटेरेसको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आग्रह गर्नुभएको छ ।