• ७ मंसिर २०८१, शुक्रबार

लम्पी स्किनको सङ्क्रमण घट्दै : सात लाख डोज खोप आयात

blog

काठमाडौं, असार २२ गते । पछिल्लो समय गाभैंसीमा लाग्ने लम्पी स्किनको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका डा. सम्झनाकुमारी काफ्लेका अनुसार पछिल्लो समय गाईभैंसीमा लाग्ने लम्पी स्किनको सङ्क्रमणको दर क्रमशः घट्दै गएको हो । 

गर्मीयाम सुरु भए लगतै देशका विभिन्न जिल्लामाका पशुमा प्रकोपका रुपमा रहेको लम्पी स्किन नामक सङ्क्रमण रोग गतवर्ष चैत महिनाबाट कोशी प्रदेशबाट फैलिएको हो ।   हालसम्म ७६ वटा जिल्लामा रोग पुष्टि भइसकेको छ । 

प्रभावकारी उपचार

यो पनि पढ्नुहोस

'लम्पी स्किन' रोगबाट दुई लाख बढी पशु सङ्क्रमित

यो रोगको प्रभावकारी उपचार नभएको डा. ढकाल बताउनुहुन्छ । त्यसैले रोग लाग्न भन्दा नि रोग लाग्दै नदिनु यसको बच्ने उत्तम उपाय हो । यो रोग सामान्यतया १० देखि १५ दिनमा आफैँ निको हुँदै जाने ढकाल बताउनुहुन्छ । 

यो रोग देखिएका पशुमा ज्वरो आएको छ भने ज्वरो घटाउनका लागि पारासिटामोल (वा मेलोक्सिकेम) प्रयोग गर्ने डा. ढकाललको सुझाव छ ।  डा. ढकालका अनुसार घाउ चिलाउन कम गर्नको लाग प्रविधिकको सल्लाह अनुसार उचित औषधिको प्रयोग गर्नुपर्छ । 

 त्यसैगरी, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलहम प्रयोग गर्ने । रोगका कारण सिथिल भएको पशुलाई आवश्यकता अनुसार सलाइन दिने पशु विज्ञको सुझाव छ । शरीरमा गिर्खाको सङ्ख्या अत्यधिक भएका गिर्खा घटाउने सुई लगाउने । घाउ पाकेको अवस्थामा प्राविधिकको सल्लाह अनुसार एन्टिबायोटिक्सको सुई लगाउन ढकालको आग्रह छ । 

रोग नियन्त्रणमा सरकारको पहल

ढकालका अनुसार, रोगको महामारी नियन्त्रण  गर्न विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीयतहमा कार्यरत पशु स्वास्थ्यकर्मीहरु परिचालित गरेको छ । सरकारी निकाय, निजी क्षेत्रका कार्यरत पशु स्वास्थ्यकार्मीलगायतका  सरोकालावालासँग समन्वय गरी रोग रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गरिएकाे ढकालले जानकारी दिनुभयो ।  

पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरिएको काफ्लेको भनाइ छ । 

प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ । साथै सरकारले खोप आपूर्तिका लागि आयात अनुमति प्रदान गरी हालसम्म सात लाख ३७ हजार डोज खोप आयात भएकाे  विभागले जनाएको छ । 

सरकारले प्रदेश तथा स्थानीय तहसँग समन्वयका लागि प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकिएको छ । रोग रोगथाम तथा उपचारमा खटिने पशु स्वास्थ्यकर्मीहरुलाई प्राथमिक उपचारको जानकारीसहित सूचनामूलक सामग्री प्रकाशित  र प्रसारित  गरिएको छ । 

 आगामी आर्थिक वर्ष २०८०-८१ का  लागि प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न सङ्घीय सशर्त अनुदानअन्तर्गत रु. एक लाखका दरले रकम विनियोजन गरिएको काफ्लेले जानकारी दिनुभयो । 

यसका साथै विभागले १६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहमा प्राविधिकहरुको व्यवस्थापनका लागि बजेट व्यवस्था गरेको विभागले जनाएको छ । 

२५ हजार पशुको मृत्यु  

काफ्लेका अनुसार हालसम्म सङ्क्रमित छ लाख ९० हजार ६९७ पशुवस्तुमध्ये चार लाख १४ हजार ३२८ सङ्क्रमित पशु सङ्क्रमणमुक्त भइसकेका छन् । हाल दुई लाख ५० हजार ५८७ पशु सक्रिय सङ्क्रमित छन् । 

त्यसैगरी, २५ हजार ७८२ पशु लम्पी स्किनको सङ्क्रमणका कारण मृत्यु भएको छ ।  सरकारले रोग नियन्त्रण गर्न एक लाख ८० हजार ९२२ पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइसकेको छ । 

विभागका अनुसार रोगबाट कर्णाली, सुदूरपश्रिम, लुम्बिनी कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरु बढी प्रभावित भएको काफ्लेले जानकारी दिनुभयो ।  

नेपालमा यो रोग पहिलो पटक वि.स २०७७ साल असार महिनामा मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकाका गाईहरुमा देखापरेको थियो । दुई वर्षमा १६ जिल्लाका २९ पालिकामा रोग फैलिँदा तीन हजार ३०१ पशु सङ्क्रमित भई १३ वटा पशु मरेका थिए । 

के हो लम्पी स्किन रोग 

 विभागका वरिष्ठ पशुविज्ञ तथा सूचना अधिकारी डा.चन्द्र ढकालका अनुसार लम्पी स्किन गाईभैंसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । 

लम्पी स्किन रोग झिंगा (डाँस), भुसुना, लामखुट्टे, किर्नाको टोकाइबाट पशुमा सर्ने सङ्क्रामक रोग भएको डा. ढकाल बताउनुहुन्छ । यो रोग पशुबाट पशुमा सरे पनि पशुबाट मानिसमा सर्ने कुनै पनि अध्ययनले पुष्टि नगरेको डा. ढकालको भनाइ छ । 

पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो÷गिर्खा गाठाँहर देखिने ¥याल सिंगान बग्ने, चिप्रा÷कचेरा लाग्ने, खुट्टा जोर्नी सुनिने जस्ता लक्षणहरु देखिने डा. ढकालको भनाइ छ । 

डा. ढकालका अनुसार यस रोगले मुख्यतया बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैंसीलाई बढी असर गर्छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।