निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय छुट्याएको छ । तर, जिल्लाका प्रमुख राजनीतिक दलहरुले शनिबार दिउँसोसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
जानु पाण्डेकपिलवस्तु , बैशाख १० गते । लुम्बिनी प्रदेशका होटेलको सेवा सुधार गर्ने लक्ष्यले यहाँका होटल व्यवसायीलाई व्यवस्थान सम्बन्धी तालिम प्रदान गरेको छ । नेपाल पर्यटन वोर्डको आर्थिक सहयोग र होटेल व्यवसायी महासंघ लुम्विनी प्रदेशले नौ जिल्लाका ४० जना बढी व्यवसायीलाई तालिम दिएको हो । कोरोनाले अस्तव्यस्त परेको होटेल व्यवसायीलाई ग्राहकसँगको सम्बन्ध सुमधुर र मित्रवत व्यवहार प्रदान गरी स्थानीय पर्यटनको विस्तारको लागि तालिम प्रदान गरिएको होटेल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले जानकारी दिनुभयो । होटेल व्यवसायीले देशको पर्यटन विकासमा ठुलो टेवा पुर्याएको बताउँदै नेपाल घुम्न आउने पर्यटक न्यून हुँदा व्यवसायी मारमा परेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख मुक्तीप्रसाद पाण्डेले बताउनुभयो ।
धीरेन्द्रप्रसाद साहराजविराज, वैशाख १० गते । सप्तरीमा शनिबार छुट्टाछुट्टै दुर्घटनामा एकै गाउँका तीन जनासहित चार जनाको मृत्युभएको छ । तीन जनाको मोटरसाइकल दुर्घटनामा र एक बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व–पश्चित हुलाकी राजमार्गअन्तर्गत जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित शनिबार मोटरसाइकल दुर्घटनामा परी एक गाउँका तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र २८ वर्षीय बुच्चु भन्ने रंजित यादवको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।हुलाकी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो । यसैगरी, जिल्लाको बलान बिहुल गाउँपालिका ५ रामनगर टोल बस्ने रबिन्द्र यादवको छ वर्षीया छोरी अनुषाकुमारी यादवको स्थानीय धर्मनाथ यादवको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, वैशाख १० गते । साहित्यकार भैरव अर्यालको प्रतिमा अर्यालको थाकथलो जोरपाटी अर्याल गाउँमा अनावरण गरिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ७ मा रहेको अर्याल गाउँमा साहित्यकार÷पत्रकार रोचक घिमिरेले शनिवार उहाँको प्रतिमा अनावरण गर्नुभएको हो । भैरव पुरस्कार गुठीका अध्यक्षसमेत रहनुभएका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । व्यङ्ग्य साहित्यबाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहनुभएको घिमिरेले बताउनुभयो । साहित्यकार विजय चालिसेले व्यङ्ग्य साहित्यमा अर्याललाई कसैले अहिलेसम्म चुनौती दिन नसकेको दाबी गर्नुभयो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङले राष्ट्रकै गहना अर्यालको सम्मान गर्न पाउँदा नगरपालिका परिवार गौरवान्वित भएको बताउनुभयो । अर्थविद् डाक्टर रेवतबहादुर कार्कीले अर्यालको व्यङ्ग्य साहित्य उच्च कोटीको रहेको बताउनुभयो ।स्थानीय पुण्यप्रसाद दाहालले अर्यालको प्रतिमालाई उहाँकै पुख्र्यौली थाकथलोमा राख्न पाउँदा गौरव लागेको बताउनुभयो । तत्कालीन जोरपाटी गाविसका अध्यक्ष तथा साहित्यकार गोपाल बरालले भैरव पुरस्कार गुठीले स्थापनाकालदेखि गर्दै आएको गतिविधिबारे प्रकाश पार्नुभयो ।समाजसेवी अर्जुन गौतमको सभापतित्वमा भएको कार्यक्रममा अर्यालका ज्येष्ठ सुपुत्र प्रा।डा। दीपक अर्यालले यस्ता रचनात्मक कार्यमा परिवारजनको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
