प्रत्यक्षमा उसलाई नराम्रो भन्ने कोही निस्केन । डराएर हो वा श्रद्धाभिभूत भएर हो ? तर टोलछिमेकमा ऊसँग सम्पर्क गर्ने चाहना थोरैमा होइन धेरैमा देखियो । मानिसहरू ऊबाट तर्केर हिँड्न थाले । आँखामा आँखा जुधाएर कोही नबोल्ने भए । मित्रतापूर्वक पनि र शत्रुतापूर्वक पनि । यसरी ऊभित्र एक्लो हुनुको उच्चाट मौलाउँदै गयो । मानिसहरूप्रति उसमा एक किसिमको डरले जरा पैmलाउन लाग्यो । उसले रासन किन्ने पसलेधरिले ऊप्रति कुनै किसिमको मैत्रीभाव देखाएन । कममा पनि रासन किन्दाखेरि हुने बोलचाल पनि बन्द छ । कारण के
प्रभा बराल ‘यात्राले पहिले तिमीलाई निःशब्द बनाएर छाड्छ र पछि तिमीलाई कथावाचकको रूपमा परिणत गर्छ ।’ तेह्रौँ शताब्दीका मोरक्कोका महान् यात्री इब्न बतुताको यो भनाइले हरेक यात्रीलाई प्रेरणा दिन्छ । उनले २१ वर्षकै उमेरमा घर छाडेर मध्य एसिया, दक्षिण एसिया, युरेसिया देशहरू घुमे । घुमेर घर फर्केपछि आफ्ना अनुभूतिहरू सबैलाई सुनाउन थाले । तत्कालीन समयमा अरू कसैले गर्न नसकेको काम उनले गरेको र त्यति धेरै ठाउँमा उनी पुगेकोले उनमा दैवी शक्ति रहेको विश्वास गरियो । उनले सुनाएका यात्रानुभूतिलाई सम्मान गर्दै उनलाई मोरक्कोका जनताले देवताको स्थानमा नै राखे । उनले आफ्नो यात्रा संस्मरणलाई ‘रिहाला’ नामक पुस्तकमा उतारे । उक्त पुस्तक अत्यन्त लोकप्रिय भयो । बतुताको यात्राले तारतम्यता मिलाउँदाको झन्झटलाई मलम लगाइदिन्छ र कठिन गन्तव्य सम्झेर मुर्झाउन थालेको अनुहार र पाइलामा जोश र जाँगरको तरङ्ग उत्पन्न गरिदिन्छ । साहित्यकार प्रतीक ढकालको ‘त्यो उज्यालो कर्णाली’ नियात्रा कृतिको नामैले पनि पाठकलाई उज्यालो बनाउँछ । कर्णाली ठूलो अञ्चल हो । त्यहाँ कुसंस्कार छ, रुढिवाद छ भनेर सुन्दै आएका छौँ । यही आधारमा दुर्गम भनेर देशको विकास बजेट पनि बर्सेनि धेरै छुट्याइने गरिन्छ तर विकास शून्य छ । किन ? यो किताब पढेपछि कर्णालीभित्रको अँध्यारो फाटेर उज्यालो भएको महसुस हुन्छ । पुरानो धारणा फेरिदिने शक्ति पुस्तकमा छ । फूलको आँखामा फूलै संसार देख्ने हो भने कर्णाली समस्या होइन, बरु समग्र नेपालको मुहार फेर्ने समाधान हो भन्ने कुरालाई अनेकन प्रमाणहरू दिएर यहाँ उल्लेख गरिएको छ । पुस्तकले कर्णालीका जनता र समग्र नेपालको पर्यटन क्षेत्रबारे फरक ढङ्गबाट सोचेको छ । कर्णालीलाई सदैव पछौटेपनको फुँदो गाँसेर राजनीतिको नारा बनाइरहनेहरूप्रति लेखकको गम्भीर चिन्ता र चासो व्यक्त भएको देखिन्छ । सके सबैले यो क्षेत्रको विकास गरौँ, सकिँदैन कर्णालीको दुरवस्थालाई मुख्य मुद्दा बनाउँदै असक्षमता प्रकट नगरौँ भन्ने लेखकको आग्रह छ । कर्णालीको सांस्कृतिक सम्पन्नता, प्राकृतिक मनोहारिता, खस आर्य संस्कृति, पुराताìिवक सम्पदा र समग्र ऐतिहासिक महत्त्वको कथालाई हामी किन आँखा चिम्लन्छाैँ ? प्रकृतिले दिएको अथाह भण्डारलाई परिचालन गर्न नसक्ने हामी नै होइनौँ ? फेरि किन स्थानलाई दोष दिन्छाँै भन्ने कुरालाई लेखकले आफ्नो लेखनीमार्फत प्रश्न गर्नुभएको छ । जुम्ला आफ्नो भ्रमणको चौहत्तरौँ जिल्ला हो भन्दै उहाँ सर्वप्रथम जुम्ली हात जोडेर जुम्लालाई प्रेम प्रकट गर्नुहुन्छ । यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक पाटो, जनजीवन र ऐतिहासिक महìवका पत्रहरू केलाउनु हुन्छ । कालीकोट हुँदै मुगुको रारा तालमा पुग्नुभएका लेखक राराको मनमोहक मोहनी जादुमा उस्तै लट्ठ पर्नु हुन्छ । चारैतिरबाट ताललाई नियाल्नु हुन्छ । रारा ताललाई अझ गहिरिएर हेर्न र यसको सौन्दर्यमा चुर्लम्म डुब्न लेखक मुर्माटपतिर लाग्नुहुन्छ । म.