• २० वैशाख २०८१, बिहिबार

नसाको उपचार छिटो, छरितो र सुरक्षित हुँदैछ: प्रा.डा. मोहनराज शर्मा

blog

काठमाडौं, फागुन १५ गते । नसासम्बन्धी समस्या हुन साथ यो रोगले उपचार सम्भव छैन  जीवनभर दुःख दिन्छ भन्ने आम मानिसको बुझाइ छ । त्रिवि शिक्षण अस्पतालका न्यूरो सर्जन विभागका प्रमुख प्रा.डा. मोहनराज शर्मा नसासम्बन्धी रोग लागेमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । 

डा. शर्माका अनुसार,  नसासम्बन्धी रोगको उपचार नेपालमा नै सम्भव छ । देशका सबै भागमा सर्जन पुगेका छन् र न्युरोसम्बन्धी प्रायजसो उपचार हुन्छ । जटिल किसिमका शल्यक्रिया सेवा पनि देशका मुख्य मुख्य शहरमा उपलब्ध छन् धेरैजस्ता नसासम्बन्धी रोगलाई पूर्णरुपमा निको बनाउन सकिन्छ । 

उहाँ भन्नुहुन्छ, “नसासम्बन्धी रोग निको हुँदैन भनेर धेरैजना उपचारको दायरामा आउँदैनन् । नसासम्बन्धी रोग लाग्दैमा आत्तिहाल्नुपर्दैन, समयमा नै उपचारको दायरामा आए, धेरैजसाे रोग पूर्णरुपमा निको हुन्छ 

नसा रोग जेनेटिक (बंशाणुत), वातवरणीय कारण खराब जीवनशैलीले गर्दा निम्तिने गर्छ । पछिल्लो समय खराब जीवनशैली र शारीरिक कसर नगर्ने, धूमपान गर्ने र मद्यपानको सेवन गर्ने तथा तनावयुक्त जीवनशैलीले यो रोग युवा अवस्थामा नै देखिने गरेको छ । 

चौथो औद्योगिक क्रान्तिले नसासम्बन्धी रोगको उपचार अझ सहज बनाउँदै लगेको डा. शर्माको भनाइ छ । डा. शर्मा भन्नुहुन्छ, “चौथो औद्योगिक क्रान्तिसँगै धेरै काम मेसिनको सहायताले उपचार छिटो, छरितो र सुरक्षित हुँदै आएका छन् । यसको प्रभाव नसासम्बन्धी उपचारमा पनि गरेको छ ।”

डा. शर्माका अनुसार, विश्वमा रोवटिक सर्जरी आइसकेको छ, यो सर्जरी छिटो छरितो र सुरक्षित प्रमाणित भइसकेको छ । नेपालमा पनि थ्रिडि प्रिन्टिङ, न्यूरो न्याबिगेसन, रोबटिक सर्जरी, लेजर शल्यक्रियाजस्ता प्रविधिहरु भित्रिसकेका छन् ।

नेपालमा टाउँको चोटपटक, मेरूदण्ड, स्ट्रोक, बेन ट्युमरको सबैभन्दा बढी समस्या देखिने गर्छ । त्योबाहेक बिर्सने रोग, पार्किन्सन, काम्ने रोग पनि न्यूरोसम्बन्धी समस्याका रुपमा देखा पर्छ । नसा रोगको प्रकृतिअनुसार यसका लक्षणहरु पनि फरक–फरक हुने चिकित्सक बताउँछन् । 

उहाँका अनुसार नसा रोग जेनेटिक (वंशाणुगत), वातावरणीय कारण खराब जीवनशैलीले गर्दा निम्तिने गर्छ । पछिल्लो समय खराब जीवनशैली र शारीरिक कसर नगर्ने, धूमपान गर्ने र मद्यपानको सेवन गर्ने तथा तनावयुक्त जीवनशैलीले यो रोग युवाअवस्थामा नै देखिने गरेको छ । 

प्रा.डा. शर्माका अनुसार, नेपालमा नसासम्बन्धी उपचारकाे भविष्य राम्रो छ । सन् २००० मा ५/६ जना न्यूरो सर्जन भएकोमा अहिले बढेर ११६ पुगेका छन् । 

गोरखापत्र अनलाइनका लागि चौथो औद्योगिक क्रान्तिले नसासम्बन्धी उपचारमा पारेको विषयमा केन्द्रित भई त्रिवि शिक्षण अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख प्रा.डा. मोहनराज शर्मासँग सिर्जना खत्री र मनोजरत्न शाहीले गर्नुभएको भिडियो संवाद :


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।