नेपालमा मृत्युको मुख्य कारणमध्ये क्षयरोग दशौं नम्बर पर्ने अध्ययनहरुले देखाएको छ । नेपालमा प्रत्येक वर्ष १७ हजार बिरामी क्षयरोगको कारणबाट मृत्यु हुनेगरेको अनुमान गरिएको छ ।
काठमाडौं, असार २९ गते। नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङक्रमणदर बढ्दै गइरहेको छ। बुधबार परीक्षण गरिएकामध्ये ६.४८ प्रतिशतमा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा असार १ गते परीक्षण गरिएकामध्ये ०.६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो। सो सङ्ख्या बढेर असार ५ गते १.१३ प्रतिशत पुगेको थियो। त्यसैगरी, असार १९ गते सङ्क्रमणदर बढेर २.५ प्रतिशत पुगेको थियो। सो सङ्ख्या असार २९ गते पुग्दासम्म बढेर ६.४८ पुगेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार असार १ गतेदेखि असार २९ गतेसम्म एक हजार ८७७ जनामा कोरोना पुष्टि भएको छ। असार २५ गतेबाट सङ्क्रमण एक सय बढीमा पुष्टि भएको मन्त्रालयले जनाएको छ। बुधबार देशभर ३ तीन हजार १७५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा २०६ जनामा कोरोना पुष्टि भएको छ।उपत्यमा मात्रै कुल सङ्क्रमित मध्ये ६०.६७ प्रतिशत अर्थात् १२५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो। बुधबार थपिएका सङ्क्रमित मध्ये काठमाडौंमा एक सय, ललितपुरमा १८ र भक्तपुरमा सात जना छन्।बुधबार देशभर सक्रिय सङक्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ। जसमध्ये ६९४ जना काठमाडौं उपत्यका भित्र रहेका छन्। सक्रिय सङ्क्रमितमध्ये काठमाडौंमा ६०७ भक्तपुरमा ११ र ललितपुरमा ७६ जना रहेका छन्। मन्त्रालयका सहप्रवक्ता अधिकारीले अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने यात्रुमा परीक्षण गर्दा अधिंकाश यात्रुमा कोरोना पुष्टि भएकोले नेपालमा सङ्क्रमण बढ्दै गएको जानकारी दिनुभयो। डा. अधिकारीका अनुसार मन्त्रालयले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई हप्तामा एक पटक जिन सिक्वान्सीङ् गर्दै आएको छ। परीक्षण गरिएका अधिकांश नमूनामा ओमिक्रोनको उपप्रजाती बिए टु र अन्य नमूनामा बिए वान र बिए फाइभ पुष्टि भएको डा. अधिकारी बताउनुहुन्छ। विश्वमा ओमिक्रोनको उपप्रजाती बिए वान र बिए टुलाई बिए फाइभले प्रतिस्थापन गर्दै गएको छ। विभिन्न अध्ययनले बिए फाइभ भेरियन्ट ओमिक्रोनका अन्य प्रजाति भन्दा बढी सङ्क्रमक भएकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन डा. अधिकारीले आग्रह गर्नुभयो।अध्ययनले कोरोना विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरको एन्टिबडी विस्तारै कम हुँदै जाने देखाएको छ। जनस्वास्थ्यविद् डा. केदार बराल कोरोना विरुद्धको खोपले काम गर्न छोड्दै गएकाले नेपालमा सङ्क्रमणदर बढ्दै गएको हुनसक्ने बताउनुहुन्छ। अस्पतालमा कस्ता खाले बिरामी भर्ना भएका छन् त्यसको विषयमा अध्ययन भएपछि मात्र नेपालमा सङ्क्रमणदर किन बढ्यो भन्ने कुरा यकिनका साथ भन्न सकिने डा.बरालको तर्क छ। उहाँ भन्नुहुन्छ, “अस्पतालमा तथा आइसियूमा कस्तो खालको बिरामी भर्ना भएका छन्। दीर्घरोगी हुन् कि, खोप लगाएका छन् कि छैनन्, यदि लगाएका छन् भने एउटा मात्र लगाएका छन् कि दुई मात्रा लगाएका छन् वा बुस्टर लगाएका छन् कि छैनन् भनेर अध्ययन गरिसकेपछि मात्रै नेपालमा किन सङ्कमणदर बढ्दै गएको छ भन्ने कुरा एकिनका साथ भन्न सकिन्छ।” चिकित्सकका अनुसार खोप लगाउँदैमा रोग नलाग्ने होइन, खोप लगाएकालाई सङ्क्रमण भए पनि त्यसबाट हुने जोखिम कम हुनुका साथै मृत्युदर घटाउँछ।