जथाभाबी एन्टिबायोटिकको प्रयोगले मानिसको शरीरमा एन्टिबायोटिकले काम गर्न छोड्दै गएकोमा विज्ञहरूको चिन्ता व्यक्त गरेका छन् ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनको रौनक बढेसँगै काठमाडौंका अस्पतालमा सेवा लिनेको सङ्ख्या घटेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा.फणिन्द्रप्रसाद बरालले सरकारले दुई प्रकारका मधुमेहका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी दिनुभयो ।
चिकित्सकका अनुसार शरीरको रगतमा चिनीको मात्रा आवश्यक पर्छ । यदि रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी भएमा मधुमेह हुने गर्छ ।
टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक चार सयको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउने गरेका छन् । अस्पतालका सूचना अधिकृत नवराज गौतमका अनुसार अस्पतालले वार्षिक एक लाख १० हजारको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउने गरेका छन् ।
नेपालमा हरेक १० मध्ये एक व्यक्तिमा मधुमेहको समस्या देखिएको गरेको छ।
देशभर डेंगु सङ्क्रमण फैलिरहेको समयमा सबै भन्दा बढी प्रयोग भएको शब्द हो ‘प्लेटलेट्स’। डेंगु सङ्क्रमण फैलिरहेको समयमा प्लेटलेट्सको कमीले धेरै जना अस्पतालको आईसीयूमा भर्ना भएर उपचार गराइरहेका छन्।
आज हरिबोधिनी एकादशी तुलसीको पूजा गरेर मनाइएको छ। हिन्दु धर्मावलम्बीका प्रायः घरमा तुलसीको बोट हुने गर्छ। हिन्दु धर्मावलम्बीले हरेक बिहान तुलसीको पूजा गरेर दिनको सुरुवात गर्ने गर्दछन्। तुलसी धार्मिक हिसाबले मात्र होइन औषधिको रूपमा पनि बहुउपयोगी हुन्छ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि राजनीतिक दलले धमाधम घोषणापत्र जारी गरेका छन् ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने चलन रहिआएको छ । ठूलठूला थुंगासहितको सयपत्रीका माला अन्य मालाभन्दा आकर्षण देखिने गर्छ । भाइटीकामा मात्रै होइन, तिहारमा लक्ष्मीपूजा, कुकुरपूजा, गाईपूजा, गोवर्धनपूजामा पनि सयपत्री फूलको प्रयोग गरिन्छ । त्यस्तै घर कार्यालयमा शुभ कार्य गर्दा होस् वा कार्यालय वा घर सजाउन पनि सयपत्रीको माला प्रयोग गरिन्छ ।
तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो । भाइटीकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइसकेपछि रोटी, मिठाइ, भाइ मसला लगायत उपहार दिने चलन छ ।
शरीर लाखौँ कोषिका मिलेर बनेको हुन्छ। चिकित्सकका अनुसार शरीरमा भएका कोषिका अनियन्त्रित र विभाजित भएपछि क्यान्सर हुने गर्दछ। क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले स्तन क्यान्सरका कोषिका अनियन्त्रित भएर विभाजन भएमा स्तन क्यान्सर हुने बताउनुहुन्छ।
नेपालमा प्रत्येक दिन सुर्तीजन्य पदार्थको सेवनपछि लागेको रोगले ७५ जनाको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले स्वास्थ्य पत्रकार मञ्च, एक्सन नेपाल, द युनियन लगायतका संस्थाको संयुक्त रूपमा आयोजना गरेको “सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारको जिम्मेवारी” सम्बन्धी कार्यक्रममा बोल्दै विज्ञले नेपालमा प्रत्येक दिन सुर्तीजन्य पदार्थको सेवनले ७५ जनाको मृत्यु हुने जानकारी गराउनुभएको हो।
नेपालमा यो वर्ष दुई हजारभन्दा बढीमा स्क्रब टाइफस पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।
दशै भन्नेबित्तिकै धेरैको मानसपटलमा रातो टीका र जमराको विषय आउँछ । दशैंको पहिलो दिन अर्थात् घटस्थापनाको दिन सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा खोलाबाट ल्याएको शुद्ध माटोमा धान, गहुँ, मकै, जौंबाट उमारिएको जमरा दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा थापेर आशीर्वाद लिने परम्परा छ ।