प्रत्येक वर्ष बर्खायाम सुरु भएसँगै डेंगु, हैजा, स्क्रब टाइफस, चिकनगुनिया, फ्लु लगायत संक्रामक रोगहरु बढ्ने गर्छन् । हरेक वर्षजस्तै यो वर्ष पनि कोरोना, डेंगु, हैजा धेरैमा संक्रमित भइरहेको छ ।
नेपालमा कुल जनसंख्याको २५ प्रतिशत मानिसलाई मुटुरोगको समस्या भएको अनुमान गरिएको छ।
उच्च रक्तचाप,मधुमेह र उच्च कोलेस्टेरोलको बच्नुनै मुटुरोगबाट बच्ने उक्त उपाए हो । मुटुरोग विशेषज्ञ डा ओम मुर्ति अनिलले यदि कसैको बलड प्रेसर माथीको १४० माथी छ र तलको ९० तलको भन्दा बढी छ, ,सुगर खाली पेट १२५ भन्दा बढी र कोलेस्टेरोल नराम्रो १३० भन्दा माथी छ पहिचान गरि उपचार गर्न आवश्यक छ ।
रेबिजविरुद्धको खोप पर्याप्त मात्रामा भए पनि बिरामीको हेलचेक्राइँले गर्दा १० वर्ष अघिको तुलनामा रेबिज लागेर घट्नुको साट्टो बढ्दै गइरहेको छ ।
नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको कारण ३७ हजारभन्दा बढीको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ।
करिब देशभरी आक्रमक रुपमा फैलिइरहेको डेंगूका विरामी आज (शुक्रबारसम्म २१ हजार पुगेका छन् । चिकित्सकहरुको भनाइअनुसार डेंगु झन कडा बन्दैगएको छ । पछिल्लो केही हप्तादेखि डेंगुका बिरामी गम्भीर लक्षण लिएर अस्पताल पुग्नेगरेको उहाँहरुको भनाइ छ ।
काठमाडौं, असोज ६ गते । नेपालमा वार्षिक पाँच सय १० जनाको मृत्यु एचआइभी सङ्क्रमणले हुने गरेको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा यो तथ्य सार्वजनिक भएको हो। एचआइभी एड्स तथा यौन रोग सम्बन्धी लान्छाना तथा भेदभाव कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना भएको हो ।राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा.सुधा देवकोटाका अनुसार नेपालमा १० हजार एचआइभी सङ्क्रमित उपचारको दायर बाहिर छन्। ३० हजार सङ्क्रमितमध्ये २० हजार मात्र उपचारको दायरमा रहेको डा. देवकोटाले जानकारी दिनुभयो। सरकारले एड्स २०३० सम्ममा अन्त्य गर्ने लक्ष्य लिएको छ। सरकारसँग १० हजार बिरामी उपचारको दायरा नआउँदा रोग नियन्त्रण थप चुनौती थपिएको उहाँले बताउनुभयो।समाजमा भेदभाव हुने डरले १० हजार बिरामी उपचारको दायरामा नआएको उहाँले बताउनुभयो। उहाँका अनुसार एचआइभी सङ्क्रमितको अनुमानित सङ्ख्या ३० हजारमा सबैभन्दा बढी पुरुष छन्। सङ्क्रमितमध्ये ५५ प्रतिशत अर्थात् १६ हजार चार सय पुरुष छन्। त्यसैगरी १३ हजार ६ सय अर्थात् ४५ प्रतिशत महिला छन्। १४ वर्ष मुनिका एचआइभी सङ्क्रमित बच्चाको सङ्ख्या १२ सय रहेको छ। यो कुल सङ्क्रमितको चार प्रतिशत हो। एचआइभी सङ्क्रमित गर्भवतीको सङ्ख्या दुई सय रहेको छ। २०२६ सम्ममा ९५ प्रतिशत सङ्क्रमितको पहिचान २०२६ सम्ममा अनुमानित एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने सरकारको लक्ष्य छ। एचआइभी सङ्क्रमण पुष्टि भएका ९५ प्रतिशत व्यक्तिको उपचार गर्ने रणनीतिक योजना रहेको छ। एआरटी सेवा लिइरहेका एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतमा भाइरल लोड कम गर्ने र नयाँ एचआइभी सङ्क्रमणलाई ९० प्रतिशतले कम गर्ने योजना रहेको छ। त्यसैगरी, केन्द्रले आमाबाट बच्चामा एचआइभीको सङ्क्रमण उन्मुलन गर्ने। जन्मजात भिरिङ्गीको केस दर प्रति लाख जीवित जन्ममा ५० वा सो भन्दा कम गर्ने लक्ष्य लिएको छ। आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम सेवा ७७ वटै जिल्लाका रहेका बर्थिङ केन्द्र स्थापना गर्ने योजना छ। सरकारले ७७ जिल्लामा १८९ केन्द्रबाट परीक्षण गर्दै आएको छ।बजेटको ६५ प्रतिशत रकम औषधिमा खर्चसरकारले तीन वर्षदेखि केन्द्रलाई बजेट नबढाएकोमा डा. देवकोटाले गुनासो गर्नुभयो। आर्थिक वर्ष २०७९÷८० सालको बजेटमा केन्द्रलाई एचआइभी ५५ करोड बजेट विनियोजन गरेको थियो।जसमा ६५ प्रतिशत रकम औषधि र किट खरिद गर्दै सकिने डा.देवकोटाले जानकारी दिनुभयो। २० हजार बिरामीलाई खुवाउने औषधि र एड्स परीक्षण गर्ने किट खरिदमा प्रयोग गर्ने उहाँले बताउनुभयो। रोग नियन्त्रण गर्ने आवश्यक सामग्री किन्न दाताको भर पर्नुपरेको उहाँको भनाइ छ। डा.