• १९ असार २०८१, बुधबार

जडीबुटीबाट दुुई करोड राजस्व

blog

हुुम्ला समाचारदाता

हुुम्ला, वैशाख ११ गते । यस वर्ष हुुम्लामा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ । जिल्लाबाट १२ किसिमको चार लाख ८१ हजार केजी जडीबुटी निकासी हुँदा एक करोड ९८ लाख ९६ हजार राजस्व प्राप्त भएको हो । 

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रवीण पौडेलका अनुसार एक करोड ९८ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । उहाँले यो राजस्व वन विभागबाट सङ्कलन पुर्जी दिइएको र डिभिजन वन कार्यालयबाट उक्त पुर्जी दिइएको जडीबुटीबाट भएको बताउनुुभयो ।

उहाँका अनुसार जटामसी तीन लाख ४० हजार केजीबाट एक करोड ७० लाख राजस्व सङ्कलन भएको छ । कार्यालयबाट सङ्कलनका लागि अनुमति दिएका अन्य ११ प्रकारका जडीबुटीबाट २९ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । 

जिल्लाबाट वितरण गरिएको पुर्जीमा राष्ट्रिय वनबाट सङ्कलन भएको जडीबुटीबाट १७ लाख तीन हजार ५०० र सामुदायिक वनबाट ११ लाख ६५ हजार ८०० रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । हुुम्लाबाट निकासी हुने जडीबुटीमा जटामसी, कुट्की, चिराइतो, सेतक चिनी, सुुगन्धवाल, उत्तिस, शिलाजित, धूपी, कालादाना, वनलसुुन, अल्लो, विष र गुुच्ची च्याउ रहेका छन् । विगत दुुई वर्षयता भने जडीबुटी निकासीबाट राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।