सङ्घीय लोकतान्त्रिक गणतन्त्रको ढॉचामा मुलुक दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचनमा होमिएको छ । यस निर्वाचनमा के कस्तो योग्यता र क्षमता भएको व्यक्तिलाई दलहरूले उम्मेदवार बनाउँछन् ? कस्तो योग्यता भएका उम्मेदवारलाई नागरिकले मतदान गर्ने भन्ने सवाल हाम्रासामु पेचिलो बन्दै छ । यो आम जनचासोको विषय बनेको छ । राजनीतिक दलका लागि छवि राम्रो बनाउने अवसर हो ।
राजनीतिक दल यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावी तयारीमा छन् । दलहरू घोषणापत्र लेखन र उम्मेदवार छनोटमा केन्द्रित छन् । दलहरूबीच गठबन्धन र चुनावी मोर्चा कोसँग कसरी गरी चुनावमा अधिकतम विजय हासिल गर्ने प्रयोजनार्थ छलफल, विवाद र मतमतान्तर भइरहेको छ । जित–हार जसको भए पनि चुनावमा जानुअघि दलले गर्ने दुई कार्य घोषणापत्र निर्माण र उम्मेदवार छनोट मुख्य काम हो । उम्मेदवार छनोटका लागि दलहरू आन्तरिक रस्साकसीमा छन् भने घोषणापत्र लेखनको कार्य प्राथमिकताको विषय बन्न सकेको छैन ।
आम नेपाली नागरिकको मेरुदण्डका रूपमा लिइएको स्थानीय तह निर्वाचन नेपाल सरकारले २०७९ वैशाख ३० गते गर्ने निर्णय सँंगसंँगै एकाएक राजनीतिक माहोल तात्न पुगेको छ । २०७४ को तिनै तहको निर्वाचनपछि हुन लागेको यस निर्वाचनले छुट्टै महत्त्व र विशेष
नेपालको अर्थतन्त्रमा अहिले पनि कृषिको प्रभुत्व कायमै छ । कुल जनसङ्ख्याको करिब दुईतिहाइभन्दा बढी जनशक्तिले जीविका र रोजगारीको मुख्य स्रोतका रूपमा कृषि क्षेत्रलाई अँगालेको पाइन्छ । मुलुकका अधिकांश जनसङ्ख्या यो क्षेत्रमा आबद्ध भनिए पनि कहाँ, कति किसान, कुन अवस्थामा, कसरी अवस्थित छन् भन्ने जानकारी समयसापेक्ष अद्यावधिक हुनु आवश्यक हुन्छ । यही आवश्यकताको परिपूर्ति गर्ने उद्देश्यले हाम्रो मुलुकमा पनि राष्ट्रिय जनगणनाजस्तै कृषि गणना गर्ने प्रचलन छ ।
विक्रम संवत् २०५६ को निर्वाचन प्रचार–प्रसारका बेला काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराई (किसुनजी)ले भन्नुभएको थियो, “मलाई जिताउनूस्, म मेलम्चीको पानी काठमाडौँमा ल्याउँछू ।”
नेकपा एमालेको शनिबार साँझसम्म बसेको सचिवालयको बैठकले पाँच महानगरपालिकाको प्रमुखको उम्मेदवारी नामावली टुंगो लगाएको लगाएको छ ।
नेपाल आर्मीले पुरुष/महिला दुवैमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी पाँच स्वर्ण र दुई रजतसाथ च्याम्पियन बन्यो ।
ओखलढुङ्गामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एक्ला एक्लै चुनावमा जाने तयारी गरेका छन् ।
काठमाडौँ, बैशाख १० गते । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा उम्मेद्वारको मनेनयनका बोला हुन सक्ने अप्रत्यासित घटना रोक्न गरिएको सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिनुभएको छ । गृहमन्त्री खाणले शनिबार दिउँसो नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिनुभएको हो । गृहमन्त्री खाणले नेपाल प्रहरीका प्रदेश एक प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, मधेस प्रदेश प्रमुख नायब महानिरीक्षक मसुद आलम खाँ, बागमती प्रदेश प्रमुख नायब महानिरीक्षक पुजा सिंह, गण्डकी प्रदेश प्रमुख, नायब महानिरीक्षक दिवस लोहनी, लुम्बिनी प्रदेश प्रमुख नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रमुख नायब महानिरीक्षक गणेश ऐर र सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यसँग निर्वाचनको मनोनयनका बेलाका लागि गरिएको सुरक्षा प्रबन्धबारे जानकारी लिनुभएको हो । मधेस प्रदेशका खाँ, बागमती प्रदेशका सिंह, लुम्बिनी प्रदेशका उपाध्याय र