• १५ चैत २०८०, बिहिबार

नेपालमा सिकलसेलका बिरामीको अवस्था सन्तोषजनक छैन : डा.सिंह

blog

काठमाडौं, जेठ ८ गते । सिकलसेल एनिमिनिया भनेको एक प्रकारको वंशाणुगत रगत सम्बन्धी रोग हो । रक्तरोग विशेषज्ञ डा.नीरजकुमार सिंहका अनुसार मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरूप परिवर्तन भई हँसियाजस्तै आकारमा परिवर्तन हुने रोगलाई सिकलसेल एनिमिया भनिन्छ ।

सिकलसेल जिनमा हुने खराबीले गर्दा आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । पश्चिम तराईका पाँच जिल्ला बाँके,बर्दिया,कैलाली,कञ्चनपुर र दाङमा सिकलसेलका बिरामी बढी देखिएका छन् । पश्चिम तराईका थारु जातिमा सिकलसेल बढी पाइने सिंह बताउनुहुन्छ । थारु समुदाय बाहेक समुदायमा पनि सिकलसेलहरु देखिने गरेको अध्ययनले देखाएको छ । 

रगत टुक्रियपछि शरीरका सबै अङ्गमा असर गर्ने चिकित्सक बताउछन् । डा.सिंहका अनुसार हँसिया आकारको सेलहरू रगतका नलिमा जम्न थाल्यो भने शरीरमा दुखाई हुने ,स्ट्रोक हुने, मुटुमा समस्या, किड्नीमा समस्या उत्पन्न हुने गर्दछ ।

त्यसका अलवा  हड्डीहरू चाडै  कमजोर हुने, रोग प्रतिरोधात्मक क्षमता कम भएर बारम्बार सङ्क्रमण हुने समस्या निम्तने गर्छ । सिकलसेल भएका बालबालिकाको शारीरिक विकासमा असर गर्ने चिकित्सक बताउँछन् ।

स्वच्छ खानपिन, मद्यपान धूम्रपान नगर्ने, पानी प्रशस्त मात्रा पिउने, शरीरमा बोसोको मात्रा कम गर्ने र जटिलता कम गर्ने औषधि नियमित सेवन गरेमा यसबाट हुने जटिलता ३० प्रतिशत सम्म कम हुने चिकित्सक बताउँछन् । रोगको बारेमा जनचेतना अभावले रोगको पहिचान हुन नसकेकोले पछिल्लो समय रोग भयावह बन्दै गएको चिकित्सक बताउँछन् । 

थकाई लाग्नु, वान्ता हुनु, बारम्बार खोकी लाग्नु, जण्डिस हुनु, सास फेर्न गाह्रो हुने, सङ्क्रमण हुने, शारीरिक विकास नहुने, रोगप्रतिधात्मक क्षमता कम हुने, वान्ता हुनु, छाती, पेट खुट्टामा, टाउको दुख्नु सिकलसेलका प्रमुख लक्षण हुन । यदि शरीरमा बारम्बार दुखाई भएमा,किड्नीमा,मुटुमा टाउकोमा, समस्या बारम्बार देखिएमा सिकलसेलको जाँच गर्न डा.सिंहको सुझाव छ । 

डा.सिंहका अनुसार रोग जति छिटो पहिचान भयो यसको जटिततापनि कम हुने बताउनुहुन्छ । नेपालमा  सिलसेलका बिरामीको अवस्था सन्तोष जनक नभएको सिंहको तर्क छ । धेरै जस्ता बिरामी रोगको बारेमा जानकार नभएर उपचारको दायरा बाहिर छन् । रोगको पहिचान भएकाहरूले पनि सही उपचार नपाएको डा.सिंहको भनाई रहेको छ । 

सरकारले सिकलसेलका बिरामीलाई उपचारको लागि एक लाख रुपैँया बराबर सहुलियत दिर्दै आएको छ । यो रकम सिकलसेलका बिरामीको उपचारको लागि अपुग भएको सरोकारवाला बताउँछन् । चिकित्सकका अनुसार रोगको पहिचान भएमा रोगको सम्पूर्ण उपचार नेपालमा नै हुन्छ ।

रोगको जटिलता कम गर्न तीन प्रकारका औषधि आवश्यक छन् । चिकित्सका अनुसार रोग पूर्ण रूपमा निको बनाउन बोनम्यारो प्रत्यारोपण गर्नु पर्छ । बोनम्यारो प्रत्यारोपण गर्ने सेवा नेपालमा नै उपलब्ध भएको डा.सिंह बताउनुहुन्छ । 

नेपालमा सिलसेलको अवस्था कस्तो छ ?,यो रोगका के कस्ता उपचार विधि छन् ?, यो रोगलाई नियन्त्रण गर्न सरकारले के कस्ता कदम चाल्नु पर्ला, लगायतका विषयमा गोरखापत्र अनलाइनका लागि अस्पतालमा कार्यरत रक्त रोग विशेषज्ञ डा.नीरजकुमार सिंहसँग गरिएको भिडियो संवाद :


भिडियो : मनोजरत्न शाही र केशव गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।