च्याउ खेतीमा रम्दै २० वर्षीय निखिल
गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्री २० वर्षको हुनुभयो । उहाँले डेढ वर्षदेखि सोही गाउँपालिकाको वडा नम्बर–५ ग्वाघाको धुवाँखर्कमा निखिल मल्टिपर्पोज एग्रो फर्म दर्ता गरी च्याउ खेतीमा निकै व्यस्त हुनुहुन्छ ।
बाँकेमा अफ्रिकी स्वाइन फ्लुबाट २८० बंगुर मरे
बाँकेमा ठूलो सङ्ख्यामा बंगुर बिरामी परेर मर्न थालेका छन् । पालेका बङ्गुरमा अफ्रिकी स्वाइन फ्लु फैलिएकोले बंगुर मरिरहेको किसानले बताएका छन् ।
मूल्य निर्धारण नगरी उखु क्रसिङको तयारी, उखु कृषककोअसहयोगको चेतावनी
महोत्तरीको गौशाला नगरपालिका १ स्थित एभरेष्ट चिनी मिलले सिजन ०७९/८० का लागि उखु क्रसिङको तयारी गरेको छ । चिनी मिलले पुस महिनाको पहिलो साताभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित आवश्यक तयारी थालेको हो ।
रासायनिक मल विना गहुँ छर्दै सप्तरीका किसान
सप्तरीमा धानबालीपछिको दोस्रो बालीको रूपमा लगाउँदै आएको गहुँ छर्ने समय सकिन लागेको छ । बजारमा रासायनिक मल नपाएपछि बाध्य भएर मल विनै किसानले गहुँ छर्ने काम गरिरहेका छन् ।
कृषि प्राविधिक देवबहादुर खडकाको वार्षिक आम्दानी पाँच लाख
सरकारी तथा गैरसरकारी १४ वटा कार्यालयमा २७ वर्ष गरिएको कामको खारिएको अनुभवले गरेको टमाटरलगायत खेतीबाट कृषि प्राविधिक देवबहादुर खड्काले राम्रो आम्दानी गर्नुभएको छ ।
कोदोखेती प्रवर्द्धनका लागि ‘इन्टरनेशनल इयर अफ मिलेट्स–२०२३’
काठमाडौंस्थित भारतीय राजदूतावासले बिहीबार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा ‘इन्टरनेशनल इयर अफ मिलेट्स–२०२३’ को सुरुवाती कार्यक्रम आयोजना गरेको छ ।
लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै
हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समयदेखिनै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको छ ।
मल विना गहुँ छर्दै सुनसरीका किसान
सुनसरीमा धानबालीपछिको दोस्रो बालीको रूपमा लगाउँदै आएको गहुँ छर्ने ऋतु सकिन लागेको छ तर बजारमा मल नपाएपछि किसानले बाध्य भएर मल विना नै गहुँ छर्ने काम सुरु गरेका छन् ।
ग्रामीण पर्यटन र सुन्तला खेतीको प्रवर्द्धनका लागि कलकत्ताको महोत्सव
हिमाली भेगको ग्रामीण पर्यटन र सुन्तला खेतीको प्रवर्द्धनका लागि भारतको कलकत्तामा भएको पाँचौँ हिमालयन सुन्तला महोत्सव अपेक्षाकृत रुपमा सफल भएको छ ।
दाम्लो बाट्ने पेसा सङ्कटमा
दोलखा भीमेश्वर नगरपालिका वडा–२ का सुब्बा थामीको दैनिकी धानिरहेको दाम्लो बाट्ने पेसा सङकटमा परेको छ । कुनै समयको उहाँको दैनिकी नै वस्तु बाँध्न प्रयोग हुने दाम्लो बाट्नु र बिक्री गर्नु थियो ।
मकैको भण्डारण थाङ्ग्रो (फोटो फिचर)
पूर्वी पहाडका किसानले थाङ्ग्रोमा मकै जोहोका लागि भण्डारण गर्ने परम्परागत तरिका संस्कृतिको रूपमा अझै पनि अपनाउने गरेका छन् । यो काइदाले मकै राख्दा घुन, मुसा नलाग्नुका साथै लामो समयसम्म नकुहिने किसान सुनाउँछन् ।
फिदिम नगरपालिकमा जग्गा वर्गीकरण
