• ५ जेठ २०८१, शनिबार

पाल्पा जिल्ला फुटबल सङ्घको अध्यक्षमा राणा विजयी

blog

अध्यक्षमा प्रणयविक्रम राणा विजयी, तस्विर–रेखीराम राना

रेखीराम राना

पाल्पा, वैशाख १० गते । पाल्पा जिल्ला फुटबल सङ्घको अध्यक्षमा प्रणयविक्रम राणा विजयी हुनुभएको छ । सङ्घको नेतृत्वका लागि भएको निर्वाचनमा निकतम् प्रतिद्वन्द्वी मनोहर थापालाई ४ मतले पराजित गर्दै राणा विजयी हुनुभएको हो । 

१५ मत रहेको पाल्पा जिल्ला फुटबल सङ्घमा राणाले नौ मत प्राप्त गर्नुभएको थियो भने थापाले ५ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । 

यस्तै सङ्घको उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय, कृष्ण सारु मगरले समान नौ मत पाउनुभएको थियो । निकटतम् अच्युत खनालले ६ मत पाएको निर्वाचन समितिले जनाएको छ । 

सङ्घको महिला सदस्यमा युकी गाहा विजय हुनुभयो । सदस्यहरूमा अनिष श्रेष्ठ, दिपेन्द्र खनाल, कृष्ण बहादुर बाकाबल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृत बहादुर राना, सुजन थापा बिजयी हुनुभएको छ । सदस्य सबैले समान ९ मत पाउनुभएको थियो । 

नवनिर्वाचित अध्यक्ष राणाले फुटबलको विकास र खेलाडी उत्पादन, प्रतियोगिता आयोजनामा सक्रिय हुने बताउनुभयो । शुक्रबार भएको निर्वाचनमा एन्फाका केन्द्रीय सहमहासचिव प्रकाश पंगेनीले दुई वर्ष कोभिडले खेलकुदका गतिविधि सुस्ताए पनि आगामी दिनमा खेल गतिविधि बढ्ने बताउनुभयो ।