भैरहवा, बैशाख १० गते । नेकपा सिद्धार्थनगर नगर कमिटीले स्थानीय निर्वाचन २०७९ प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । यहीँ बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टी स्थापना दिवसका अवसरमा एमालेले स्थानीय निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै एमालेले स्थानीय तहमा बिगतमा जस्तै सबै दल मिलेर गठबन्धन गरेता पनि एक्लै चुनाव जित्ने अठोट गरेको छ । नेकपा एमालेले स्थानीय निकायलाई स्थानीय तह, स्थानीय सरकारका रुपमा अधिकार सम्पन्न बनाउन २०४८ साल देखि स्थानीय स्वायत्त शासन ऐन बनाउन र कार्यान्वयन गर्न तथा स्थानीय तहलाई अधिकार सम्पन्न गराउने गरी संविधान निर्माणमा खेलेको भूमिका स्मरणीय रहेको जनाएको छ । एमालेले नगरको भौतिक स्तरोन्नती, पर्यटन प्रवद्र्धनको विकास देखि नेपाली कला, भाषा, साहित्य पत्रकारिताको विकास गर्ने गरी २६ बुँदे प्रतिबद्धता पत्र सार्बजनिक गरेको नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोख्रेलले एमालेले बिगतमा गरेका अधिकांश प्रतिबद्धताहरु पुरा गरेको बताउँदै अबको निर्वाचनमा एमालेको जितसँगै सिद्धार्थनगरमा बाँकी रहेका विकास निर्माणका काम र भावी योजनाहरु पुरा गर्ने बताउनुभयो । एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य विश्वराज बरालले एमालेले बिगतमा बाचा गरेका प्रतिबद्धता अनुसार नगरले विकासमा फड्को मारेको बताउनुभयो । आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउन आग्रह गर्दै बरालले नेपालको स्वाभिमानलाई थप बलियो बनाउनका निम्ती एमालेको विजयी अपरिहार्य रहेको बताउनुभयो । एमालेका रुपन्देही जिल्लाका उप–सचिव तथा प्रचार बिभाग प्रमुख हितराज पन्थीले नेकपा एमाले जनताको पार्टी भएकाले सदैव जनताको हितका लागि काम गरेको बताउनुभयो । उहाँलेसबै शक्ति मिलेर एमालेलाई हराउन लागे पनि त्यो सफल नहुने बताउनुभयो । एमाले रुपन्देही जिल्लाका सचिवालय सदस्य तथा सिद्धार्थनगर इन्चार्ज चोपलाल आचार्यले एमाले एक ढिक्का भएर चुनावमा जान लागेको बताउँदै सम्पूर्ण स्थानमा विजयी भएर जनताको काम गर्ने बताउनुभयो ।
निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व हुनेगरी आज आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना भएको छ । आगामी निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा केन्द्र स्थापना गरिएको हो ।
मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेस्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो हुनुभएको छ ।
नारद काेहरतौलिहवा, वैशाख १० गते । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन ईच्छुक रहेको भन्दै कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले पदबाट राजीनामा दिनुभएकाे छ ।निर्वाचन आयोगले चुनावमा लड्न बहालवाला जन प्रतिनिधिहरुले अनिवार्य पदबाट राजीनामा दिनुपर्ने नियम बनाएपछि उहाँले सो राजीनामा दिनुभएकाे हाे । उहाँले प्रमुख किरण सिंहलाई गत वैशाख ८ गते राजीनामा दिनुभएकाे हाे ।प्रमुख सिंहले वैशाख ९ गते देखि लागू हुने गरी राजीनामा स्वीकृत गर्नुभएकाे छ । नेपाली काँग्रेसबाट प्रमुख पदमा टिकट पाएको चर्चा चले पनि अझैँ सम्म आधिकारिक रूप निर्णय सार्वजनिक भएकाे छैन ।काँग्रेसबाट उपप्रमुख पदमा टिकट कसले पाउँछ भन्ने अझै स्पष्ट हुन सकेको छैन । प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, राजेश ज्ञवाली मध्ये एक जनाले उपप्रमुखकाे टिकट पाउने काँग्रेस नेताहरु बताउँछन् । अब कपिलवस्तु नगरपालिकामा काँग्रेस, एमाले र जनता समाजवादी पार्टी, नेपालबीच प्रतिस्पर्धा हुने मतदाताहरु बताउँछन् ।