भूमिको सुरक्षित र दिगो व्यवस्थापन गर्ने राष्ट्रिय लक्ष्यअनुसार पाँचथर फिदिम नगरपालिकाको जग्गा वर्गीकरण गरिएको छ ।
धान खरिद गर्न किसानको दबाब
धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासङ्घ रुपन्देही र अखिल नेपाल किसान महासङ्घ रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग आग्रह गरेको छ ।
करोडभन्दा बढीको लगानीमा आधुनिक कुखुरापालन
कपिलवस्तु शिवराज नगरपालिका ४ वसन्तपुरका युवराज अधिकारी लेयर्स कुखुरा पालन गरेर मनग्य आम्दानी लिन सफल हुनुभएको छ । एक दशक अघिदेखि कुखुरा पालन गर्दै आएका अधिकारीले वैदेशिक रोजगार त्यागेर कृषि पेसा अंगाल्नु भएको थियो ।
अन्तर्राष्ट्रिय किसानको बैठक भोलिदेखि नेपालमा हुँदै
अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठक यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म नेपालमा हुने भएको छ ।
घाँस खेतीबाट वार्षिक २० लाख रुपियाँ गोकर्णकाे आम्दानी
गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो । चित्रकारका रूपमा समेत अब्बल नेपाली स्वदेशमै क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ ।
कृषि क्षेत्रमा जलवायु परिवर्तन, विज्ञहरूद्वारा चिन्ता व्यक्त
कर्णालीमा खाद्य सुरक्षाको समस्या कायमै रहेको बेला जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर देखिन थालेकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
जागिर त्यागेर बुङ्गुर पालनमा रमाउँदै श्रेष्ठ परिवार
भेटेनरी डाक्टर सञ्जय श्रेष्ठलाई जागिरका लागि धेरै अवसर आयो । पुर्ख्यौली पेसा कुखुरा पालन गर्दैआएका डा. श्रेष्ठ जागिरभन्दा कृषि पेसामा रमाउनुभयो ।
किसानसँगको धान खरिद प्रक्रिया अविलम्ब अघि बढाउन माग
नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले अविलम्ब किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।
कपिलवस्तु र रुपन्देहीका २४ हजार गाईभैँसीको नस्ल सुधार गरिँदै
साना दूध उत्पादक किसानको उत्पादन वृद्धि गर्न कपिलवस्तु र रुपन्देहीका २४ हजार गाईभैँसीको नश्ल सुधार गरिने भएको छ ।
सुन्तलाका लागि प्रख्यात गुल्मीकाे ‘भाडगाउँ’
गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ सुन्तला, तरकारी र माहुरीका लागि प्रख्यात छ । गाउँभरी लटरम्म सुन्तला फलेका छन् ।
दूधमा आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गे साँघुका किसानलाई उन्नत जातको गाई वितरण गरिएको छ । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले ढुङ्गे साँघुका किसानलाई होलस्टेन र जर्सी जातको गाई वितरण गरिएको हो ।
ओखलढुङ्गामा १३ हजार २५३ मेट्रिक टन धान उत्पादन
ओखलढुङ्गामा १३ हजार २५३ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र, ओखलढुङ्गाको तथ्याङ्कअनुसार यस वर्ष जिल्लामा १३ हजार २५३ मेट्रिकटन धान उत्पादन भएको हो ।
माटो बिग्रन नदिनका लागि कानुनी व्यवस्था छैन : कृषि विभागका महानिर्देशक
नेपालमा हालसम्म पनि खेतीयोग्य जमिनमा माटो बिग्रन नदिनका लागि आवश्यक कानुनी व्यवस्था नै नभएको पाइएको छ ।