नेपालमा स्वास्थ्यमा विश्वव्यापी पहुँचसँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्न सही दिशा नरहेको तथ्याङ्कले देखाएको छ ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालका अनुसार निः सन्तानको समस्या महिला र पुरुष दुवैमा बराबर हुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो समाजमा महिलाका कारणले बच्चा भएन भनेर विभेद गरेको देख्न सकिन्छ ।
हरेक आमाबुवाको चाहना हुन्छ, आफ्नो बालबच्चा रुष्टपुष्ट (मोटो पुक्क परेको) हुन् भन्ने । मोटो बच्चा शारीरिक हिसाबले स्वस्थ हुन्छ भन्ने आम मानिसको बुझाइ छ । बालबालिका पुक्क परेको रुष्टपुष्ट राम्रो हुन्छ भनेर बस्दा कतै तपाईंका बालबालिका मोटोपनको सिकार त भएका छैनन् ? के तपाईंलाई थाहा छ ? मोटोपन एक प्रकारको कुपोषण हो । कुपोषणले दुब्लो मात्र होइन मोटोपनको समस्या निम्त्याउने चिकित्सक बताउँछन् । हाम्रो शरीरमा कार्बाेहाइड्रेड, प्रोटिन फ्याट, भिटामिन सबै प्रकारको प्रोटिन तìव आवश्यक हुन्छ । यदि शरीरमा आवश्यक पर्ने उक्त तìवको सन्तुलन बिग्रिएको खण्डमा बालबालिकामा मोटोपनको समस्या निम्तिन्छ । त्यसका अलवा प्रोटिनको कमीले पनि मोटोपन हुने गर्छ ।
विश्वमा १० जना नवजात शिशुमध्ये एक जना अवधि नपुगी (महिना नपुगी )जन्मिने गर्दछन् । अध्ययनका अनुसार प्रत्येक वर्ष करिब १० लाख बालबालिकाको अवधि नपुग्दै जन्मिएका कारण मृत्यु हुन्छ।
निमोनियाको कारण बर्सेनि धेरै बालबालिकाको मृत्यु हुने गर्छ । अस्पतालमा पनि जाडो मौसममा निमोनियाका बिरामी बढ्नुका साथै मृत्युदर पनि बढ्ने गर्छ ।
जथाभाबी एन्टिबायोटिकको प्रयोगले मानिसको शरीरमा एन्टिबायोटिकले काम गर्न छोड्दै गएकोमा विज्ञहरूको चिन्ता व्यक्त गरेका छन् ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनको रौनक बढेसँगै काठमाडौंका अस्पतालमा सेवा लिनेको सङ्ख्या घटेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा.फणिन्द्रप्रसाद बरालले सरकारले दुई प्रकारका मधुमेहका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी दिनुभयो ।
चिकित्सकका अनुसार शरीरको रगतमा चिनीको मात्रा आवश्यक पर्छ । यदि रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी भएमा मधुमेह हुने गर्छ ।
टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक चार सयको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउने गरेका छन् । अस्पतालका सूचना अधिकृत नवराज गौतमका अनुसार अस्पतालले वार्षिक एक लाख १० हजारको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउने गरेका छन् ।
नेपालमा हरेक १० मध्ये एक व्यक्तिमा मधुमेहको समस्या देखिएको गरेको छ।
देशभर डेंगु सङ्क्रमण फैलिरहेको समयमा सबै भन्दा बढी प्रयोग भएको शब्द हो ‘प्लेटलेट्स’। डेंगु सङ्क्रमण फैलिरहेको समयमा प्लेटलेट्सको कमीले धेरै जना अस्पतालको आईसीयूमा भर्ना भएर उपचार गराइरहेका छन्।
आज हरिबोधिनी एकादशी तुलसीको पूजा गरेर मनाइएको छ। हिन्दु धर्मावलम्बीका प्रायः घरमा तुलसीको बोट हुने गर्छ। हिन्दु धर्मावलम्बीले हरेक बिहान तुलसीको पूजा गरेर दिनको सुरुवात गर्ने गर्दछन्। तुलसी धार्मिक हिसाबले मात्र होइन औषधिको रूपमा पनि बहुउपयोगी हुन्छ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि राजनीतिक दलले धमाधम घोषणापत्र जारी गरेका छन् ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने चलन रहिआएको छ । ठूलठूला थुंगासहितको सयपत्रीका माला अन्य मालाभन्दा आकर्षण देखिने गर्छ । भाइटीकामा मात्रै होइन, तिहारमा लक्ष्मीपूजा, कुकुरपूजा, गाईपूजा, गोवर्धनपूजामा पनि सयपत्री फूलको प्रयोग गरिन्छ । त्यस्तै घर कार्यालयमा शुभ कार्य गर्दा होस् वा कार्यालय वा घर सजाउन पनि सयपत्रीको माला प्रयोग गरिन्छ ।