गुल्मी निर्वाचन क्षेत्र न १ का सङ्घीय सांसद काँग्रेस नेता डा. चन्द्र भण्डारको बुद्ध नगर काठमाडौँस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा पोलेर उहाँ र उहाँकी आमा गम्भीर घाइते भई हाल कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको छ ।
विश्वमा हरेक वर्ष विभिन्न रोगबाट लाखौँ नागरिकको ज्यान जान्छ। त्यसमध्ये क्यान्सर प्रमुख रोग हो। नसर्ने रोग भए पनि क्यान्सर विश्वव्यापी रूपमा मानव जातिकै लागि चुनौती बन्दै गएको छ। नेपालमा सबैभन्दा धेरै मानिसको मृत्यु नसर्ने रोगका कारणले हुने गर्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ।
विश्वमा हरेक वर्ष सात लाख २५ हजारमा पाठेघरको मुखको क्यान्सर लाग्ने गर्छ। नेपालमा महिलालाई लाग्ने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ९९ रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता गर्नुभएको छ ।
नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।
सरकारले यति एयरलाइन्सको एटिआर ७२ विमान दुर्घटनामा परेर मृत्यु भएकाहरुको शवको व्यवस्थापन गर्न कार्ययोजना बनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न खोपको वितरणमा कुनै समस्या नरहेको जनाएको छ ।
मानसिक समस्या भन्नेबित्तिकै वयस्कलाई हुने समस्या भन्ने धेरैको बुझाइ छ । वयस्कलाई जस्तै बालबालिका तथा किशोर–किशोरीलाई पनि मनोरोगका समस्या हुने चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले नेपालमा कोरोना सङ्क्रमणदर कम हुँदै गए पनि संक्रमणको जोखिम कम भइनसकेको बताउनुभएको छ।
काठमाडौं उपत्यकालगायत देशैभरि जाडो बढ्दै गएको छ । जाडोबाट बच्न हामीले बाक्ला लुगा लगाउने, घाममा बस्ने, हिटर, आगो ताप्नेजस्ता उपाय अपनाउने गर्दछौँ । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, बालबालिका र वृद्धवृद्धालाई यो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् ।
एक वर्षमा कोरोना सङ्क्रमणबाट ४२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार एक वर्षमा (सन् २०२२) मा ४२५ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
काठमाडौँ, पुस १२ गते । पछिल्लो समय नेपालमा मुटु रोगीका बिरामीको सङ्ख्या बढ्ने क्रममा रहेको तथ्याङ्कले देखाएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीका अनुसार अस्पतालमा दैनिक रुपमा मुटुरोगका बिरामी बढ्दै गएको बताउनुहुन्छ । अस्पतालमा पेइङ र जनरल ओपिडीमा गरी सात सयभन्दा बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन् । जनरल ओपिडीमा पाँच छ सयको हाराहारीमा बिरामीले सेवा लिन्छन् भने पेइङ ओपिडीमा एक सय जना मुटुरोगीले सेवा लिने डा. अधिकारी बताउनुहुन्छ । आकस्मिक उपचार कक्ष (इमर्जेन्सी)मा ५० देखि ६० बिरामी आउने गर्दछन् । अस्पतालले चार वटा क्याथ ल्याब सञ्चालनमा छन् जसमा एक महिनामा एक हजारभन्दा बढीले सेवा लिने गरेका छन् ।