वी.वि शाहको ‘राराकी अप्सरा’ लाई सम्झिनु हुन्छ । कर्णालीसँग यति धेरै प्रकृतिको खानी छ । सिञ्जा सभ्यताको जग यहीँ छ । जडीबुटीको खानी यहीँ छ । प्रसिद्ध पर्यटकीय क्षेत्र मानसरोवर जाने बाटो यहीँबाट छ । बुद्धि र बल भएका जनशक्ति नहुने कुरै भएन । यति हुँदाहुँदै पनि कर्णालीलाई वर्षौंर्षदेखि किन अँध्यारो बनाइयो ? कर्णाली पछि प¥यो है भनेर किन रोइलो मच्चाइयो ? के हाम्रै इच्छाशक्तिको कमी होइन यो क्षेत्र पछि पारिनुमा ? उहाँ गम्भीर भएर कर्णालीका डाँडापाखा, ताल तलैया, हिमाल पर्वततिर नजर डुलाउँदै मौन वार्ता गर्नु हुन्छ । बडो भावुक बन्छन् छातीमा देश दुख्दा । अथाह सम्भावनाका क्षितिजहरू हुँदाहुँदै हामी किन यति धेरै लाचारी प्रकट गरिरहेछौँ भनेर चिन्तासमेत प्रकट गर्नुहुन्छ । यति सुन्दर तालको नजिक खोई प्रशस्त होटलहरू ? खोई पर्यटकका लागि लोभ्याउने संरचनाहरू भन्दै उहाँ प्रशस्त पर्यटक भित्र्याउन सक्ने सम्भावनाको खोजीमा लाग्न धेरै ढिला भइसकेको राय प्रकट गर्नु हुन्छ । जीवन दर्शनका विभिन्न आयामबारे जानकार लेखक भएर होला बौद्धिक लेखनको कसीले पुस्तक पठनीय बनेको छ । पाठकलाई लोभ्याउन सक्ने भाषिक कला छ । सरर बगेको काव्यात्मक भाषा छ । पुस्तकभरि प्रसङ्ग मिलाएर कर्णाली संस्कृतिका लोकलयका गीति अंशहरू ठाउँ ठाउँमा आइरहन्छन् । कतै मागल गीत गाइन्छ, कतै देउडा गीत घन्काइन्छ । किताबमा वर्णन मात्र छैन, विश्लेषण पनि छ । नियात्रा होइन, कविता वा आख्यान पो पढेको छु कि भन्ने भान पाठकलाई पर्छ ।आफ्नो यात्रा अनुभूति इमानदारीपूर्वक लेखिएको भन्ने कुरा पुस्तकका हरफ हरफबाट बुझ्न सकिन्छ । जुम्ला, मुगुसँगै कालीकोट, दैलेख भ्रमणका महत्त्वपूर्ण सन्दर्भहरू पनि उस्तै गहन भावले आएका छन् । अनुभूतिको सघनताले पाठकलाई बेस्सरी तान्छ । पुस्तक अनुसन्धानमय लाग्छ ।समग्रमा ‘त्यो उज्यालो कर्णाली’ पुस्तक पढ्दा एउटा साधारण मानिसको घुमाइ र लेख्ने मान्छेको घुमाइ बारेको अन्तर सर्लक्क छुट्टिएको महसुस हुन्छ । आफ्ना घुमाइका प्रत्येक पलहरू सञ्चित गरेर लेखिने यस्ता पुस्तकले पाठकलाई फाइदा त पुग्छ नै समग्र नियात्रा साहित्यमा पनि महत्त्वपूर्ण योगदान पुग्छ । कर्णालीमाथि कसैले लेख्दै गरेको छ भने प्रस्तुत पुस्तक सन्दर्भग्रन्थ हुन सक्छ । शिखा बुक्सले प्रकाशन गरेको यस कृतिको मूल्य ३६५ रुपियाँ रहेको छ ।
विराटनगर महानगरपालिकाका चोकदेखि गल्लीसम्म निर्वाचनका चहलपहल बढ्न थाल्दा महानगरकै एउटा बस्ती भने सुनसान छ । महानगरको पूर्वतर्फ कटहरी गाउँपालिकासँगको सिमाना छुट्याउँदै अविरल बगेको सिङ्घिया खोलाको डिलमा रहेको सुकुम्बासी बस्तीमा भने निर्वाचनको रौनक पुगेकै छैन । दैनिक ज्यालादारीबाट बिहान बेलुकीको गाँस टार्ने बाध्यतामा रहेका बस्तीका स्थानीयला
