• १२ पुस २०८१, शुक्रबार

भाग्य (कविता)

blog

दिनेश अधिकारी  

भर्खरै बर्खा लागेको थियो

बडेमानको एउटा ढुङ्गोले

बालुवालाई हेर्दै स–गर्व भन्यो–.

तिमी त बगेर भरे कहाँ पुग्ने हौ थाहा छैन

म भने यत्ति  गरुँङ्गो छु कि

हम्मेसी नदीको प्रवहले मलाई हल्लाउनै सक्तैन 

प्रत्युत्तरमा  बालुवाले भन्यो–

ठिक भन्यौ

तिमी म जस्तो हुँदै होइनौ

तर नबिर्स !

नदी भनेकी हाम्री आमा हुन्

आमाको काखमा लुट्पुटिन

तिम्रो भाग्यमा लेखिएकै छैन ।