• ७ मंसिर २०८१, शुक्रबार

भाइरसबाट बालबालिकालाई जोगाउनु होस् : डा. दाहाल

blog

बाल शल्य चिकित्सक डा. गेहराज दाहाल

काठमाडौं, जेठ ३१ गते । गर्मी सुरु भएदेखि बालबालिकालाई विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछन् । 

त्रिवि शिक्षण अस्पतालका बाल शल्य चिकित्सक डा. गेहराज दाहालले गर्मी मौसममा बालबालिकालाई सङ्क्रमणजन्य समस्याले सताउने बताउनुहुन्छ । 

यो मौसममा भाइरस बढी सक्रिय हुने डा. दाहालको भनाइ छ । डा. दाहालका अनुसार बालबालिका भाइरल ज्वरो, रुघाखोकी, जण्डिस, पसिनाले गर्दा शरीरमा डाबर, निमोनिया, श्वासप्रश्वास, झाडापखाला बान्तालगायतका स्वास्थ्य समस्या देखिने गर्दछन् । 

गर्मी मौसममा देखिने अर्को समस्या  लु लाग्नु त्यसका अलावा किटजन्य समस्या पनि देखिने गर्दछ । गर्मी मौसममा बेमौसमी फलफूल, बासी, सडकमा राखेका खानेकुराले पेट दुख्ने, हैजा, बान्ता आउनेजस्ता स्वास्थ्य सममस्या देखिने गर्दछन् । 

बालबालिकाको स्वास्थ्य संवेदनशील हुने भएकाले पेट दुख्ने, दिसाबाट रगत जाने, पेट फुल्ने वान्ता हुने समस्या देखिएमा तुरुन्त अस्पतालमा लैजान चिकित्सकको सुझाव छ । गर्मी मौसममा यस्ता समस्याबाट बच्न खानेकुरामा ध्यान दिनुका साथै सफा पिउने पानी पिउन चिकित्सकको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, “गर्मी मौसममा सङ्क्रमणजन्य समस्याबाट बच्न पानी उमालेर चिसो बनाएर पिउने र बासी खानेकुरा नखाने । घरमा नै बनाएको ताजा खानेकुरा खानुपर्छ।” 

गर्मी मौसममा बालबालिकामा के कस्ता स्वास्थ्य देखिन्छन् ? समाधानका उपाय के के हुनसक्छन् भन्ने विषयमा गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो संवाद : 


भिडियो : मनोजरत्न शाही


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।