स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको दुई हप्तामा कोरोना सङ्क्रमण उत्कर्षमा पुग्ने अनुमान गरेको छ।
पछिल्लो समय स्तनपान गराउनेको घट्दै स्तनपान गर्नेको सङ्ख्या घट्दै गएको छ । तथ्याङ्कअनुसार २०१४ मा ४९ प्रतिशत रहेको स्तनपान घटेर २०१९ मा आउँदा ४२ प्रतिशतमा झरेको छ ।
काठमाडौं, साउन १८ गते। पछिल्लो सयम नेपालमा कोरोना सङ्क्रमणदर निरन्तर बढ्दो क्रममा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पछिल्लो हप्ताको बुधबार करिब १२ प्रतिशत रहेको सङ्क्रमणदर बढेर १५ प्रतिशत भन्दा बढी रहेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार साउन लागेदेखि अहिलेसम्म १६ जना सक्रमितको मृत्यु भएको छ। मृत्यु हुने सङ्क्रमितमध्ये अधिकांश दीर्घ रोगी र खोप नलगाएका रहेको डा. अधिकारीले जानकारी दिनुभयो। सोही सययमा नौ हजार ६५२ जना सङ्क्रमित थपिएका छन् भने दुई हजार ९६९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्। २४ घण्टामा ९१५ जनामा कोरोना पुष्टि२४ घण्टामा परीक्षण गरिएकामध्ये १५.२४ प्रतिशत अर्थात् छ हजार दुई जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ९१५ जनामा कोराना पुष्टि भएको छ। सङ्क्रमितमध्ये सबैभन्दा बढी ४२२ जना काठमाडौं उपत्यकामा थपिएका छन्। जसमा काठमाडौंमा ३३७, भक्तपुरमा ३२ र ललितपुरमा ५३ जना रहेका छन्। सङ्क्रमणदर बढ्दै गएकोले थप शर्तकता अपनाउन डा. अधिकारीले आग्रह गर्नुभयो। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सङ्क्रमणबाट बच्न अनिवार्य रुपमा नाक, मुख, चिउडो छोपीने गरेर मास्कको प्रयोग गर्ने, एक अर्कोमा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम राख्ने, बेलाबेलामा साबुन पानीले हात धुने सेनिटाइजरको प्रयोग गर्न सुझाव दिनुहुन्छ। संक्रमणबाट बच्न खोप अभियान पुनः संचालन गर्नुपर्ने डा. पुनको भनाइ छ। उहाँ भन्नुहुन्छ, ‘‘सरकारी स्तरबाट नै खोप लगाउन खोपको प्रचार प्रसार गर्नुका साथै अभियान संचालन गर्नुपर्छ।” सक्रिय सङ्क्रमितको संख्या पाँच हजार नाघ्यो नेपालमा सङ्मिक्रको सङ्ख्या बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उकालो लागेको छ। साउन १ गते १४ सय ३९ भएको सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर पाँच हजार ४३३ पुगेको मन्त्रालयका प्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो। उपत्यकामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७७० छ। सक्रिय सङ्क्रमितमध्ये पाँच हजार २७५ जना होम आइसोलेसनमा छन्। त्यसैगरी १५८ जनाको संस्थागत आइसोलेसनमा उपचाररत छन्। संस्थागत आइसोलेसन भएकामध्ये ४३ जनाको आइसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत छन्। काठमाडौं र ललितपुरमा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित छन्। कास्कीमा दुई सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। अहिले शून्य सङ्क्रमित भएका जिल्ला पाँच रहेका छन्। अहिलेसम्म ११ लाख ३१ हजार बढीमा कोराना पुष्टि नेपालमा कोरोना सुरु भएदेखि बुधबारसम्म ११ लाख ३१ हजार ८५३ जनामा कोराना पुष्टि भएको छ। सङ्क्रमितमध्ये नौ लाख ७० हजार ९३६ जना सङ्क्रमणमुक्त भएका छन्। नेपालमा सङ्मित निको हुने दर ९८.२ प्रतिशत रहेको छ। सङ्क्रमितमध्ये ११ हजार ९८६ जनाको मृत्यु भएको छ। नेपालमा सङ्क्रमितको मृत्यु दर १.