• २ असार २०८१, आइतबार

राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शिष्टाचार भेटवार्ता गर्नुहुँदै चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, कात्तिक २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति भवनमा भएको भेटमा राष्ट्रपतिले हालै जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठुलो धनजनको क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

साथै राष्ट्रपति पौडेलले विपद् पश्चताको पुनः उत्थान र पुनर्निर्माणका लागि चिनियाँ सहयोगको प्रशंसा समेत गर्नुभयो ।

यसैगरी, भेटमा नेपाल र जनवादी गणतन्त्र चीनबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।