सुदूरपश्चिम प्रदेशका आचार्यको प्रदेश प्रमुखका रूपमा शुक्रबारमात्र सरुवा भएको हो । यस्तै सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमलराज गिरी, मधेश प्रदेश प्रमुख नायब महानिरीक्षक गणेश ठाडा मगर, बागमती प्रदेश प्रमुख नायब महानिरीक्षक किशोर प्रधान, गण्डकी प्रदेश प्रमुख नायब महानिरीक्षक शम्भु सुवेदी, लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक कुलबहादुर नेम्बाङ, कर्णाली प्रदेश प्रमुख नायब महानिरीक्षक अभि खत्री तथा सुदूर पश्चिम प्रदेश प्रमुख दुर्गाप्रसाद भट्टराईसँग पनि उम्मेद्वारी मनोनयनका बेलाको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको हो । गृहमन्त्री खाणँसँग आफूहरू उम्मेद्वारको मनोनयनका हेला हुने अप्रत्यासित घटनाबारे सतर्क र चनाखो भएर रणनीति बनाउँदै तयारी गरेको बताएका थिए । ‘मैले स्थानीय तह निर्वाचनमा उम्मेद्वार मनोनयनका बेलाको सुरक्षा व्यवस्थाको तयारी कस्तो छ भनेर सोधे,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘सबै प्रदेश र केन्द्रमा निर्पाचन हेरिरहेका अधिकृतहरूले आफूहरूले पूर्णरूपमा तयारी गरेको जानकारी दिएका छन् ।’ गृहमन्त्री खाणले त्यसक्रममा स्वच्छ, निष्पक्ष र धाधलीरहित निर्वाचन गर्न सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिनुभएको थियो । सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रमुख नायब महानिरीक्षक भट्टराईले गृहमन्त्री खाणले उम्मेद्वारको मनोनयनका बेलाको सुरक्षा अवस्थाबारे टेलिफोनमार्फत जानकारी लिएको बताउनुभयो । निर्वाचन आयोगले उम्मेद्वारी मनोनयनको समय बैशाख ११ र १२ गते छुट्याएको छ ।
घाँसे मैदानमा खेलिने ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा रुस र बेलारुसका खेलाडीले यस वर्ष खेल्न नपाउने भएका छन् अल इङ्गल्यान्ड क्लबले युक्रेनसँग युद्ध गरेको भन्दै रुस र बेलारुसका खेलाडीलाई यस वर्ष विम्बल्डनमा प्रतिबन्ध लगाएको हो ।
घाँसे मैदानमा खेलिने ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा रुस र बेलारुसका खेलाडीले यस वर्ष खेल्न नपाउने भएका छन् अल इङ्गल्यान्ड क्लबले युक्रेनसँग युद्ध गरेको भन्दै रुस र बेलारुसका खेलाडीलाई यस वर्ष विम्बल्डनमा प्रतिबन्ध लगाएको हो ।
काठमाडौँ, वैशाख १० गते । मैनादेवी फाउन्डेसनको आयोजनामा राजधानीमा शनिबार सरसफाइ अभियानलाई समेत सहयोग पु¥याउने उदेश्येले ४ किलोमिटर सडक दौड सम्पन्न भएको छ । दौड काठमाडौँ हात्तिसारबाट सुरु भएर ज्ञानेश्वर, रातोपुल, सेतोपुल, डिल्लीबजार, बागबजार हुँदै पुनः हात्तिसारमा आएर टुङ्गिएको थियो । उक्त दौडमा चारसयभन्दा बढीको सहभागिता रहेको तथा सो दौडलाई व्यवस्थिति गर्न ८० जना स्वयमसेवी परिचालन गरिएको सरसफाइ अभियन्ता तथा मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिनुभयो । समूहगत रुपमा आयोजना गरिएको उक्त दौडमा शीर्ष पाँच टोलीलाई दश–दश हजार रुपियाँ नगद सहित सम्मानित गरिएको बताइएको छ । राजधानीको सरसफाइलाई ध्यानमा राख्दै हरेक व्यक्तिले जथाभावी फोहर नगर्ने सस्कारको विकास गराउने सचेतना अभियानको रुपमा दौडको आयोजना गरिएको आयोजकको दावी रहेको छ ।
उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री जिन-ले शनिबार जारी गरेको विज्ञप्तिमा सो कुरा भनिएको छ ।
