बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ । त्यसको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
रेखीराम रानापाल्पा, वैशाख १० गते । पाल्पा जिल्ला फुटबल सङ्घको अध्यक्षमा प्रणयविक्रम राणा विजयी हुनुभएको छ । सङ्घको नेतृत्वका लागि भएको निर्वाचनमा निकतम् प्रतिद्वन्द्वी मनोहर थापालाई ४ मतले पराजित गर्दै राणा विजयी हुनुभएको हो । १५ मत रहेको पाल्पा जिल्ला फुटबल सङ्घमा राणाले नौ मत प्राप्त गर्नुभएको थियो भने थापाले ५ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यस्तै सङ्घको उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय, कृष्ण सारु मगरले समान नौ मत पाउनुभएको थियो । निकटतम् अच्युत खनालले ६ मत पाएको निर्वाचन समितिले जनाएको छ । सङ्घको महिला सदस्यमा युकी गाहा विजय हुनुभयो । सदस्यहरूमा अनिष श्रेष्ठ, दिपेन्द्र खनाल, कृष्ण बहादुर बाकाबल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृत बहादुर राना, सुजन थापा बिजयी हुनुभएको छ । सदस्य सबैले समान ९ मत पाउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष राणाले फुटबलको विकास र खेलाडी उत्पादन, प्रतियोगिता आयोजनामा सक्रिय हुने बताउनुभयो । शुक्रबार भएको निर्वाचनमा एन्फाका केन्द्रीय सहमहासचिव प्रकाश पंगेनीले दुई वर्ष कोभिडले खेलकुदका गतिविधि सुस्ताए पनि आगामी दिनमा खेल गतिविधि बढ्ने बताउनुभयो ।
सिद्धार्थनगर, वैसाख १० गते । रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । पालिकाका १२ वर्ष भन्दा माथिका नागरिकले कोभिड विरुद्धको खोप कम्तिमा दुई पटक लिएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।४४ हजार ६ सय ५१ जना जनसंख्या रहेको रोहिणी गाउँपालिकामा १२ वर्ष माथिका ३५ हजार ४४ जना रहेको रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले जानकारी दिनुभयो । उहाँले पालिकामा ९८ दशमलव ९७ प्रतिशत अर्थात ३४ हजार ६ सय ८६ जनाले पूर्ण खोप लगाएको बताउनुभयो ।पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक सनोज कुमार यादवले कोभिडको समयमा स्वास्थ्यकर्मी एवम महिला स्वास्थ्य स्वयम सेविकाहरुको योगदान सराहनीय रहेको बताउनुभयो ।
एउटा प्रेम प्रसङ्गमा रोमियोलाई जुलियटले सोध्छिन् “नाममा के छ ? के हामीले गुलाफलाई अरू नै नाम दियौँ भने त्यसको सुगन्धमा केही फरक पर्छ ?” विलियम शेक्सपियरकृत ‘रोमियो एन्ड जुलियट’ मा नामले पहिचानमा केही फरक नपार्ने तर्क अगाडि सारिएको छ । यद्यपि नेपाली समाजको दुई पुस्ताअघिका नाम केलाउने हो भने नाममा विशेष अर्थ, मान्यता र संस्कृतिको प्रभाव पाइन्छ । नाममा धार्मिक एवं सांस्कृतिक अर्थ प्रस्टै भेटिन्छन् । हाम्रै नेताका नाम हेरौँ न ः विश्वेश्वरप्रसाद अर्थात् ईश्वर, विश्वनाथ । पुष्पलाल अर्थात् फूल । गणेशमान अर्थात् एक देवता । गिरिजा अर्थात् हिमालय पर्वतकी पुत्री, पार्वती । मातृका अर्थात् आमा, जननी, तन्त्रशास्त्रअनुसार सातवटी देवी । मनमोहन अर्थात् मन अर्थात् इच्छा र मोहनको अर्थ कृष्ण । मदन अर्थात् रतिको पति, कामदेव । महेन्द्र अर्थात् महान् इन्द्र । कृष्णप्रसाद अर्थात् विष्णुको दस अवतारमध्ये आठौँ अवतार लिएर गोकुलमा जन्मिएका द्वापरयुगका महापुरुष जसलाई केशव, गोविन्द, जनार्दन, माधव, मुरलीधर, मुरारि, वासुदेव, श्याम इत्यादि नामले समेत पुकारिन्छ ।
जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ निवासी मानसिंह सार्किको घर जल्दा दुई छोरी, एक छोरा र भान्जीसहित चार बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दकाअनुसार ४ बालवालिका मध्ये तुलासा सार्की ( वर्ष १४), अनु सार्की (वर्ष ११), दर्शना सार्की (वर्ष ३) र एक वर्षको दिपेश सार्कीको मृत्यु भएको छ ।
हुुम्ला जिल्लाको सङ्घीय सांसद रङ्गमती शाहीको छाउगोठदेखि संसद्सम्म पुस्तक विमोचन भएको छ । उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमको आयोजनामा विमोचन गर्नुभएको हो ।
भरतपुर केन्द्रीय अस्पतालको नयाँ इमर्जेन्सी (आकस्मिक) कक्ष निर्माणको कार्य तीव्र गतिमा अगाडि बढेको छ । ६०० भन्दा धेरै शøया रहेको भरतपुर अस्पतालको आकस्मिक कक्षमा १२ वटा मात्र शøया छन् । अस्पतालमा बिरामीको चापअनुसार अहिले रहेको आकस्मिक कक्ष कामचलाउका रूपमा मात्र रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राध्यापक डा. कृष्ण पौडेलले बताउनुभयो । साँघुरो भएका कारण अन्य थप सेवा त्यही स्थानबाट दिन कठिन हुने गरेको अस्पतालले जानकारी दिएको छ । “आकस्मिक कक्ष राम्रो नहुँदा सेवा दिन समस्या हुँदै आएको छ, अब निर्माण हुने इमर्जेन्सी कक्षबाट सेवा दिन सहज हुने छ,” पौडेलले भन्नुभयो ।
यसलाई कथा भन्ने वा नभन्ने ? कथा भनौँ यो कथाजस्तो पनि छैन । कथा नभनौँ यसमा कथैकथा छन् । जताततै छरपष्ट हुने, यत्रतत्र सर्वत्र हुने तर देखिन चाहिँ कतै नदेखिने कथा ! त्यसैले यसको विधाकरणमा मलाई नि सकस भएको हो । खोइ यो कथा अरूले देख्छन् कि देख्तैनन् ? म भने जुनसुकै चलायमान व्यक्तिको निधारमा पनि यो कथाको कुनै न कुनै अंश टाँस्सिएको नै देख्छु । तर यो कथा सबैका आँखाले नदेखिने खालको छ । यो कथा नदेखिएर पनि के भो र ? हरेकको कता हो कता भित्रभित्र पसेर दुखिरहने कथा त यो पक्कै पनि हो । त्यसै हुनाले यसलाई मैले टिप्ने जमर्को गरेँ । बिझेको काँढा झिक्ने हो भने काँढै चाहिन्छ भनेझैँ थिलथिलाउँदो भएर भित्रभित्रै पाकेको यस घाउको पिपभित्र डुबेको काँढा झिक्न यतिबेला म आफैँ काँढा भएकी छु ।
केही वस्तुको आयातमा सरकारले कडाइ गरेपछि चैतमा आयात घटेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन महिनाको तुलनामा चैतमा तीन अर्ब ३४ करोड ३२ लाख रुपियाँले आयात घटेको हो ।