यो भेरियन्ट नेपालमा देखिएको भए पनि दोस्रो र तेस्रो लहरमा जस्तै अवस्था नआउने डा.पुनको भनाइ छ। डा.पुन भन्नुहुन्छ, “सङ्कमणदर बढे पनि यसले खासै अस्पतालमा भर्नादर र मृत्युदर निकै कम भएको विदेशमा फैलिएको तथ्याङ्कले देखाएको छ। यदि नेपालमा सोही भाइरस फैलिहाल्यो भने पनि धेरै जनाले खोप लगाइसकेकाले पहिलाको जस्तो आउँदैन।’’नेपालमा कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ११ लाख २१ हजार ५०७ जनामा कोरोना पुष्टि भइसकेको छ। जसमध्ये नौ लाख ६७ हजार ८१० जना सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ९५२ जनाको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या हाल एक हजार पाँच रहेका छन्। संक्रमितमध्ये ९८४ जना होम आइसोलेसन, संस्थागत आइसोलेसनमा २१ र आईसीयुमा १२ र एकजना भेन्टिलेटरमा उपचाररत छन्। कोरोना बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र भीडभाडमा नजान चिकित्सकको सुझाव छ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ५० औं वर्षमा प्रवेश गरेको छ । चिकित्सा क्षेत्रमा हरेक वर्ष दुई हजार भन्दा बढी जनशक्ति उत्पादन गर्दै आएको आइओएमले ५० वर्ष पुगेको अवशरमा गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिदैँ नयाँ र समयनुकुल कार्ययोजना बनाएर अघि बढ्ने जनाएको छ ।
पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ।
नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन नयाँ उपप्रजाति बिए फाइभ भेरियन्टको नयाँ प्रजाति फेला परेको छ।
पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुसार असार १ गते एक प्रतिशतभन्दा कम भएको सङ्क्रमणदर असार ५ बाट बढेर २ प्रतिशतको हारहारीमा पुगेको थियो।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले नर्सिङ तथा मिड्वाइफी सम्बन्धी १० वर्षे रणनीति सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको छ। पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो।
बीमा रकम भुक्तानीका लागि दाबी रकम पेस गर्नेहरुको सङ्ख्या बढ्दो छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत शम्भुप्रसाद ज्ञवालीले अभिलेख प्रविष्ट हुन समय लाग्ने भएकाले बीमा भुक्तानीमा ढिलाइ भएको जानकारी दिनुभयो ।
काठमाडौंको बागबजार क्षेत्रको पानी परीक्षण गर्दा दिसामा पाइने जीवाणु भेटिएको छ।
सरकारले आजबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।
पछिल्लो समय व्यस्त जीवनशैलीले गर्दा मानिसमा शारीरिक र मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको छ । पहिले पहिले नेपाललगायत विश्वका विभिन्न देशहरुमा सर्ने रोगबाट मानिसहरुको बढी मृत्यु हुन्थ्यो भने आजभोलि त्यसको उल्टो नसर्ने रोगजस्तै मधुमेह, मुटुरोग, क्यान्सर, विभिन्न किसिमका मानसिक रोगका कारण मानिसको मृत्यु हुनेगरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।
काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन्।
दुई महिना अगाडि काठमाडौंका २७ वर्षीय पुरुष टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज भएर भर्ना हुनुभयो । अस्पतालमा भर्ना भएको चार दिनपछि उहाँको मृत्युभयो । शिक्षण पेशामा आवद्ध उहाँलाई एक महिना पहिला कुकुरले टोकेपछि अस्पताल भर्ना हुनुभएको परिवारले बताएको छ ।
रक्तदाता राजेन्द्र श्रेष्ठले जेठ २८ गते रक्तदान गर्नुभएसँग उहाँले आफ्नो जीवनमा एक सय पटक रक्तदान गरिसक्नु भएको बताउनुभयो । श्रेष्ठले २०४९ सालमा पहिलो पटक रक्तदान गर्नुभएको थियो ।