जनकपुरधाममा आयोजित त्रिदिवसीय मिथिला महोत्सवको पहिलो सत्रको विषय थियो– नेपाली साहित्यमा मिथिला एवं मधेस । नेपाल र नेपाली साहित्यसँग मिथिला एवं मधेसको सम्बन्ध चोली र दामनको सम्बन्धजस्तो सुदृढ, सुमधुर र सहृदयी सदीयौँदेखि रहँदै आएको कुरो सर्वविदित छ । साहित्यकार हृदयदेखि नै संवेदनशील हुन्छन् । नेपाली साहित्यकार तथा छिमेकी राष्ट्र भारतका साहित्यकारले मिथिलाप्रतिको मोह एवं प्रेम अभिव्यक्त गर्दै आएका छन् । भारतका राष्ट्रकवि रामधारी सिंह दिनकरको मिथिलाप्रतिको मोह एवं प्रेम तलका काव्यपङ्क्तिमा यसरी अभिव्यक्त भएको पाइन्छ–
काठमाडौँ उपत्यकाको उत्तरपश्चिममा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा लिन सकिन्छ । मुलुकका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वर नगरपालिका पनि एक हो, जुन काठमाडौँको उत्तरपश्चिममा अवस्थित छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको शिवपुरी पर्वतमा रहेको तारकेश्वरधामबाट नै तारकेश्वर नगरको नामकरण भएको हो । यस धाम भने तारकेश्वर नगरपालिका–३ मा पर्छ ।
नगेन्द्र सापकोटाकाठमाडौँ, वैशाख १० गते । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ । आयोगले उक्त व्यवस्थाअनुसार आचार संहिता जारी गरेकामा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि राजीनामा अनिवार्य भएको हो । त्यस्तै निर्वाचन आचारसंहितामा सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने स्पष्ट व्यवस्था भएकाले जनप्रतिनिधिबाहेकका व्यक्तिले पनि राजीनामा दिएका हुन् । सार्वजनिक पद धारण गरेका व्यक्तिको राजीनामा स्वीकृत हुन समय लाग्ने भएकाले आसन्न निर्वाचनमा उम्मेदवार हुन चाहने त्यस्ता व्यक्तिले केही समयअघिदेखि नै राजीनामा दिन थालेका थिए । यसरी राजीनामा दिनेमा निजामतीतर्फका उपसचिवसम्मका कर्मचारी र माध्यमिक प्रथम श्रेणीका शिक्षक पनि छन् ।बागमती प्रदेशका नेकपा (एमाले) का सांसद विजय सुवेदीले भरतपुर महानगरपालिकामा उम्मेदवार हुन राजीनामा दिनुभएको छ । त्यस्तै रौतहटको क्षेत्र नम्बर ४ ‘ख’बाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद शेखअब्दुल कलाम आजादले गढीमाई नगरपालिका प्रमुखको उम्मेदवारी दिन राजीनामा दिनुभएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले पनि राजीनामा दिनुभएको छ । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले स्थानीय तहका जनप्रतिनिधिले पुनः अर्को कार्यकालका लागि उम्मेदवार बन्न पदबाट राजीनामा दिने क्रम सुरु भएको जनाएका छन् । हालसम्म राजीनामा दिनेको यकिन तथ्याङ्क उपलब्ध भइसकेको छैन । नेपालको संविधानले स्थानीय तहका प्रमुखले उपप्रमुखसमक्ष र उपप्रमुखले प्रमुखसमक्ष राजीनामा दिने व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बहालवाला जनप्रतिनिधिले राजीनामा व्यक्तिलाई नभई संस्थालाई सम्बोधन गरेर दिने भएकाले राजीनामा दिने विषयमा अन्योल नभएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहका निर्वाचित प्रतिनिधिले राजीनामा दिँदा स्वीकृत गर्नुपर्ने व्यवस्था छैन । प्रमुख व्यक्ति नभई संस्था भएकाले संस्थामा प्रमुख भए पनि नभए पनि प्रमुखलाई सम्बोधन