तत्कालीन राजा राजेन्द्रविक्रमको पालाको कुरा– खान्गीका रूपमा जिन्सी वा जग्गा दिने चलन भए पनि सरकारी जागिरदारले दुई वर्षसम्म बाली उठाउने अधिकारपत्र पाइरहेका थिएनन् । खान्गीभन्दा बेतन दिनुपर्छ भन्ने पक्षमा राजा सहमत थिए । कम्पु पल्टनका सैनिकलाई त्यो मन परेन । खान्की खारेज गर्ने पक्षमा रहेका चौतारा पुष्कर शाह, राजगुरु रङ्गनाथ, कपर्दार कुलराज पाँडेलगायत सात प्रमुख भारदारका घरमा कल्पु पल्टनका सैनिकले आगजनी गरिदिए । उनीहरूले इन्द्रचोकमा रहेको रङ्गनाथको वैभवशाली पुस्तकालय पनि जलाइदिए । यो नै नेपालको इतिहासमा राज्यका विरुद्धमा भएको पहिलो सैनिक विद्रोह थियो । रङ्गनाथले दैनिक, साप्ताहिक र मासिक रूपमा बेतन भुक्तानी गर्ने व्यवस्था गरेको तर तत्कालीन ब्रिटिस रेजिडेन्ट ब्राइन हड्सनको राजनीतिक समर्थनमा रङ्गनाथ मातहतको बटालियन बाहेकका सैनिकलाई उचाल्दा यस्तो परिस्थिति सिर्जना भएको इतिहासकारहरू भन्छन् (राणाकालीन शिक्षा) ।
पछिल्लो समय बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या, व्यापार घाटा र विदेशी विनिमय सञ्चितिको असर वाणिज्य बैङ्कको नाफामा देखिएको छ । बैङ्किङ क्षेत्रमा तरलता अभाव जारी रहँदा बैङ्कको नाफा वृद्धि कमजोर देखिएको छ । अ
दिनेश अधिकारी भर्खरै बर्खा लागेको थियोबडेमानको एउटा ढुङ्गोलेबालुवालाई हेर्दै स–गर्व भन्यो–.तिमी त बगेर भरे कहाँ पुग्ने हौ थाहा छैनम भने यत्ति गरुँङ्गो छु किहम्मेसी नदीको प्रवहले मलाई हल्लाउनै सक्तैन प्रत्युत्तरमा बालुवाले भन्यो–ठिक भन्यौतिमी म जस्तो हुँदै होइनौतर नबिर्स !नदी भनेकी हाम्री आमा हुन्आमाको काखमा लुट्पुटिनतिम्रो भाग्यमा लेखिएकै छैन ।
स्थानीय तह निर्वाचन केही दिन बाँकी हुँदा काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने कलाकारहरूको रहर बढेको छ । कलाकार मदनदास श्रेष्ठ, गायक तथा -यापर बालेन शाह र पूर्वमिस नेवाः सुनिता डङ्गोल मेयरको उम्मेदवारमा उठ्ने हुनुभएको छ ।
डा. अशोक पाण्डे प्रेमरसमा कल्पनारत पल पलआफूखुसी जिउन नचाहने सधैँ किन कसो हो खुल्दुली राखिरहने पापी हो वा धर्मात्मा खुट्याउनै गाह्रोमेरो ईष्यालु मन । धकेल्न सक्छ दुःखको गहिराइमा चिप्ल्याउन सक्छ जानी जानी निचोर्न खोज्छु मनलाई निचोर्ने साधनको अभाव कल्पाउँछ, तड्पाउँछ, सताउँछ मलाईमेरो ईष्यालु मन । मन त मन, मनै रहोस् तर बेस्वादमा उथलपुथलिन्छबेवारिसे भई ढल्मलिन्छउकुसमुकुसिन्छु मबल्झिन्छ, अल्झिन्छ अदृश्य जालमामेरो ईष्यालु मन । कसैमाथिको विश्वास धरापिलो हुन्छकसैको माया सरापिँदो हुन्छआफू आफूमै नरहने गरी मलाई मेरो हुन नदिई कहालिन्छ, पछारिन्छ, चिच्याउँछ यसै मेरो ईष्यालु मन ।
मुकुन्द पोखरेलदूध सौन्दर्यको हिउँ सिमल भुवाको लयमा रमाउँदै आयो ।राजधानीका अङ्गरक्षक जस्तैफुलचोकी, चन्द्रागिरिअनि शिवपुरी हुन्भन्दै हिमवान्को उपहारघुम्टो ओढाउँदै आयो । यस्ता उपहारबाट तीसँगैनगरकोट र लाँकुरी भन्ज्याङ जस्ता भाइ पनि निमग्न भए ।यस्तो अवसर छोप्दै युवकयुवतीहिउँसँग खेल्न, घुम्टो खोल्दै पुगेती सुन्दर शिखर चुम्न ।यसै क्षण मलाई केही संवत्सरअतीतको सम्झना उर्लंदै आयोहिउँ ओर्लिएको बिहानी त्योम, थिएँ यात्री–लन्डन नगरीकोसाबेल सडकको सङ्गीतमा–हिउँ उठ्दै थियो ।कफीको स्वादमा नगरवासीकारलाई तातोपानीको स्नान गराउँदैमान्छेलाई भेन्टिलेटर झैँ तातैपानीपियाउँदै थिए, धुकधुकी चलाउन ।त्यस्ता हिउँ खेलका साक्षी यी मेरा आँखा बस्दा आश्चर्य मात्र लागेनहर्षविभोर पनि भएँ, म ।