काठमाडौं, बैशाख १० गते । महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) मध्यान्न ३ बजे बस्ने भएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमालेले उम्मेदवारी टुंगो लगाउन आज (शनिबार) ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट बैठक बस्ने भएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । पार्टीले महानगर र उपमहानगरपालिकाको उम्मेदवारी टुंगो लगाएसँगै अन्य ७५३ वटै स्थानीय तहमा तत्काल उम्मेदवारीको नाम सार्वजनिक गर्ने तयारी समेत गरेको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । प्रमुख दल मध्ये नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मध्यान्न ३ बजेनै बैठक बस्ने भएको छ । यो समितिले उम्मेदवारी टुंगो लगाउने पार्टीले जनाएको छ । अन्यदलले समेत उम्मेदवारीलाई टुंगो लगाउने गरी तयारी सुरु गरेको पाइएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको कार्यक्रम सार्वजनिक गरी सकेको छ ।
कपिलवस्तुको बाणगंगा कोभिड–१९ पूर्ण खोप युक्त नगरपालिका घोषणा भएको छ । पालिकाका १२ वर्षमाथिका सबै ७२ हजार ८८९ जनाले खोप लगाएपछि पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको हो ।
जाजरकोट, वैशाख १० गते । प्रशासनले हतियार बुझाउन गरेको आग्रह र स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पछिल्लो समय अवैध रुपमा बेवारिसे अवस्थामा दैनिक रुपमा भरुवा बन्दुक भेटिन थालेका छन् । जिल्लामा हालसम्म चार वटा अवैध हतियार प्रहरीले फेला पारेको छ ।केही दिन पहिले छेडागाड नगरपालिका –२ डेढकुला भन्ने स्थानमा जंगलभित्र रहेको ओढारमा लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा अस्थाई प्रहरी पोष्ट सुयाडा जाजरकोटबाट प्रहरी टोलीले उक्त एक नाल भरुवा बन्दुक फेला पारेको थियो । त्यस्तै, प्रहरी चौकी पैंक जाजरकोटबाट खटिएको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा कुशे गाउँपालिका वडा नं. ८ बिजुलीडाँडास्थित जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक फेला पारेको थियो । यसैगरी, नलगाड नगरपालिका – ५ खानटाकुरा कैचु जंगलमा बेवारिसे अवस्थामा एउटा भरुवा बन्दुक फेला परेको थियो । त्यसैगरी, चैत २७ गते छेडागाड नगरपालिका – ११ कार्की गाँउस्थित शिरुबारी जंगलमा बेवारिसे अवस्थामा दुई नाले भरुवा बन्दुक फेला पारेको थियो ।करिब १५ दिन भित्रमा चार वटा बेवारिसे अवस्थामा भरुवा बन्दुक भेटिएको तथ्यांक प्रहरीसँग छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी प्रशासनमा बुझाउन भने सँगै प्रहरीले पनि कडाईका साथ निगरानी गर्न गस्तीहरु बढाइएको हुँदा यसरी बेवारिसे अवस्थामा बन्दुक फेला परेको बताउनुभयो ।इजाजत प्राप्त हतियार आगामी १२ गतेसम्म बुझाउन जिल्ला प्रशासन कार्यालयले म्याद दिएको र सोही अनुसार बुझाइरहेकाले यसरी बेवारिसे अवस्थामा भेटिने अवैधवाला नै हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको प्रहरी नायव उपरीक्षक निरौलाको भनाइ रहेको छ ।
काठमाडौँ, वैशाख १० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले युवा युवा पुस्ता आकर्षित हुँदा मात्र देश समृद्धिको बाटोमा अगाडि बढ्नसक्ने कुरामा जाेड दिनुभएकाे छ ।नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटनमा उहाँले नयाँ पुस्तालाई उत्पादनमा जोड्दा मात्र नयाँ नेपाल समृद्धि उन्मुख हुने बताउनुभयाे ।उहाँले आर्थिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्नु युवा उद्धमीको संस्था ७५३ स्थानीय तहमै विस्तार हुनुपर्छ, भन्नुभयो ।उहाँले भन्नुभयो, “आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नुछ । त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्छ ।” उहाँले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै युवा पुस्तालाई सङ्गठिन गर्न प्ररित गर्नुपर्ने बताउनुभयो ।