मुखको स्वास्थ्यले हाम्रो अन्य अङ्गको स्वास्थ्यलाई पनि असर पार्ने हुँदा मुखको ख्याल गर्न चिकित्सकको सुझाव छ । वरिष्ठ कन्सल्टेन्ट डा. प्रकाशराज न्यौपानेले नेपालीले खैनी, चुरोट, गुट्का बढी सेवन गर्ने भएकाले नेपालीको मुखको स्वास्थ्य खराब नराम्रो भएको बताउनुभयो ।
पछिल्लो केही समय यता भारतमा ‘एच थ्री एन टु’ फ्लु व्यापक रूपमा फैलिरहेको छ । एच थ्री एन टु फ्लुबाट केही मानिसको मृत्यु पनि भएको विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सरकारसँग देशभर ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा डायलासिस मेसिन माग गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका अनुसार देशभरका साना ठूला ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा डायलासिस मेसिन माग गरेका हुन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालमा अङ्गदानसम्बन्धी जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिने दाबी गर्नु भएको हो ।
केही दिन अघि चितवनमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । अस्पतालमा उपचारका लागि लगिएका ३० देखि ४० प्रतिशतमा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको थियो ।
कतिपय यस्ता रोग छन् जुन महिलालाई मात्रै लाग्ने गर्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीका अनुसार महिलालाई देखिने प्रमुख समस्या सेतो पानी बग्ने, यौन अङ्गको सङ्क्रमण हुने, महिनावारी गडबडी हुने, पाठेघरमा ट्युमर, शिष्टहरू पलाउने हुन् ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली (रङ्गहरूको पर्व) पर्व पछिल्लो समय धूमधामसँग मनाउने प्रचलन बढ्दो छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण गरिएको छ।
हाल विकसित कोरोनाविरुद्धको खोपले २४–२५ हप्तासम्म मात्रै रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ, त्यसैले सङ्क्रमणको जोखिम कम गर्न ६ वा एक वर्षमा बुस्टर डोज लगाउन जनस्वास्थ्यविदको सुझाव छ ।
नेपालमा विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजारभन्दा बढी पुगेका छन् । नेपाल मेडिकल काउन्सिलमा पुस १६ गतेसम्म दर्ता भएको तथ्याङ्क अनुसार नेपालमा विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजार ८० पुगेको हो । यी मध्ये सात हजार ११० जना पुरुष र दुई हजार ९७० जना महिला रहेका छन् ।
“नसासम्बन्धी रोग निको हुँदैन भनेर धेरैजना उपचारको दायरामा आउँदैनन् । नसासम्बन्धी रोग लाग्दैमा आतिहाल्नु पर्दैन समयमा नै उपचारको दायरामा आएमा धेरैजस्ता रोग पूर्णरुपमा निको हुन्छ ।”
संसारभर एक हजार जीवितै जन्मिएका शिशुमध्ये आठदेखि १० जनामा जन्मजात मुटुसम्बन्धी रोग फेला परेको अध्ययनले देखाएको छ ।
सरकारले फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन कार्यक्रम सुरु गर्ने भएको छ ।
गुल्मी निर्वाचन क्षेत्र न १ का सङ्घीय सांसद काँग्रेस नेता डा. चन्द्र भण्डारको बुद्ध नगर काठमाडौँस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा पोलेर उहाँ र उहाँकी आमा गम्भीर घाइते भई हाल कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको छ ।
नेपालमा पनि बुधबार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 'जीवन रक्षा तपाईँको हातमा’ नारासहित बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउन अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइएको हो ।