निर्यात व्यापारलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २० प्रतिशत पु-याउने लक्ष्यसहित नेपाल व्यापार एकीकृत रणनीति तयार भएको छ । जीडीपीमा हाल ६ दशमलव ३ प्रतिशत रहेको वस्तु तथा सेवाको अनुपात बढाएर २० प्रतिशत पु-याउने लक्ष्यसहित नयाँ व्यापार रणनीति तयार गरिएको हो । जीडीपीमा हाल ४८ दशमलव १ प्रतिशत रहेको कुल व्यापार क्षेत्रको अनुपात बढाएर ५५ प्रतिशत पु-याउने लक्ष्य रणनीतिमा राखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०७९ तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार लजिस्टिक्स नीति कार्यान्वयन गर्न कार्ययोजना तयार गर्न लागेको छ । व्यापार लागत न्यूनीकरण गरी व्यापारको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ल्याएको सो नीति कार्यान्वयन गर्न कार्ययोजना बनाउन लागिएको हो । नीतिमा उल्लेख भएका लक्ष्य र उद्देश्य पूरा गर्न कुन–कुन काम कसरी गर्ने भनेर कार्ययोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले व्यापार सहजीकरण गर्न ‘व्यापार लजिस्टिक्स नीति, २०७९’ ल्याएको छ ।
काठमाडौँ शङ्खमूलकी गृहिणी कविता थापाको चार जनाको परिवारलाई एक सिलिन्डर खाना पकाउने ग्यासले डेढ महिना पुग्थ्यो । इन्डक्सन चुलो प्रयोग गर्न थालेपछि अहिले दुईदेखि तीन महिना पुग्ने गरेको छ । “पाँच/छ महिनादेखि नियमित रूपमा इन्डक्सन बालेकी छु, यसको प्रयोग गर्दा छिटोछरितो र सजिलो हुँदा ग्यासको प्रयोग कम हुने गरेको छ,” उहाँले भन्नुभयो ।
उत्तरी छिमेकी मुलुक चीनमा चिया निर्यातको सम्भावना बढेको छ । चीनमा भएको प्रतिस्पर्धामा नेपाली चियाको गुणस्तर उत्कृष्ट देखिएपछि निर्यातको सम्भावना उच्च देखिएको हो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट घोषणा गरिएको थियो । नेपाली चिया गुणस्तरमा उत्कृष्ट देखिएपछि चीनसँगै अन्तर्राष्ट्रिय बजारमा थप बजार विस्तार गर्ने सम्भावना बढेको सम्बद्ध निकाय र व्यवसायीको छ ।
प्रशोधित खाने तेल (पाम तेल, भटमासको तेल र सूर्यमुखी)को निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिना (साउन–माघ)मा पाम तेल र भटमासको तेलको निर्यातमा ४८ अर्ब ८० करोड रुपियाँ ह्रास आउँदा कुल निर्यातमा प्रभाव परेको हो । सात महिनाको कुल निर्यातमा भटमासको तेल, पाम तेल र सूर्यमुखी तेलको योगदान २४ दशमलव ०१ प्रतिशत रहेको छ । कुुल निर्यातमा पाम तेल १४ दशमलव ९ प्रतिशत, भटमासको तेल ८ दशमलव ९ प्रतिशत र सूर्यमुखी तेलको हिस्सा शून्य दशमलव २ प्रतिशत रहेको छ ।
मल आयात गर्न नेपाल र भारत सरकार (जीटुजी)बीच सम्झौताअनुसारको दोस्रो चरणको रासायनिक मल तत्काल नआउने भएको छ । बजेट अभावका कारण जीटुजीको मल आयात गर्न नसकिने भएको हो । पहिलो चरणको ३० हजार छ सय मेट्रिक टन मल आयात भए पनि बाँकी मल तत्काल आयात नहुने देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जीटुजीअन्तर्गतको मल आयात गर्न अग्रिम रकम भुक्तानी गर्नुपर्ने हुँदा बजेट अभावले तत्काल आयात गर्न नसकिने बताउनुभयो ।
सरकारले विभिन्न प्रकारका खाद्यान्नको मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । बजारमा मापदण्ड पूरा नगरी खाद्य तथा खाद्यजन्य पदार्थको बिक्री हुन सक्ने हुँदा त्यसको नियमन र व्यवस्थित गर्न मापदण्ड तयार गरिएको हो । मापदण्ड भएपछि बजारमा वितरण कमसल, न्यून गुणस्तरको खाद्यवस्तुको बिक्री नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न चार प्रकारका खाद्यान्नको मापदण्ड तयार गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गरेको थियो । मन्त्रिपरिषद्ले हालै ती मापदण्ड स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको हो ।
बर्डफ्लु रोगको सङ्क्रमण रोक्न नष्ट गरिएका पन्छी र पन्छीजन्य वस्तुको क्षतिपूर्ति किसानले पाउने भएका छन् । गत वर्षको माघ १३ गतेयता क्षतिपूर्ति नपाएका २९९ किसानलाई सरकारले ५८ करोड ५२ लाख रुपियाँ बराबरको क्षतिपूर्ति तथा राहत रकम दिने भएको हो । बर्डफ्लु रोग नियन्त्रणका क्रम
काठमाडौँको चोभारमा निर्माण भएको चोभार सुक्खा बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । व्यापार सहजीकरण गर्ने उद्देश्यसहित स्थापना भई सञ्चालन भएको एक वर्ष पुग्न लाग्दा न्यून परिमाणमा आयात–निर्यात भएको हो ।
खाना पकाउने ग्यासका सिलिन्डर विस्फोट वा अन्य चुहावटका कारण हुने जलनका दुर्घटनाका बहुआयाम रहेका छन् । मूल रूपमा खाना पकाउन ग्यासका उपभोक्ता बढ्दा तिनीहरूलाई प्रयोगसम्बन्धी उपभोक्ता शिक्षा वा सचेतना नहुँदा यस्ता दुर्घटना बढी हुने गर्दछन् ।
पछिल्लो समयमा विश्वभर देखा परेको आर्थिक सङ्कटका कारण नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता झन्डै आधाले घटेको छ । चालू आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४० प्रतिशतले घटेको हो ।
चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा डिजेल खपत २७ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको साउनदेखि माघ १५ गतेसम्म डिजेल खपत २७ प्रतिशतले कमी आएको हो । इन्धनको मूल्य वृद्धि, विकास निर्माणको काम ठप्प हुनु, भारतमा भन्दा नेपालमा डिजेल मूल्य महँगो पर्नुजस्ता कारणले डिजेल खपत घटेकाले आयातसमेत कम भएको छ ।
जेट अभावले अन्तरदेशीय पाइपलाइन विस्तारको काम अगाडि बढ्न सकेको छैन । इन्धनको आपूर्ति व्यवस्था सहज पार्न चालू आर्थिक वर्षको बजेटमा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भनिए पनि बजेट अभावले काम सुरु हुन नसकेको हो ।
सन् २०२६ भित्र १० अर्ब रुपियाँ बराबरको पस्मिनाजन्य वस्तु निर्यात गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय रणनीति तयार गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले युरोपियन युनियनको आर्थिक सहयोग र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०७९’ तयार गरेको हो ।
आर्थिक वर्षको आधा समय बित्दा अर्थतन्त्रका मुख्य सूचक सुधारोन्मुख देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनले विप्रेषण आप्रवाह, शोधनान्तर स्थिति र कुल विदेशी विनिमय सञ्चितिमा सुधार आएको देखाएको हो ।