देवकोटाले भन्नुभयो, “रोग नियन्त्रण गर्न आवश्यक सामग्री खरिद गर्दा दाताको भर पर्नुपर्ने अवस्था छ। यसले सामग्री पाउन समय लाग्ने गरेको छ। यदि मन्त्रालयले नै सहजीकरण गरेमा चाहिने सामग्री किन्न समय लाग्ने थिएन।”कार्यक्रममा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सरकारले रोग नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। उहाँले भन्नुभयो, “एचआइभी एड्सको नियन्त्रण गर्न लागि पर्नुहोस् मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुनेछ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर रहेको बताउनुभएको छ ।
विगत १८ दिनमा डेंगु सङ्क्रमण हुने सङ्ख्या ह्वात्तै बढेर झण्डै १२ हजार पुगेको छ ।
काठमाडौं, असोज २ गते । पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ। सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन यता १३ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयले हालसम्म ७५ जिल्लाबाट १५ हजार ४२३ जनामा डेंगु पुष्टि भएको जनाएको छ।डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा ११ हजार ८३५ जनामा भएको छ। यस्तै, लुम्बिनीमा एक हजार ९९४, प्रदेश १ मा ४५०, सुदूरपश्चिममा ४२०, गण्डकीमा ३०४, मधेश प्रदेशमा २३४ र कर्णाली प्रदेशमा १८६ जनामा डेंगु पुष्टि भएको छ।जिल्ला अन्तर्गत सबैभन्दा बढी काठमाडौंमा चार हजार ४३३ , ललितपुरमा चार हजार ३१२, मकवानपुरमा एक हजार ४९३, रुपन्देहीमा ६४६, भक्तपुरमा ६३८, धादिङ १४७, काभ्रे १३४, दार्चुलामा १२६ र चितवन ३७० गरेर १० जिल्लामा सबैभन्दा बढी १३ हजार १४१ जनामा डेंगु सङ्क्रमित भएका छन्।नेपालमा हरेक दुई तीन वर्षको अन्तरालमा डेंगु रोग प्रकोपका रूपमा देखा पर्ने गर्छ। यसअघि २०१९ मा प्रकोपका रूपमा फैलिएको थियो। सोही समयमा १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो।सरुवारोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्।एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ।सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ।डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजेर १० मिनेट छुटाई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ खोजौँ र नष्ट गरौँ’भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।
काठमाडौं, भदौ २९ गते। पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन यता नौ जनाको डेंगुले मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार दुई हप्तामा छ हजार ४७२ जनामा डेंगु पुष्टि भएको छ। प्रवक्त डा. ठाकुरका अनुसार सबै भन्दा बढी १० जिल्लाबाट पाँच हजार ४०३ जनामा डेंगु पुष्टि भएको छ। योसँगै हालसम्म ७५ जिल्लाबाट ११ हजार ६५ जनामा डेंगु पुष्टि भएको डा. ठाकुरले जानकारी दिनुभयो। डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा आठ हजार ३९० जनामा भएको छ। यस्तै, लुम्बिनीमा एक हजार ४२१, प्रदेश १ मा ३४६, सुदूरपश्चिममा ३२३, गण्डकीमा २२४, मधेश प्रदेशमा १९८ र कर्णाली प्रदेशमा १६२ जनामा डेंगु पुष्टि भएको छ।जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुर तीन हजार ७९३, काठमाडौंमा २५ सय ६९, मकवानपुरमा ११ सय १२, रुपन्देहीमा ५९८, दाङमा ३७८, भक्तपुरमा २२०, धादिङमा १४०, तेह्रथुममा ११२ काभ्रेमा ११२ र चितवनमा १७८ गरी १० जिल्लामा सबै भन्दा बढी नौ हजार २२६ जनामा डेंगु पुष्टि भएको छ। हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु प्रकोपका रुपमा देखा पर्ने गर्छ। यस अघि २०१९ मा प्रकोपका रुपमा फैलिएको थियो। सोही समयमा १७ हजार भन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो। भाइरोलोजिष्ट डा. लुना भट्टका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्।एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने सचेत रहन चिकित्सकको सुझाव छ।सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ।डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजेर १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।
