• १६ चैत २०८०, शुक्रबार

‘किशोरीलाई महिनावारी शिक्षा आवश्यक छ’

blog

काठमाडौं, जेठ १७ गते। पाठेघरले बनाएको रगतको तह विस्तारै योनीमार्ग बाहिर निस्कने प्रक्रियालाई महिनावारी भनिन्छ। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारीका अनुसार महिनावारी भएपछि बालिकाको प्रजनन अङ्ग परिपक्क हुन्छन्। महिनावारी लाज मान्ने विषय होइन। महिनावारी जैविक र प्राकृतिक प्रक्रिया हो।  हर्मोनहरुमा आउने परिवर्तनका कारणले महिनावारी हुने चिकित्सक बताउँछन्। डा. अधिकारीले महिनावारी भएपछि किशोरी आमा बन्न सक्षम भएको संकेत गर्ने बताउनुहुन्छ।

ढाड दुख्ने र तत्लो पेट दुख्नु महिनावारीका सामान्य लक्षण हुन्। चिकित्सका अनुसार यस्ता लक्षण देखिँदा धेरैले औषधि खाने गर्दछन्। यस्ता लक्षण सामान्य भएकाले जथाभावी रुपमा औषधि नखाना चिकित्सको सुझाव छ। 

चिकित्सकका अनुसार समान्यतया महिनावारीको चक्र २१ देखि ३५ दिनको हुन्छ। महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु भएर ४५ देखि ५५ वर्षको उमेरमा सुक्ने गर्छ। तर, पछिल्लो सयमा खानापान र जीवनशैलीले गर्दा ९ वर्ष देखिनै महिनावारी हुने गरेको डा. अधिकारी बताउनुहुन्छ।  

महिनावारीको हुँदा धेरै बच्चा आत्तिने हुँदा यसबारेमा पहिलेनै आफ्ना छोरा छोरीलाई  तयारी गर्न चिकित्सको सुझाव छ। डा. अधिकारी भन्नुहुन्छ, “पहिलो पटक महिनावारी हुँदा बालिका डराउने गर्दछन्। त्यसैले महिनावारी सुरु हुनुभन्दा पहिले यसबारे बुझाउन जरुरत छ।” महिनावारीको समयमा ननुहाउने, पुराना कपडा लगाउने र सरसफाइमा ध्यान नदिँदा पाठेघरमा संक्रमण हुने, योनीमा विभिन्न समस्या देखिने हुँदा महिनावारीको समयमा सरसफाइमा ध्यान दिन चिकित्सको सुझाव छ।


ज्यामिन आइजिन प्रडक्ट नेपालले २०१९ मा गरेको अध्ययन अनुसार नेपालमा एक करोड महिला महिनावारी हुने उमेरका छन्। प्रत्येक दिन तीन जनामध्ये एक जना महिनावारी हुने गर्दछन्। महिनावारी भएका २ Þ५ प्रतिशत महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने उक्त अध्ययनले देखाएको छ। नेपालमा महिनावारी भएको बेलामा छाउगोठमा बस्दा बर्षेनी दुई जनाको मृत्यु हुने गरेको छ। 

नेपालमा नौ प्रतिशत महिला महिनावारीको समयमा सामाजिक  तथा सांस्कृतिक जीवनबाट बञ्चित हुने गर्दछन्। वाटर एड नेपालको तथ्याङ्क अनुसार ८० प्रतिशत महिला महिनावारी भएका बेला आधारभूत खानेपानी तथा सरसफाई सुविधाबाट बञ्चित छन्। 

५३ प्रतिशत छात्रा महिनावारी भएका दिनमा विद्यालय छोडी घरमा बस्ने गरेका छन्। ३१ प्रतिशत सार्वजनिक विद्यालयका लागि छुट्टै शौचालय छैन। ५० प्रतिशत छात्रा महिनावारी अवधिभर विद्यालय जाँदैनन। कोही पनि विद्यार्थी विद्यालय जानबाट बञ्चित नहुन भनेर २०७७ सालबाट सरकारले विद्यालयमा निःशुल्क प्याड वितरण गर्दै आएको छ। 

मे २८ का दिन महिनावारी सम्बन्धी जनचेतना फैलाउन अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइन्छ। सोही अवसरमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका, स्त्रीरोग विशेषज्ञ डा.श्रीप्रसाद अधिकारसँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री, मनोजरत्न शाही र केशव गुरुङले तयार पार्नुभएको भिडियो सामग्री : 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।