सरकारले भारतबाट साढे छ लाख टन खाद्यान्न (चामल, धान र चिनी) आयात गर्न लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन छ लाख ५० हजार टन खाद्यान्न आयात गर्न लागेको हो । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने अभावलाई ध्यानमा राखेर गरेर आयात गर्न लागिएको हो । मन्त्रालयले एक लाख टन चामल, पाँच लाख टन धान आयात गर्न पत्राचार गरेको जनाएको छ ।
नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ । ती प्रदेशमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको हो । सुर्खेतमा डिजेल, पेट्रोलको भण्डारण गृह नभएकाले कर्णाली प्रदेशलाई लक्षित गरी भण्डारण गृह निर्माण गर्न लागिएको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई ठाउँमा भण्डारण गृह निर्माणका लागि सरकारी जग्गा खोजिरहेको जानकारी दिनुभयो ।
साउन, प्रकृति नै हरियाली हुने महिना । यो महिनाको सङ्क्रान्तिदेखि सूर्य दक्षिणायन हुन्छ भनिन्छ । सूर्य दक्षिणायन हुँदा रात लामो र दिन छोटो हुने क्रम सुरु हुन्छ । यस महिनालाई शिवजीको महिना पनि भनिन्छ र शिवको पूजा आराधना गरिन्छ । यस वर्ष साउन महिनामा अधिकमास वा मलमास प-यो । तिथि अनुसार पर्ने चाडपर्वहरू साउन महिनाको अघिपछि परे । साउन महिनामा अधिकमास परे पनि भगवान् शिवजीको पूजाआजा गर्न केही असर नपर्ने संस्कृति
पछिल्लो पाँच वर्षमा मुलुकबाट २५ अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म २५ अर्ब २८ करोड ८४ लाख ५० हजार रुपियाँको अलैँची निर्यात भएको हो । तुलनात्मक लाभ भएको वस्तुका रूपमा रहेको अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि निर्यातमा उलेख्य वृद्धि भएको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई साताअघिदेखि स्वचालित मूल्य प्रणाली लागु गरेको छ । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्छ । निगमले भारतबाट मूल्य बढेर आएको सूचना गोप्य राख्न नसक्दा पेट्रोल पम्पले इन्धनमा कृत्रिम अभाव देखाएर उपभोक्ता ठग्ने सम्भावना हुँदा यसतर्फ सजग बन्नुपर्ने देखिन्छ । मूल्य बढ्ने सङ्केत पाएपछि विगतमा व्यवसायीले पनि तेल सकिएको भनेर बिक्री बन्द गर्ने गरेको देखिन्थ्यो तर मङ्गलबार पनि उपत्यकामा रहेका अधिकांश पेट्रोल पम्पले नियमित रूपमा तेल बिक्री गरिहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले जानकारी दिनुभयो ।
बजारमा सोमबार दुधको खपत एकै दिनमा तेब्बरले बढेको छ । साउन १५ खिर खाने पर्व परेकाले अधिकांशले खरिद खाने हुँदा बजारमा दुधको माग उच्च भई खपत तेब्बरले बढेको हो । उपत्यकामा किसानबाट दुध सङ्कलन गरी दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरीले दुध वितरण गर्दै आएका छन् । डिडिसी र निजी डेरीले अन्य दिनको तुलनामा दुध तेब्बरले बढी बिक्री भएको बताएका छन् ।
गत आर्थिक वर्षमा नेपालबाट साढे ११ अर्ब रुपियाँ बराबरको गलैँचाका सामान निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपियाँ बराबरको ४९ लाख दुई हजार ३३५ स्क्वायर मिटर गलैँचा निर्यात भएको हो । अघिल्लो आव २०७८/७९ मा नौ अर्ब ५६ करोड ७७ लाख ३० हजार रुपियाँको गलैँचा निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा दुई अर्ब रुपियाँ बराबरको गलैँचा निर्यात बढेको तथ्याङ्कले देखाएको छ । आव २०७७/७८ मा कोभिडका कारण गलैँचा निर्यातमा कमी आई तीन अर्ब ९४ करोड १२ लाख ७९ हजार रुपियाँ बराबरको एक लाख ६५ हजार २९० स्क्वायर मिटर निर्यात भएको तथ्याङ्क छ । अन्य वर्षमा भने निर्यातमा वृद्धि हुँदै आएको छ । कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन गरिएको गलैँचा विभिन्न देशमा निर्यात हुने गरेको छ ।
गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको पाँच लाख १४ हजार ३४० मेट्रिक टन एलपी ग्यास आयात भएको छ ।
गत आर्थिक वर्षमा चामलको आयात आधाले घटेर १६ अर्ब रुपियाँको हाराहारीमा झरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल मात्र आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएकोे थियो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब राजस्व बुझाएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८९/८० सम्म भारतबाट झन्डै डेढ करोड किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात गरेर चार खर्ब ४९ अर्ब तीन करोड रुपियाँ राजस्व सङ्कलन गरेको हो । बर्सेनि इन्धनको आयात बढेसँगै राजस्व सङ्कलनमा समेत वृद्धि हुने गरेको छ ।
एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो ।
नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ । दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो । रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महँगो मूल्यमा खरिद गरेर सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गर्दा निगम घाटामा गएको थियो । तेल खरिद गरेबापतको रकम भुक्तानी गर्न जग्गा धितोमा बैङ्कबाट ऋण लिएको निगम पछिल्लो १० महिनादेखि
गत वर्षमा मुलुकमा आउने वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ३२७ परियोजनामार्फत ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । आर्थिक वर्ष २०७८/७९ मा २९३ परियोजनामार्फत ५३ अर्ब ९० करोड रुपियाँको लगानी प्रतिबद्धता आएको थियो । गत वर्ष विश्वभर देखिएको आर्थिक मन्दीका कारण वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य कमी आएको विभागले जनाएको छ ।
निःशुुल्क नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि आगामी साउन पहिलो सातादेखि कार्यान्वयनमा आउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा भएको सो कार्यक्रम साउन पहिलो सातादेखि कार्यान्वयनमा आउने भएको हो । कार्यक्रम कार्यान्वयन गर्नका लागि अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृत दिइसकेको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
नेपाल आयल निगमले पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै एक अर्ब रुपियाँ लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरेको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार गरिएको जानकारी दिनुभयो । इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिको प्रयोग गरेर भण्डारण गृह बनाइएको हो ।