उहाँका अनुसार अस्पतालमा विशेष गरी उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल युवा अवस्थामा हृदयघात र हार्ट फेलिएर (मुटुले रगत पम्प गर्ने क्षमता कम) भएका समस्या दिएर बिरामी आउने गर्दछन् । प्राय मानिसले मुटुरोग भन्नासाथ एउटा मात्र हृदयघात भन्ने सोच्ने गरे पनि मुटु रोग धेरै प्रकारका हुने डा. अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मुटु एउटा पम्प हो यसले शरीरमा रगत पुर्याउने काम गर्छ । प्राय मानिसले मुटु रोग भन्न साथ हृदयघात भन्ने सोच्ने गर्ने गर्दछन् तर मुटु रोगका धेरै प्रकृतिका हुन्छन् । ”उहाँका अनुसार मुटुका रोगमा जन्मजात मुटुको रोग, धेरैजस्ता अवस्थामा मुटुको कोठामा प्वाल पर्छ, बाध मुटुको रोग पाँच देखि १५ वर्षका बालबालिकालाई ब्याक्टेरियाको कारणले गर्दा लाग्ने गर्छ । यसले पछि गएर मुटुको भल्बहरु बन्दा गराउने चिकित्सककाे भनाइ छ । त्यसका अतिरिक्त उच्च रक्तचाप, कोलेस्ट्रोल ,मधुमेह, हृदयघात मुटुको रोग, मुटुको चालसम्बन्धी रोगहरू, हार्ट फेलिएर [मुटुले रगत पम्प गर्ने क्षमता कम] रोग पर्ने डा. अधिकारीको भनाइ छ । विभिन्न कारणले गर्दा मुटुमा रोग लाग्ने चिकित्सक बताउँछन् । डा. अधिकारीका अनुसार बाथ मुटुको कारणले ब्याक्टेरियाको कारणले गर्दा हुने गर्छ । हृदयघात भनेको विभिन्न कारणले गर्दा हुन्छ । उच्च रक्तचाप भएका मानिसमा हृदयघात हुने सम्भावना बढी हुन्छ । सुर्तीचुरोट सेवन गर्ने मानिसलाई पनि हृदयघात हुने सम्भावना बढी हुन्छ । अस्वाथकर खानेकुरा, खराब जीवनशैली भएका मानिसलाई अन्य मानिसको तुलनामा बढी हुन डा अधिकारीको भनाइ छ । जाडोमा मुटु रोगका बिरामी बढ्नुका कारण ?जाडो बढेसँगै कतिपय बिरामीको उच्च रक्तचाप, छातीको इन्फेक्सन पनि बढ्ने गर्छ । इन्फेक्सन भएसँगै हाट फेलियरको समस्या भएका बिरामीलाई हार्ट फेलियरको लक्षण बढ्ने गर्छ । गर्मीको तुलनामा हृदयघातका बिरामी बढ्ने गर्दछन् । जाडोमा हृदयघातका बिरामी बढ्नुका विभिन्न कारण छन् । चिसोको बेलामा शरीरका साना साना नसाहरू खुम्चिने, इन्फेक्सनको सम्भावना बढ्ने हुन्छ, जाडो बढेसँगै सुर्ती चुरोट रक्सीको सेवन बढाउने हुँदा मानिसमा मुटुको समस्या बढ्ने डा. अधिकारीको भनाइ छ । जाडोमा मुटुको रोग बढ्न नदिन चिसोबाट बच्ने, न्यानो भएर बस्ने, सुर्ती चुरोट रक्सीको सेवन नगर्न चिकित्सकको सुझाव छ । जाडोमा मुटु रोगबाट बच्न स्वस्थकर खानेकुरा खाने, चिकित्सक सल्लाहमा औषधि नियमित सेवन गर्न र स्वस्थकर जीवनशैली अपनाउन डा.अधिकारीको सुझाव छ ।मुटुरोग भनेको के हो, जाडोमा मुटु रोग बढ्नुको कारण र यसको रोग थामका उपायमा केन्द्रित भई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीसँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री र मनोजरत्न शाहीले गरेको भिडियो संवाद :
चिसो मौसम बढेसँगै जाडोमा बालबालिकालाई धेरै स्वास्थ्य समस्या देखिने गर्दछन् । जाडोमा बालबालिकालाई रुघाखोकी, फ्लु, निमोनिया जस्ता सङ्क्रामक रोगले सताउने चिकित्सक बताउँछन् ।