२ प्रतिशत रहेको छ।नेपालमा खोप अभियान सुरु भएदेखि आजसम्म सरकारले चार करोड ९४ लाख ९२ हजार १८५ मात्रा खोप लगाइसकेको छ। जसमध्ये दुई करोड १५ लाख ७६ हजार ८६७ जनाले पहिलो मात्रा, दुई करोड छ लाख सात हजार २४७ जनाले पूर्णमात्रा खोप लगाएका छन्। त्यसैगरी ७३ लाख आठ हजार ७१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्। १७ अस्पतालमा निःशुल्क उपचारसङ्क्रमित दरलाई मध्येनजर गर्दै सरकारले कोरोना सङ्क्रमितको लागि निःशुल्क उपचार गर्न सात प्रदेशबाट १७ अस्पताल तोकेको छ। डा. अधिकारीका अनुसार सरकारले मध्यम र गम्भीर अवस्थामा भएका सङ्क्रमितको उपचार गर्दा उपचार शुल्क तिर्नु नपर्ने गरी १७ अस्पताल तोकेको हो। कोभिड–१९ सङ्क्रमितको उपचार वापत ती अस्पताललाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था गरिएको डा. अधिकारीले जानकारी दिनुभयो। डा. अधिकारीका अनुसार सरकारले तोकेका अस्पतालमध्ये प्रदेश १ मा कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरेर दुई अस्पताल रहेका छन्। त्यसैगरी, मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल, नारायणी गरी दुई अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। बाग्मती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, वीर अस्पताल त्रीवी शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान गरेर पाँच अस्पताल तोकेको छ। गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरी गरेर दुई अस्पतालमा निःशुल्क उपचार गर्ने जनाएको छ। सरकारले लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र कर्णली प्रदेशमा कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल तोकेको छ। सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल र सेती प्रादेशिक अस्पतालमा सक्रमितको निःशुल्क उपचार गर्ने भएको छ।
काठमाडौं, साउन १८ गते। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले नेपालले कोभिड-१९ विरुद्धको खोपमा लक्ष्य हासिल गरेको दाबी गर्नुभएको छ। स्वास्थ्य मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा नेपालले कोभिड-१९ विरुद्धको खोपमा लक्ष्य हासिल गरेको दाबी गर्नुभएको हो। नेपालमा खोप अभियान दक्षिण-पूर्वी एसियाकै उच्च रहेको उहाँको भनाइ छ। खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल जनसंख्याको ७३ प्रतिशत भन्दा बढीले कोभिड–१९ विरुद्ध खोप लगाइसकेको डा.लालले जानकारी दिनुभयो। ७० प्रतिशत भन्दा बढीले दोस्रो अथवा पूर्ण मात्रा खोप लगाइसकेका छन्। १२ वर्षमाथिका लक्षित समूहमा पहिलो मात्राको ९२ प्रतिशत भन्दा बढी र दोस्रो मात्राको ८८ प्रतिशत बढीले खोप लगाइसकेको डा. लालले जानकारी दिनुभयो। २७ जिल्लाका ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोपको दुवै मात्रा दिइसकिएको छ। बाँकी ५० जिल्लामा भदौ ५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको डा.लालले जानकारी दिनुभयो। खोपले सङ्क्रमणको जोखिम कम गर्नुका साथै मृत्युदर घटाउने हुँदा खोप लगाउन छुटेकालाई नजिकैको खोप केन्द्र गएर खोप लगाउन र पूर्ण खोप लगाएको तीन महिना पुगेकालाई बुस्टर डोज लगाउन पनि उहाँले आग्रह गर्नुभयो। हालसम्म नेपालमा ५ करोड ८८ लाख ९१ हजार ५७० मात्रा खोप प्राप्त भएको डा. लालले जानकारी दिनुभयो। यसमा कोभ्याक्स सुविधाबाट दुई करोड ७४ लाख ९१ हजार ६०० खोप प्राप्त भएको छ। कोभ्याक्सबाट खोपबाहेक अन्य खोपजन्य सामग्री पनि प्राप्त भइरहेको उहाँले बताउनुभयो। डा. लालका अनुसार गाभीले अझै पनि खोप तथा खोपजन्य सामग्री उपलब्ध गराउने प्रतिवद्धता गरेको छ।