• १६ वैशाख २०८१, आइतबार

वीर अस्पतालका सात सय शय्या निःशुल्क, आठ बजेबाट सेवा सुरु

blog

काठमाडौं, साउन १ गते । बिरामीको अत्यधिक चाप हुने देशकै पुरानो अस्पताल वीर अस्पतालमा दैनिक २५ सयदेखि तीन हजार बिरामी सेवा लिन आउने गर्दछन् । बिरामीको चाप गर्न कम गर्न अस्पतालले दिँदै आएका सबै सेवा विस्तार गदै लैजाने निर्णय गरेको छ । 

अस्पतालले बिरामीलाई छिटो र छरितो ररूपमा सेवा प्रदान गर्न अनलाइन टिकटको व्यवस्था गरेको छ । अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले सर्जिकल भवन सञ्चालनमा ल्याउन हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालमा स्थायी दरबन्दीबाट २५० नर्सिङ जनशक्ति थपिदिएको जानकारी दिनुभयो । 


नर्सिङ जनशक्ति थपिएसँगै सेवा विस्तार गर्न सहज हुने डा. पौडेलको तर्क छ । अस्पतालले बिरामीको सहजताको लागि असार ८ गतेदेखि सात सय जनरल शैय्या(बेड) निःशुल्क गर्ने निर्णय गरेको छ । त्यसैगरी,अस्पतालले विपन्न बिरामीका लागि हरेक वार्डमा सम्पूर्ण उपचार निःशुल्क हुने गरी १० प्रतिशत शय्या सञ्चालनमा छन् । 

अस्पतालले भूकम्प पछि रोकिएको जलन उपचार कक्ष(वर्न वार्ड)साउनदेखि पुन सञ्चालनमा ल्याउन लागेको पौडेललको भनाइ छ । उहाँले भन्नुभयो, “साउनदेखि जलनको उपचार गर्ने (वर्न वार्ड) कक्ष सञ्चालन हुँदैछ । २५ बेडको जलन उपचार कक्ष सञ्चालन गर्ने तयारी पूरा भइसकेको छ ।” 

डा. पौडेललका अनुसार बिरामीलाई छिटो र छरितो सेवा प्रदान गर्न अस्पतालले कार्यालय समय ८ बजेदेखि सुरु गर्न निर्णय गरेको छ । बिरामीलाई शल्यक्रिया सेवा छिटो दिन अस्पतालले ९ वटा शल्यक्रिया कक्ष बढाएर १८ वटा शल्यक्रिया कक्ष बनाउने निर्णय गरेको छ । १८ वटा शल्यक्रिया कक्षबाट नियमित शल्यक्रिया सेवा सञ्चालन गर्ने उहाँको भनाइ छ । 

डा .पौडेलका अनुसार अस्पतालले आइसियु विस्तार गर्ने योजना छ । उहाँले भन्नुभयो,“५५ शय्याको आइसियु विस्तार गरेर ७० पुर्‍याउने र ३० शय्याको एचडीयू थपेर संघन उपचारलाई कम्तिमा १०० बेडको बनाउने योजना छ ।” 

बिरामीको रोगको प्रकृति हेरेर उपचार जोन छ्ट्याउने अस्पतालको योजना छ । उहाँले भन्नुभयो, अस्पतालले आकस्मिक सेवा व्यवस्थीत गर्न शय्या थपेको छ । आकस्मिक कक्षमा जटिलताको आधारमा बिरामीको वर्गिकरण गरेर सेवा प्रवाह गर्ने । जनशक्तिले सेवा थप व्यवस्थीत गर्न उल्लेखनीय भूमिका खेल्ने विश्वास छ।

एमआरआई सेवा बिहान आठ बजेदेखि आठ बजेसम्म सेवा दिइरहेको छ । दैनिक २५ देखि ३० वटा एमआरआई हुने उहाँको भनाइ छ । 

 त्यस्तै अस्पतालले सिटी स्क्यान दुईवटा मेसिनबाट २४ घण्टा सेवा प्रदान गर्दै आएको छ । अस्पतालका अनुसार  दैनिक ९० देखि १०० वटा सिटी हुने उहाँले बताउनुभयो । 

त्यस्तै अस्पतालले अल्ट्रा साउण्ड, भिडियो एक्सरेको लागि पालो कुर्नु नपर्ने उहाँले जानकारी दिनुभयो । अस्पतालले दैनिक साढे दुई सयदेखि तीन सय अल्टा साउण्ड, भिडियो एक्स रे गर्दै आएको छ ।  वीर अस्पतालले पछिल्लो समय सेवा सुविधा कसरी प्रदान गर्दैछ भन्ने विषयमा केन्द्रित भइ अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलसँग गरिएको भिडियो संवाद :

भिडियो : मनोजरत्न शाही/केशब गुरुङ 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।