फेरिएको दसैं : पहिले स्वदेश आउँथे तर अहिले विदेश
म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आउनुभएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया जानुभयो ।
बडादसैँको शुभकामना
सारा नेपालीमा असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीको उमङ्ग छ । सुख, समृद्धिको शुभकामना साटासाट छ । हिन्दु धर्मावलम्बीको मात्र नभई सनातनी यस पर्वले पारिवारिक र सामाजिक पुनर्मिलन गराएको छ । पहेँलपुर फाँट होस् वा पहाडी कान्लाका गोरेटोदेखि पक्की सडकमा नयाँ पहिरनका मानिसको ओहोरदोहोर चलेको छ । बाटोघाटो, घर सरसफाइ गरी पिङमा मच्चिनेहरूको रमिता छ । मङ्गलधुन बजेका छन् । मिठा परिकार पाकेका छन् । नेपालमा सबैभन्दा बढी मानिसको ओहोरदोहोर, चहलपहल, आर्थिक कारोबार हुने यो पर्व एकताको प्रतीक पनि हो । विभिन्न जाति समुदायमा विजयादशमीका दिन आआफ्ना परम्परा अनुसार मान्यजनका हातबाट चामलको राता र सेता अक्षता लगाई शुभ आशीर्वाद लिने यो पर्व समस्त आसुरी प्रवृत्तिमाथि विजयको शुभकामना गर्ने राष्ट्रिय पर्व हो । बडादसैँ वा विजयादशमीमा नवरात्रका नौ दिन नवदुर्गाको पूजा आराधना गरी मुख्य दिन विजयादशमीमा टीका ग्रहण गरिने यो पर्वमा दुर्गा माता र रामलाई शक्ति र न्यायका प्रतीकका रूपमा लिइन्छ । पौराणिक कथा अनुसार संसारको विनाश गर्न खोज्ने महिषासुर नामक राक्षसलाई दुर्गा माताले मारेको अनि अहङ्कारी, अन्यायी, अत्याचारी रावणमाथि रामले विजय गरेको स्मरणमा बडादसैँ मनाइने गरिएको छ । सिङ्गो राष्ट्र नै यस पर्वमार्फत व्रmोध, लोभ, अन्याय–अत्याचार, अहङ्कार, दण्डहीनता, क्रूरता, भ्रष्टाचार तथा भोक र शोकरूपी आसुरी प्रवृत्तिविरुद्ध सत्य, न्याय, सुख–समृद्धिको पक्षमा शताब्दीऔँदेखि प्रस्तुत भए पनि हामी र हाम्रो मुलुक आसुरी प्रवृत्तिको कब्जाबाट मुक्त हुन चाहिँ सकेको छैन । यो विडम्बना छ । दुर्गाका नौ स्वरूप योग साधना, वैराग्य, संयम र सदाचार, हाँसो, चैतन्य, धर्म, अर्थ, काम र मोक्ष, सिद्धि, कलुषिताको अन्त्य आदि सम्बन्धित मानिन्छ । संसार मास्न खोज्ने महिषासुर राक्षसलाई मारेर मानव सृष्टि संरक्षण गर्न सक्ने शक्तिपुञ्जस्वरूप नारीशक्ति हुन् दुर्गा । नारीशक्तिको रौद्र र ममतामयीस्वरूप दुर्गाको पूजक नेपाली समाजमा नारी नै पीडित छन् । नेपालको वर्तमान संविधानले समान अवसर अनि विशेषाधिकारको समेत प्रबन्ध गरे पनि युगौँदेखि हेपिएका, पीडित नारी अझै पनि अवहेलित अवस्थामै छन् । सृष्टिकर्ता नारी कतिपय परिवारभित्रै अछुत ठानिनुपर्ने अवस्था विद्यमान छ । शक्तिपूजक नेपाली समाजमा अब नारी दुर्गास्वरूप प्रकट हुन सकून् – शुभकामना । युवा शून्यप्रायः गाउँघर बडादसैँकै कारण यतिखेर रमाइला बनेका छन् । कार्य परिबन्धले अन्यत्र गएका युवा गाउँमा फर्केका छन् तर यति महान् पर्वमा पनि लाखौँ युवायुवती विदेशमा पसिना चुहाइरहेका छन् । गाउँमा गरिखान नजानेर वा रोजगारी नपाएका कारण बिदेसिएका ती सन्तान सम्झेर कैयौँ बाआमाले आँसुको नुनिलोसँग गाँस निल्नु परेको छ । यही मुलुकमा शान्ति सुरक्षा, सुशासन हुन्थ्यो भने ती सन्तान बाध्यताले विरानो देशमा जानुपर्ने थिएन । हजुरबाआमाहरूले सुख, शान्ति, समृद्धिका शुभकामनासाथ सन्तानले डाँडाकाँडा ढाकून्, ढुङ्गा छोए सुन र माटो छोए अन्न बनोस् भन्ने आशीर्वाद दिनुहुन्थ्यो । आज ती सन्तानले आफ्ना डाँडाकाँडा ढाक्न सकेनन्, विदेशमा गएर विदेशीकै लागि अन्न फलाइदिएका छन्, सुन निकालिदिएका छन् । अब चाहिँ ती नेपाली सन्तानलाई नेपालमै फर्काउन, नेपाललाई नै समृद्ध बनाउन सकियोस् – शुभकामना । विकसित, समृद्ध नेपालका लागि शासकदेखि शासितसम्मको प्रतिबद्धता र समर्पण भए असम्भव छैन । जातीय, धार्मिक, सांस्कृतिक सद्भावसहितको एकताबद्ध समाज छ हाम्रो । प्राकृतिक स्रोत, सम्पदा छन् अनि युवा जनशक्तिको सङ्ख्या धेरै छ । संवैधानिक हिसाबमा समानुपातिक, समावेशी र सहभागितामूलक राज्य प्रणाली छ । स्रोत र जनशक्तिको पूर्ण लाभ उठाउने दूरदृष्टिसहितको प्रभावकारी राजनीतिक नेतृत्वले यस्ता अवसरको सदुपयोग गर्न सकोस् – शुभकामना । वास्तवमा नेपालीका शुभकामनाहरू जीवनमा यथार्थ साबित हुन नसक्नुको जड नै भ्रष्टाचार हो । दसैँ बजारमा खाद्य, लत्ताकपडा, यातायातका साधनको टिकट, होटलको खाना मूल्यदेखि राज्यको सार्वजनिक जग्गासमेत निजी बनाउने तहको भ्रष्टाचार हुने गरेको यथार्थ छ । नीति बनाएरै राज्यकोषको अपचलन हुने गरेको छ । नागरिकप्रति जवाफदेही, उत्तरदायी बन्नुपर्ने राज्यसंयन्त्रमा बस्नेहरूबाट हुने ढिलासुस्ती, अनुचित लेनदेन, भ्रष्टाचारले आजित सेवाग्राहीले देशप्रति नै निराशाभाव व्यक्त गर्नु परेको छ । सुशासनको अभावका कारण नागरिक यस्तो निराशाले गाँजिएका हुन् । अब राज्यले सुशासनमार्फत आसुरी प्रवृत्तिकै रूप भ्रष्टाचारको अन्त्य गरी नागरिकलाई आशावादी बनाउन सकोस् – शुभकामना ।