नेपालमा कोभिड-१९ पछि खोप भण्डारणको क्षमतामा व्यापक वृद्धि भएको पनि उहाँले जानकारी दिनुभयो। कोभिड भन्दा पहिले खोप भण्डारणको क्षमता १४५ घनमिटर मात्रै थियो भने अहिले ५३२ प्रतिशत बढेर ९१७ घनमिटर भण्डारण क्षमता रहेको छ। गाभी लगायत अन्य दाता निकायको सहयोगमा यो उपलब्धि हासिल भएको उहाँको भनाइ छ।
देशभर सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको छ। साउन १ गते १४ सय ३९ जना भएका सक्रिय सङ्क्रमित १७ दिनमा बढेर पाँच हजार १४४ पुगेका छन्।
छिल्लो केही दिनदेखि बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढ्दै गएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिल श्रेष्ठले बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढेसँगै अस्पतालमा बिरामीको भीड बढ्न थालेको जानकारी दिनुभयो ।
बच्चा जन्मिएको एक घण्टाभित्रमा स्तनपान गराउँदा १६ देखि २२ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिने विभिन्न अध्ययनले देखाएको छ ।
प्रायः मध्य तथा पश्चिम अफ्रिकी देशहरुमा मात्र हुनेगरेको मङ्कीपक्स हाल यसको प्रकोप विश्वका धेरै देशमा दु्रत गतिले फैलिरहेको छ । सन् २०२२ मे १३ पछि यो संक्रमण अन्य देशहरुमा फैलियो । विभिन्न देशमा जनस्वास्थ्यको जोखिम बढ्दै गएपछि साउन ७ गते विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गर्यो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हुनेगर्छ । त्यसैगरी ९४ लाख मानिस क्रोनिक हेपाटाइटिस ‘सी’ भाइरसबाट सङ्क्रमित हुनेगरेका छन् ।
नेपालमा असार १ गतेबाट कोरोना सङ्क्रमणदर पुनः बढेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा सङ्क्रमणदर बढेसँगै एक महिनाभित्र साउन १ गते एक जना कोरोना सङ्क्रमितको मृत्यु भएकाे छ । सङ्क्रमणका कारण चार महिनाअघि मात्र सङ्क्रमितको मृत्यु भएकाे थियाे । साउन एक गतेदेखि हिजाेसम्म अर्थात १० दिनमा ७ जना सङ्क्रमितको मृत्यु भएको छ ।
नेपालमा कोरोना सङ्क्रमणदर बढेसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ।
कोरोनाविरुद्धको करिब डेढ लाख खोप खेर गरेको अनुमान गरिएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले कोरोनाविरुद्धको कोभिसिल्डको करिब डेढ लाख खोप खेर गएको अनुमान गर्नुभयो ।उहाँका अनुसार जुलाई २३ तारिखसम्म मात्रै कोभिसिल्डको खोपको म्याद रहेको थियो ।
फरेन्सिक मेडिसिन विज्ञ प्रा.डा. हरिहर वस्तीले फरेन्सिक मेडिसिन भनेको मुर्दा चिर्ने मात्रै नभई कुनै पनि घटना घटी सकेपछि जिउँदा वा मुर्दा मानिसमा के कारणले घटना घट्यो भनेर कानुनलाई प्रमाण जुटाउने विधा भएको बताउनुहुन्छ ।
नेपालमा चौंथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ। एक महिना अघि एक प्रतिशत भन्दा काम भएको सङ्क्रमणदर बढेर १२ प्रतिशत भन्दा बढीमा पुगेको छ ।
हरेक वर्ष नेपालमा एक हजारदेखि १५ सयको हाराहारीमा बाल क्यान्सरका नयाँ बिरामी थपिने अनुमान गरिएको छ।नयाँ थपिएका क्यान्सरका सबै बिरामी उपचारको पहुँचमा नभएको चिकित्सकको भनाइ छ।