कोशीमा मध्यावधि रोक्न विद्रोहीलाई समर्थन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट बचाउन कांग्रेस विद्रोहीलाई समर्थन गरेको बताउनुभएको छ ।
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ २ बजे
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको हो ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उहाँले बहुमत जुटाउनुभएको हो । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गर्नुभएको थियो । यो संख्या प्रदेश सभामाको कुल सदस्य संख्याको बहुमत हो ।
सञ्चारमन्त्री शर्माद्वारा पशु सेवा केन्द्रको भवन शिलान्यास
तुलसीपुर (दाङ), असोज २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ देउखुरीस्थित राप्ती गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन शिलान्यास गर्नुभएको छ । लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरीस्थित उक्त पालिकामा रु दुई करोड ५० लाख लागतमा निर्माण हुन लागेको उक्त भवनको आज उहाँले शिलान्यास गर्नुभएको हो । रिड परियोजनाअन्तर्गत निर्माण हुन लागेको भवनको शिलान्यास गर्नुहुँदै मन्त्री शर्माले देउखुरी क्षेत्रलाई कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले सङ्घको कृषि र सिँचाइ मन्त्रालयको समन्वयमा धान उत्पादनका लागि विशेष कार्यक्रम आउन लागेकोसमेत जानकारी दिनुभयो । “देउखुरी क्षेत्रमा दुई बाली धानखेती हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले पनि यहाँ कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी थालिएको छ ।” राप्ती गाउँपालिकाको प्राङ्गणमा उक्त भवन निर्माण हुन लागेको हो । मन्त्री शर्माले सोही भवनलाई समयमै पूरा गर्नसमेत निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । रासस
शान्ति सेनामा कङ्गोमा तैनाथ राईको निधन
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।
राष्ट्रपतिसमक्ष राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले शुक्रबार आफ्नो १६ औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नहरुको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची रहेको छ ।
महावीरलाई प्राप्त भयो गुमेको दृष्टि
उत्तरी मकवानपुरको थाहा नगरपालिका –५ फुर्केका महावीर गोलेले गुमेको दृष्टि पुनः प्राप्त गर्नुभएको छ । तीन वर्षअघि ७२ वर्षको उमेरमा गुमेको दृष्टि गोलेले तिलगङ्गा सामुदायिक आँखा केन्द्र पालुङको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गर्नुभएको हो ।
काँग्रेसको विद्रोहपछि कोशीको राजनीति पेचिलो बन्दै
गठबन्धन दलहरूबिच भएको सहमतिविपरीत नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएपछि कोशीको राजनीतिले नयाँ मोड लिएको छ ।
राष्ट्रपति पौडेल आगामी महिना जर्मनी भ्रमणमा जानुहुने
राष्ट्रपति रामचन्द्र राष्ट्रपति रामचन्द्र पाैडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जानुहुने भएको छ ।
पूर्व मेयर डा.पौडेलको निधन
जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डा.कृष्ण पौडेलको निधन भएको छ ।
निजामती सेवामा गुल्मी पहिलो, स्याङ्गजा दोस्रो
आर्थिक वर्ष २०७९-८० मा निजामती सेवामा सबैभन्दा बढी गुल्मी जिल्लाका प्रवेश गरेका छन् ।
बझाङ केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गए
असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पपछि यस क्षेत्र वरिपरि केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गएको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिन अझै तीन दिन लाग्ने
नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै तीन दिन लाग्ने भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भागबाट मनसुन पूर्णरुपमा बाहिरिएपनि पूर्वी क्षेत्रबाट बाहिरिन भने अझै तीन दिन लाग्ने देखिएको छ ।
प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुई जना नियन्त्रणमा
काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एक जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बैठक जारी रहेको हो ।
एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जैसी निर्विरोध
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैसी निर्विरोध निर्वाचित हुनु भएको छ । अन्य पदाधिकारीहरू समेत सर्वसम्मत हुनुभएको हो ।
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ । असोजमा दुई पटक पेसी चढे पनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।
सात वर्षमा बनेको पुल १० महिनामै भत्किन थाल्यो
२०७२ साल जेष्ठ २५ गते ठेक्का सम्झौता भइ साढे ७ वर्षमा निर्माण भएको पर्साको विन्दवासिनीमा रहेको तिलाबे पुल १० महिना नपुग्दै भत्किन थालेको छ ।
इजरायलबाट शव ल्याउन केही समय लाग्छ : परराष्ट्र मन्त्रालय
इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ ।
भ्रष्टाचार रोक्न पदमा बस्नेले मानसिकता बदल्नुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताउनुभएको छ ।
काभा भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई हरायो
काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले बुधबार अफगानिस्तानको विजय यात्रामा पूर्णविराम लगाएको छ ।
इजरायलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना
इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजरायलीहरूको मृत्यु भएको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताउनुभएको छ ।