नेपाली समाजमा अल्जाइमर रोगले भयावह स्थिति सिर्जना गरेका विज्ञले तर्क गरेका छन्।
पछिल्लो डेढ महिनामा पाँच जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग प्रमुख डा. गोकर्ण दाहालले डेढ महिनामा डेंगु सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको बताउनुभयो ।
नेपालमा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ ।
काठमाडौं, भदौ २३ गते । आत्महत्याबाट ज्यान गुमाउने सङ्ख्या गत आर्थिक वर्ष भन्दा ४.३५ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा छ हजार ८३० जना व्यक्तिको आत्महत्याबाट मृत्यु भएको छ। गत आर्थिक वर्ष २०७७/७८ मा सात हजार १४१ जनाले आत्महत्या गरेका थिए। जुन गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा ४.३५ प्रतिशत घटेको हो। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक कार्यक्रम गर्दै तथ्याङ्क सार्वजनिक गरेको हो। आत्महत्या मृत्युको प्रमुख कारणमध्ये १५ नम्बरमा पर्छ। महाशाखाका नसर्ने रोग तथा मानसिक रोगका शाखा प्रमुख डा.फणीन्द्रप्रसाद बरालले आत्महत्या दर घट्यो भन्दैमा खुसी हुने अवस्था नरहेको बताउनुभयो। उहाँका अनुसार नेपालमा हरेक दिन सरदर १९/२० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६.५ प्रतिशतले आत्महत्याको सोच बनाउने गर्दछन्। १५ देखि २५ वर्ष उमेर समूहका मानिसले बढी आत्महत्या गर्ने गर्दछन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष अन्दाजी सात लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ। विश्वमा ४० सेकेण्डमा एक जनाको आत्महत्याबाट मृत्यु हुन्छ।८३.३९ प्रतिशतले झुन्डिएर आत्महत्याआर्थिक वर्ष २०७८/७९ मा छ हजार ८३० जनाको आत्महत्याबाट मृत्यु भयो। जसमध्ये ८३.३९ प्रतिशतले झुन्डिएर आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार आत्महत्या गरेका मध्ये ५६ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र चार प्रतिशत किशोर र सात प्रतिशत किशोरी रहेका छन्। १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको चिकित्सकको भनाइ छ। आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्या बन्दै गएको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन्। प्रदेशगत रूपमा आत्महत्याको तथ्याङ्कप्रदेश अनुसार सबै भन्दा बढी प्रदेश १, बाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा आत्महत्याका घटना भएका छन्। प्रदेश १ मा १४ सय ९१, मधेस प्रदेशमा एक हजार २०, बागमती प्रदेशमा १४ सय ४२, लुम्बिनी प्रदेशमा १३ सय ५ गण्डकी प्रदेशमा ६९८ कर्णाली प्रदेशमा २९१ र सुदूरपश्चिम प्रदेशमा ५८३ जनाले आत्महत्या गरेका छन्। १० वर्षमा ५३ हजारको आत्महत्याबाट मृत्युनेपाल प्रहरीको तथ्याङ्क अनुसार १० वर्षमा ५३ हजार २९८ जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०६९/७० मा ३९ सय ७४, आर्थिक वर्ष २०७०÷७१ मा ४५ सय चार, आर्थिक वर्ष २०७१/७२ मा ४३ सय ३२ जनाले आत्महत्या गरेका थिए। त्यसैगरी, आर्थिक वर्ष २०७२/७३ मा ४६ सय ८०, आर्थिक वर्ष २०७३/७४ मा ५१ सय २४, आर्थिक वर्ष २०७४/७५ मा ५३ सय १७, आर्थिक वर्ष २०७५÷७६ मा ५७ सय ५४ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७६/७७ मा ६२ सय ७९, आर्थिक वर्ष २०७७÷७८ मा ७१ सय ४१ जना र आर्थिक वर्ष २०७८/७९ मा ६८ सय ३० जनाले आत्महत्या गरेको तथ्याङ्क छ। नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्यमा समेत सन् २०१५ देखि २०३० सम्ममा प्रति एक लाख जनसङ्ख्यामा आत्महत्याको दरलाई १६.५ बाटा घटाएर ४.७ मा ल्याउने लक्ष्य राखे पनि अहिले आत्महत्याको दर एक लाख जनसङ्ख्यामा २३.४ प्रतिशत रहेको छ। “आशा जगाऔँ, जीवन बचाऔँ”भन्ने नाराका साथ १० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस मनाइने छ।