हाम्रो समाजमा महिनावारीको विषयमा खुलेर कुरा गर्न अझै पनि हिचकिचाउँछन् । महिनावारीको विषयमा खुल्न नसकेको हाम्रो समाजमा ललितपुर खोकनाका ज्ञान महर्जनले भने यस्तो सोचमा परिवर्तन ल्याउन लामो समयदेखि अभियान नै सञ्चालन गर्दै आउनुभएको छ ।
नेपालमा आर्थिक वर्ष २०७८/७९ मा ४५३ जना आयातीत औलोका बिरामी पुष्टि भएका छन् । औलो दिवसको अवसरमा स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक कार्यक्रम गर्दै सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
अस्पतालमा कोरोना कहरको दोस्रो लहरमा सरकारले कोरोना नियन्त्रण गर्न नियुक्त गरिका २७६ कर्मचारी र अन्य एक सय भन्दा बढी गरेर करिब चार सय कर्मचारीले तलब नपाएको गुनासो बेलाबेलामा गर्ने गरेका छन्।
कान्तिबाल अस्पतालकी नर्सिङ निर्देशक रोशनी लक्ष्मी तुईतुईले देशमा करोडौँ लगानी गरेर उत्पादन गरेका दक्ष जनशक्ति लैजाने देशले क्षतिपूर्ति दिएर लैजानुपर्ने बताउनुभयो।
स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले उक्त खोप बुस्टरडोजका रूपमा प्रयोग गर्न नमिल्ने र अधिकांशले पहिलो डोज लगाएकाले खोप प्रयोगमा आउन नसकेको जानकारी दिनुभयो ।
केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । प्रदूषणका कारण जनजीवन कष्टकर बन्दै गएको छ।
गर्मी महिना सुरु भएसँगै विभिन्न किटजन्य रोग महामारीको रूपमा देखापर्ने गर्छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले यस्तो मौसममा किटजन्य रोग बढ्ने हुँदा सचेत रहन आग्रह गर्नुहुन्छ ।
ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी १.१६ डेल्टा भेरिएन्टसँग मिल्दाजुल्दो भएकोले सचेत रहन सरुवारोग विशेषज्ञले आग्रह गरेका छन्।
ललितपुरका २० वर्षीय पुरुष एक महिना अघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज भएर भर्ना हुनुभयो । अस्पतालमा भर्ना भएको चार दिनपछि उहाँको मृत्युभयो ।
नेपालमा पनि छिमेकी देश भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ ।
राष्ट्रिय योजना आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमा लगभग ४० प्रतिशतले कटौती गरेको छ ।
नेपालमा प्रतिलाख १५१ जना आमाको सुत्केरी अवस्थामा मृत्यु हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा मातृ मृत्यु हुने गरेको हो ।
नेपालमा ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा हुने गरेको पाइएको छ ।
सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको २८ महिना बित्दा समेत हालसम्म पनि कुनै पनि अस्पतालमा निमार्ण भइसकेका छैनन् ।
चिकित्सकका अनुसार बालबालिकामा पनि क्षयरोग हुन सक्छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा ३७ हजार ८६१ जनामा क्षयरोग पुष्टि भएका मध्ये जन्मेदेखि ४ वर्षका उमेर समूहका ८.७ प्रतिशतमा बालबालिकामा क्षयरोग पुष्टि भएको छ ।