दुर्गा पक्षको आठौँ दिनः महाअष्टमी पर्व मनाईँदै
बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ ।
आज फूलपाती भित्र्याइँदै
बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको बताउनुभएको छ ।
चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताउनुभएको छ ।
प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : डा. राणा
प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी)मा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताउनुभएको छ ।
क्यानडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो
क्यानडा र भारतबीच जारी विवादका कारण क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गर्नुभएको छ ।
आजको मौसम : कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी वायुको आंशिक असर छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान
‘शहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । ने
नवरात्रको छैटौँ दिन: कात्यायनी देवीको पूजा आराधना गरिँदै
दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
परराष्ट्रमन्त्री साउद अमेरिका जाँदै
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले यही कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुने भएको छ ।
राजस्व छलेर ल्याइएको चिनी बरामद
ईलाका प्रहरी कार्यालय बनेपाले राजस्व छली ल्याएको चिनीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार अरनिको राजमार्गमा सवारी साधन चेकजाँच गर्नेक्रममा राजस्व छलेर चिनी ल्याउने धुलिखेल नगरपालिका –२ का ३७ वर्षीय राजु तिमल्सिनालाई पक्राउ गरेको हो ।
राष्ट्रपतिले सर्वसाधारणलाई दसैंको टीका लगाइदिनुहुने
विजया दशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चीन भ्रमणमा रहनु भएका श्रेष्ठलाई गए राती हृदयाघात भएको थियो ।
रुसले गाजामा २७ टन मानवीय सहायता पठायो
रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपत्कालीन मन्त्रालयले बताएको छ ।
सहायता सामग्री पुर्याउन गाजा सीमा खोल्ने सम्झौता
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्याउन अनुमति दिने एक सम्झौता सुरु गर्नुभएको छ ।
नेपालको शानदार सुरुआत
नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपमा बुधबार विजयी सुरुआत गरेको छ । टिम इभेन्टमा नेपालले ताजाकिस्तानलाई ३–० ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले बहराइनबाट जानकारी गराउनुभयो ।
प्रेस काउन्सिलमा उजुरी बढे, आचारसंहिता उल्लङ्घनमा विभिन्न कारबाही
प्रेस काउन्सिल नेपालमा पछिल्लो ३ महिनामा आचारसंहिता उल्लंघनका घटनामा १३२ वटा उजुरी र जनगुनासो परेका छन् ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दुमा कायम भएको हो ।
ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान
‘तेस्रो एशिया-प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ ।
गाजासम्बन्धी प्रस्ताव पारित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् असफल
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा मानवीय युद्धविरामका लागि आह्वान गर्ने रुसी मस्यौदासम्बन्धी प्रस्ताव पारित गर्न असफल भएको छ ।
मुस्ताङको संस्कृतिप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण मुस्ताङको ऐतिहासिकता, भौगोलिकता, संस्कृति र परम्परामा पुगेको क्षतिबारे सरकार संवेदनशील भएको बताउनुभएको छ ।
हिमपात हुँदा किसान खुसी
सोमबार माथिल्लो मनाङमा हिमपात भएको छ । हिमपात भएपछि बालीनाली सप्रिने भएकाले यहाँका कृषक खुसी भएका छन् ।