सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गर्नुभएको छ ।
हिटर ताप्दा निसास्सिएर पूर्ववडाध्यक्षको मृत्यु
काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका(१ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ । चिसोका कारण हिटर र आगो बालेर सुत्नु भएका ८२ वर्षका पूर्व वडा अध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
देशको अर्थतन्त्र उत्साहजनक: अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा उत्साह जनक वातावरण बन्दै गएको बताउनुभएको छ । भरतपुर विमान स्थलमा मङ्गलवार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री डा. महतले अर्थतन्त्रमा देखिएको अहिलेको उत्साह जनक वातावरणलाई निजी क्षेत्र र नागरिक समाजले अव सकारात्मक सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।
सप्तकोसीमा पचपन्न सय मिटर लामो झोलुङ्गे पुल बन्ने
नेपालकै ठुलो सप्तकोसी नदीमा झोलुङ्गे पुल बन्ने भएको छ । सुनसरीको वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरबारीबाट श्रीलङ्का टप्पु जोडिने झोलुङ्गे पुलको निर्माण हुने भएको हो ।
प्रधानमन्त्रीको सम्बोधन आज
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले मङ्गलबार अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो ।
टीआरसी सम्बन्धमा बालुवाटारमा शीर्ष नेताको बैठक
बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताबिच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विषयमा छलफल भइरहेको छ ।
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट सासुबुहारीको मृत्यु
नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट सासुबुहारीको ज्यान गएको छ ।
लामिछानेलाई खोया प्रहार गर्ने १० दिन थुनामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने एक युवकलाई १० दिन हिरासतमा राखी अनुसन्धान गरिने भएको छ।
अरू प्रवास जाँदा किसुनजी नेपाली माटोबाटै लड्नुभयो : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता कृष्णप्रसाद भट्टराईको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ। आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
धारामा पानी नआउने तर बिल आउने समस्या अन्त्य गर्नुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ताहरू दिक्दार भएकाले त्यस्तो समस्या तुरुन्त हल गर्न निर्देशन दिनुभएको छ ।
स्वास्थ्य बीमाका कार्यकारी निर्देशकलाई निलम्बन गर्ने निर्णय सर्वोच्चद्वारा बदर
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
कतार सरकारले मृत्युदण्ड सुनाएका राउत घर फर्किए
कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवाष राउत स्वदेश फर्किनुभएको छ ।
संविधानको संशोधन कांग्रेसले गर्ने छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गणतन्त्रले जनतालाई मालिक बनाएको स्मरण गराउनु भएको छ ।
सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि
पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भएको बताउनुभयो ।
प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउने प्रक्रिया छिट्टै टुङ्गिन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको बताउनुभएको छ ।
तामाकोशीको शेयर लिलाम बिक्री खुल्ला हुने
हकप्रदमा शेयर नबिकेपछि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयर पुस १३ गतेदेखि लिलाम बिक्री खुल्ला हुने भएको छ ।
सिटौलालाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वार बनाउन सिफारिस
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सिफारिस गर्ने नेपाली कांग्रेस झापाले सर्वसम्मत रुपमा निर्णय गरेको छ।
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । शुक्रबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा पुगेर वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।
पूर्व सहकारी रजिष्ट्रार पराजुलीविरुद्ध पक्राउ पूर्जी
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
स्थानीय र प्रहरीबीच झडप : प्रहरीको गोली लागि दुई घाइते
धनुषाको हँसपुर नगरपालिका –५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीको गोली लागि दुई जना घाइते भएका छन् ।
वडा सदस्यसहित चारजना पुर्पक्षका लागि थुनामा
ठगीसम्बन्धी मुद्दामा कास्कीको पोखरा महानगरपालिका वडा नं.६ का वडा सदस्यसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।