• १२ साउन २०८१, शनिबार

रुपन्देहीको पूर्ण खोप सुनिश्चित पालिकाकाे रूपमा रोहिणी गाउँपालिका

blog

रोहिणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा मूल समारोह । तस्विर – कपिल ज्ञवाली

सिद्धार्थनगर, वैसाख १० गते । रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । पालिकाका १२ वर्ष भन्दा माथिका नागरिकले कोभिड विरुद्धको खोप कम्तिमा दुई पटक लिएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

४४ हजार ६ सय ५१ जना जनसंख्या रहेको रोहिणी गाउँपालिकामा १२ वर्ष माथिका ३५ हजार ४४ जना रहेको रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले जानकारी दिनुभयो । उहाँले पालिकामा ९८ दशमलव ९७ प्रतिशत अर्थात ३४ हजार ६ सय ८६ जनाले पूर्ण खोप लगाएको बताउनुभयो ।

पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक सनोज कुमार यादवले कोभिडको समयमा स्वास्थ्यकर्मी एवम महिला स्वास्थ्य स्वयम सेविकाहरुको योगदान सराहनीय रहेको बताउनुभयो ।