सरकारले स्वदेशी उत्पादनको खरिद, उपयोग र प्रवर्धनमा जोड दिने नीति अवलम्बन गर्ने भएको छ। हाम्रो उत्पादन, हाम्रो स्वाभिमान अभियान अन्तर्गत सरकारले स्वदेशी उत्पादनलाई प्रवर्धन र उपयोगमा जोड दिने नीति सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा २० प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ। देशमै उद्यम गर्न चाहनेलाई उद्योग व्यवसायीलाई बिउपुँजी उपलब्ध गराउने, रोजगारी र उद्यमशीलतालाई व्यवसायमा जोड्ने, नवप्रवर्तनलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३७ प्रतिशत रहेको छ । कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब रहेकामा बागमती प्रदेशको योगदान ३७ प्रतिशत अर्थात् १९ खर्ब ८१ अर्ब हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको प्रादेशिक गार्हस्थ उत्पादनसम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । यस्तो हिस्सामा सबैभन्दा कम कर्णाली प्रदेशको चार प्रतिशत अर्थात् दुई खर्ब २१ अर्बको हाराहारीमा छ ।
सुुनचाँदी व्यवसायमा काम गर्ने विदेशी कामदारले वार्षिक करिब ३० अर्ब रुपियाँभन्दा बढी रकम नेपालबाट बाहिर लाने गरेका तथ्याङ्कले पुष्टि गरेको छ । मुुलुकभित्रै रोजगारी नपाएर दैनिक दुुई हजारदेखि दुुई हजार पाँच सयको सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका बेला सुुुनचाँदी व्यवसायीमा भने कामदार अभाव रहेको पाइएको छ ।
सरकारले निर्यातमूलक उद्योग स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्ने उद्देश्यका साथ सात वटै प्रदेशमा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा गरे पनि हालसम्म सबै ठाउँले पूर्णता पाएका छैनन् । स्वदेशी वस्तुुको निर्यात बढाएर औद्योगिकीकरणमार्फत देशको अर्थतन्त्र बलियो बनाउने लक्ष्य रहे पनि चार ठाउँमा निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ । गत वर्ष रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेको निगमलाई पछिल्लो समय मूल्य घट्दा राहत मिलेको हो ।
नेपालबाट धागो निर्यात गर्न बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरेको दुई महिना बितिसक्दा पनि अझै निर्यात हुन सकेको छैन । लामो समयदेखि बन्द रहेको सो नाका खुला भएको दुई महिना बितिसकेको छ तर धागो अझै निर्यात हुुन सकेको छैन । नाका बन्द हुँदा धागो निर्यात नभएपछि व्यवसायीले नेपालबाट नजिक पर्ने बङ्गलाबन्ध–फूलबारी नाका खुलाउन माग गरेका थिए । बङ्गलादेशले उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयको पहलमा गत फागुन महिनामै सो नाका खुला गरिएको थियो तर प्रक्रियागत काम बाँकी रहेको भन्दै व्यवसायीले धागो निर्यात गर्न सकेको छैन ।
स्थानीय बजारमा पछिल्लो पाँच वर्षको अवधिमा सुनको मूल्य प्रतितोला झन्डै दोब्बरले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आर्थिक वर्ष २०७५ को वैशाख महिनामा प्रतितोला ५८ हजार तीन सय रुपियाँ रहेको सुनको मूल्य चालु आवको वैशाख महिनामा आएर प्रतितोला एक लाख ११ हजार आठ सय रुपियाँ पुगेको हो । पाँच वर्षको अवधिमा प्रतितोलामा ५३ हजार रुपियाँ पाँच सय रुपियाँले मूल्य बढेको हो ।
बजारमा डिजेलको खपत घटेसँगै आयातमा २६ प्रतिशतले कमी भएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म खपत कम हुँदा डिजेल आयात २६ प्रतिशतले घटेको हो । चालु आवको नौ महिनामा आयात घटेर १० लाख ३६ हजार किलोलिटर डिजेल आयात भएको छ । पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण विकास निर्माणको काम नहुँदा खपत घटेसँगै डिजेलको आयातमा उल्लेख्य कमी आएको हो ।
मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । अर्थतन्त्रको बाह्य क्षेत्र सुधार देखिए पनि आन्तरिक क्षेत्रमा देखिएको समस्याका कारण उद्योग व्यवसाय सङ्कटमा पर्न थालेका हुन् । बैङ्कको उच्च ब्याजदरका कारण समग्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नभई आर्थिक सङ्कट देखा परेको व्यवसायीको भनाइ छ । बैङ्कको ब्याज तिर्न नसकेका कतिपय ससाना व्यवसाय बन्द भएका छन् । धेरै उद्योग आंशिक रूपमा मात्र सञ्चालन भएको र कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ । आर्थिक सङ्कटबाट साना, मझौला र ठूला उद्योग नै प्रभावित छन् ।
नेपालले वैदेशिक व्यापार गर्ने विभिन्न १६३ मुलुकमध्ये ३१ वटा देशसँग व्यापार नाफामा रहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ३१ देशमा व्यापार नाफामा र बाँकी १३२ देशसँग व्यापार घाटा रहेका छन् । नौ महिनाको अवधिमा व्यापार नाफा भएका देशमा नेपालबाट ११ अर्ब ५८ करोड ३० लाख सात हजार रुपियाँको सामान निर्यात भएको र ४२ करोड २८ लाख ५५ हजार रुपियाँको सामान आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।
तुलनात्मक लाभको वस्तुका रूपमा प्रवद्र्धन भइरहेको अदुवाको निर्यात १०५ प्रतिशतले बढेको छ । छिमेकी मुलुक भारतमा माग बढ्दै गएपछि अदुवा निर्यातमा वृद्धि भएको हो । अन्य वस्तुको निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अदुवा निर्यात भने दोब्बरले बढेको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा अदुवा निर्यात १०५ प्रतिशतले बढेर आठ अर्ब ५३ करोड २३ लाख एक हजार रुपियाँ बराबरको एक करोड ९१ लाख ४७ हजार ८३० केजी अदुवा निर्यात भएको हो ।
स्वदेशी चियाको गुणस्तर उच्च देखिएपछि अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ । चीनमा भएको प्रतिस्पर्धामा नेपाली चियाको गुणस्तर उत्कृष्ट देखिएपछि लोकप्रिय बन्दै माग बढेर निर्यातमा वृद्धि भएको हो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट घोषणा गरिएको थियो । नेपाली चियाको गुणस्तर उच्च देखिपछि विश्व बजारमा मागसँगै निर्यातमा समेत वृद्धि भएको व्यवसायीको भनाइ छ ।
भारतबाट नेपाल भित्रने खाना पकाउने एलपी ग्यासको आयात चालु आर्थिक वर्षको नौ महिनमा झन्डै आधा अर्बले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ग्यासको आयात ४९ करोड रुपियाँले कमी भएको हो । बजारमा ग्यासको खपत कम हुँदा आयातमा समेत कमी भएको हो ।
चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रुपियाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रुपियाँको धान आयात भएको थियो । गत वर्षको तुलनामा एक अर्ब रुपियाँभन्दा बढीको धान आयात भएको हो ।
व्यावसायिक मन्दीका कारण पछिल्लो समय सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर तथा गोदाम खाली हुन थालेका छन् । मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण व्यापार नहुँदा छोडेर अन्यन्त्र जान थालेपछि सटर खाली हुन थालेका हुन् । मुख्य सहरी क्षेत्रसँगै भित्र गल्लीमा सञ्चालन भएका सटर तथा पसल बन्द हुन थालेका हुन् । आर्थिक गतिविधि नियमित नभई व्यापार व्यवसाय चल्न छाडेपछि पसल बन्द हुन थालेका हुन् ।