औद्योगिकीकरण, यान्त्रिकरण र व्यवसायीकरणलाई प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने बताउँदै मन्त्री भुसालले भन्नुभयो, “आर्थिक र सामाजिक विकासमा युवा उद्धमीहरू लाग्नुपर्छ ।” परम्परागत पितृसत्ताका कारण महिला पछि परेको उल्लेख गर्दै महिला उद्यमीहरूले शिक्षा, स्वास्थ्यमा मात्र नभई उद्यमसिलतामा अब्बल हुनुपर्नेमा उहाँको जोड थियो ।राजनीति, स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रमा महिला र पुरुषबीचमा समान अधिकार भएपछि मात्रै सबैले सबैसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको सिर्जना हुने बताउँदै मन्त्री भुसालले महिलाले आफ्नो क्षमता विकास गरेर आर्थिक तथा सामाजिक अधिकार कार्यान्वयमा ध्यान दिनुपर्ने बताउनुभयो ।कृषि उत्पादन विस्तार गर्नका लागि अनुसन्धान एवं प्रवद्र्धनमा लाग्न आग्रह गर्दै उहाँले भन्नुभयो, “कृषि प्रधान देशले वर्षेनी रूपियाँ तीन खर्ब बराबरको कृषिजन्य सामग्री आयात हुनु होइन, कृषि उत्पादकत्व विस्तार गर्ने उद्योगलाई सरकारले सहयोग गर्छ ।” कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमसिलतामा जोड्न लागिपरेको उल्लेख गर्दै आगामी दिनमा देशभरका युवालाई सङ्गठित गरेर उद्यममा लाग्न प्रेरित गर्ने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सांसदहरुको टोलीले भेटवार्ता गर्नुभएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग नेपाल भ्रमणमा रहेका अमेरिकी पाँच सदस्यीय टोलीले भेटवार्ता गर्नुभएको हो ।
सिद्धार्थनगर, वैशाख १० गते । रुपन्देहीको सिद्धार्थनगरको प्रमुखमा तीनदलले उम्मेदवार टुंगो लगाएका छन् । सिद्धार्थनगरका लागि प्रमुखमा नेपाली काङ्ग्रेसले इश्तियाक अहमद खान, राष्ट्रिय प्रजातन्त्र पार्टीले सागर प्रताप राणा र जनता समाजवादी पार्टीले अर्जुनप्रसाद जैसवाललाई सिफारिस गरेको छ । उहाँहरुको एकल दावी भएकाले उम्मेदवार बन्ने पक्का छ । एमालेले भने अझँै टुंगाउन सकेको छैन ।पार्टीको रुपन्देही जिल्ला अध्यक्ष समेत रहेका राणालाई प्रमुख बनाउने घोषणा गरेको हो । राणा २०७४ को निर्वाचनमा पनि नगर प्रमुखमा उम्मेदवार रहनुभएको थियो भने त्यसअघि उहाँ नगरपालिकाका प्रमुख भएर काम गरिसक्नुभएको छ ।राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयले राणासहित जिल्लाका अन्य उम्मेदवारहरुको नाम टुंगो लागेको बताउनुभयो । बुटवल उपमहानगरपालिकामा मृगेन्द्र शेरचन, सिद्धार्थनगर नगरपालिकामा सागर प्रताप राणा, तिलोत्तमा नगरपालिकामा भुवन खनाल, देवदहमा माधव रिमाल र रोहिणी गाउँपालिकामा ताहिर अली पालिका प्रमुखका उम्मेदावार तय गरेको उहाँको भनाइ छ ।यसअघि सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा नेपाली कांग्रेसले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई उठाउने भएको छ । उम्मेदवार खान केही वर्ष अघि राप्रपामा हुनुहुन्थ्यो । सिद्धार्थनगरमा उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको खाणले बताउनुभयो ।यसअघि सिद्धार्थनगरमा एमालेले प्रमुख पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान प्रमुख हरिप्रसाद अधिकारीको नाम सिफारिस भैसकेको छ । यस्तै, जनता समाजवादी पार्टीले सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवारमा अर्जुनप्रसाद जैसवाललाई सिफारिस गरेको छ । जसपा सिद्धार्थनगरका अध्यक्ष समेत रहेका जैसवाललाई नगर समितिले सर्वसम्मत सिफारिस गरेको सो पार्टीले जनाएको छ ।जैसवाल यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट मेयर पदका उम्मेदवार हुनुहुन्थ्यो ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेलाई सारिएको समितिका मुखय सचव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।