जानु पाण्डे कपिलवस्तु, वैशाख १० गते । स्थानीय निर्वाचनमा आफ्नो दलबाट टिकट नपाउँने संकेत मिले पछि कपिलवस्तुमा पार्टी परिवर्तन गर्ने लहर चल्न लागेको छ । उम्मेद्वार नहुने संकेत मिल्न लागेपछि जनप्रतिनिधि र राजनैतिक दलका नेताहरु धमाधम पार्टी परिवर्तन गर्न लागेको छन् । स्थानीय निर्वाचनको मनोनयन गर्ने दिन नजिकिदै जाँदा नेताहरुमा दल परिवर्तन गर्ने लहर चल्न लागेको छ । कपिलवस्तुमा गठबन्धन नहुने संकेत देखिएको र दल विच उम्मेद्वारीको आकांछी धेरै भएपछि आन्तरिक मिलाउन समेत सकस भएको छ ।जिल्लाको विजयनगर गाउँपालिकाको अध्यक्ष पदको उम्मेद्वार नहुँने भएपछि काँग्रेस नेता जानकी प्रसाद यादव जसपा प्रवेश गर्नु भएको छ । यादव अघिल्लो स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिनु भएको थियो । निर्वाचनमा पराजय भए पछि काँग्रेस सांसद अभिशेख प्रताप शाहको पहलमा उहाँ काँग्रेस प्रवेश गर्नुभएको थियो । यादव काँग्रेस अधिवेशनमा क्षेत्रिय सभापतिमा समेत पराजित हुनु भएको थियो । यता यादव जसपा प्रवेश गरेपछि पार्टी समिति बेवास्था गरेको भन्दै विरोध प्रकट गरेका छन् । यसैगरी कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदीप पौडेल नगरप्रमुखको टिकट नपाउने भएपछि जसपा प्रवेश गर्नुभएको छ । उहाँ एक महिना अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाई एमाले प्रवेश गर्नुभएको थियो । पौडेल जसपा प्रवेश गरेपछि जसपाबाट नगरप्रमुखका आकांक्षी रामअचल यादवले जसपा त्यागेको घोषणा गर्नुभएको छ । यसैगरी कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका दुई वडा अध्यक्ष र काँग्रेस क्षेत्रिय सचिवले पार्टी परित्याग गरेका छन् । वडा नं. ११ का वडा अध्यक्ष जगदिश तिवारी वडा नं. १ का अध्यक्ष शिवप्रसाद वानियाले काँग्रेस परित्याग गर्दै एमाले प्रवेश गर्नुभएको छ । यसैगरी क्षेत्रीय सचिव गंगेश नाथ तिवारी समेत एमाले प्रवेश गर्नुभएको हो । वडा अध्यक्षको उम्मेद्वार बन्नका लागि जसपा शिवराज नगरकमिटिका सचिव पारस केवट लोसपा प्रवेश गरेका छन् । केवट कार्यकर्ता माझ लोकप्रिय नेता रुपको चिनिदै आएका छन् । उहाँले पार्टी परित्याग गरेपछि जसपामा तरंग मच्चिएको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १० गते । स्थानीय तह सदस्य निर्वाचनका लागि आइतबार र सोमबार हुने मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तथा सम्बद्ध सबैमा अपिल गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा शनिबार जारी गरिएको विज्ञप्तीमार्फत सो अपिल गरिएको हो । कानून बमोजिमको योग्यता पुगेका सबै नागरिकको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकारमाथि कहीँ कतैबाट कुनै अवरोध आउन नदिन पनि आयोगले आग्रह गरेको छ । आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “निर्धारित दुई दिनमध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा सोही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइन्छ ।”आयोगले वैशाख ११ गते विहान १० बजेदेखि ५ बजेसम्म र सोमबार १२ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । बिगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम एक दिन रहेको भएपनि एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतलाई कार्य चाप धान्न कठिन भएको देखिएकाले यस पटक दुई दिन समय निर्धारण गरेको आयोगको भनाई छ । “मनोनयन दर्ताका लागि दुई दिनको समय दिन उपयुक्त हुने भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको हो” आयोगको विज्ञप्तीमा उल्लेख छ । सोे समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गर्न आयोगले सबैमा अपिल गरेको छ ।कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएकाले सो विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले विज्ञप्तीमार्फत प्रष्ट पारेको छ ।