गरेर राजीनामा दिने व्यवस्था छ ।” उहाँले राजीनामा पत्र प्रमुख प्रशासकीय अधिकृतले सनाखत गर्ने र सनाखत गरी प्रमाणीकरणको पत्र बनाएपछि सोही पत्रका आधारमा पुनः उम्मेदवार बन्न बाधा नपर्ने बताउनुभयो । बागमती प्रदेशको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले आफूले पुनः अर्को कार्यकालका लागि उम्मेदवार बन्नका लागि उपप्रमुख समक्ष राजीनामा बुझाएको बताउनुभयो । उहाँका अनुसार आफूले बुझाएको राजीनामा कार्यपालिकामा छलफल भएको छ । प्रमुख प्रशासकीय अधिकृतले सनाखत गरी राजीनामा गरिएको पत्र बनाएपछि पुनः उम्मेदवार दर्ता गराउने तयारी गरिएको छ ।
सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले ११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्ने भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका तीन लाख २८ हजार ४८८ योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर ती अस्पतालबाट वार्षिक एक लाख रुपियाँबराबरको स्वास्थ्य उपचार सेवा लिन सक्ने भएका हुन् ।
तपाईं–हाम्रो जीवनशैली जति मौलिक हुन्छ, हाम्रो सांस्कृतिक पहिचान पनि त्यति नै चहकिलो हुन्छ । हाम्रो मौलिक पहिचानलाई चम्काउने अनेकन् पक्षमध्ये एउटा पक्ष कथ्य भाषा (जनबोली) पनि हो । कुनै पनि समुदायको पहिचान निर्माणमा स्थानीयपन मगमगाएको कथ्य भाषाको बेजोड भूमिका हुने तथ्यलाई सबैले स्वीकार्दै आएका छन् ।
युवराज गौतमचलचित्रमा कस्ता कथावस्तु र अभिनय दर्शकको रोजाइमा पर्छन् भन्ने कुराको प्रस्ट जवाफ निर्माता–निर्देशकसँग छैन । दर्शकको मनोविज्ञान बुझ्ने काम त्यति सजिलो छैन । अभिनयको कुरा गर्दा सबैलाई कुनै एक कलाकारको अभिनय मन पर्छ भन्ने पनि हुँदैन । दर्शकको मनोविज्ञान, भावना र चाहना बुझेर निर्देशक, पटकथा लेखक र निर्माताले काम गरेको पनि पाइँदैन । त्यसैले धेरै नेपाली चलचित्र सफलताको शिखर टेक्न पाउँदैनन् । बालमनोविज्ञान समेटिएका चलचित्र, बालकलाकारको भूमिका वा अभिनयका बारेमा मात्र समीक्षा गर्ने हो भने नेपाली सिने उद्योगमा यसको उपस्थिति त्यति छैन । निर्देशक भीषण राई बालकलाकार र बालबालिकामा आधारित चलचित्र निर्माणमा सन्तोषजनक नभएको स्वीकार्नुहुन्छ । “वास्तवमा दूरदराजका नेपाली बालबालिकाको कथा र कलाकार सिने उद्योगले पर्याप्त खोज्न सकेकै छैन । सतही रूपमा आएका कथावस्तुले देशभरका बालबालिकाको प्रतिनिधित्व गर्दैन । त्यसैले बालबालिकाको वास्तविक चित्रण र मौलिक कलाकारको खोजी गर्न ढिला भइसक्यो,” राईले भन्नुभयो ।हुन त चलचित्रमा देखिएका बालकलाकार लामो समयसम्म यो क्षेत्रमा टिकेको इतिहास छैन । निर्देशक शोभित बस्नेतका छोरा सलोन बालकलाकार हुँदै कालान्तरमा अभिनेता बने पनि उहाँ सफल बालकलाकारको सूचीमा पर्न सक्नु भएन । होचो कदका प्रतिभावान् कलाकार गोपाल नेपाल ‘फिस्टे’ डेढ दशकअघि निकै चर्चित हुनुहुन्थ्यो । टेलिशृङ्खलामा उहाँको अभिनयले खुबै ताली पाउँथ्यो । ‘ट्वाक्क टुक्क’ नामक हास्य टेलिसिरियलबाट स्थापित हुनुभएका उहाँ ‘जिरे खुर्सानी’ र ‘तितो सत्य’मा निकै चर्चित बन्नुभयो । ठूलो पर्दाका चलचित्रमा पनि उहाँको खुबै गुनगान भयो तर उमेरले जवानी भएसँगै उहाँ अमेरिका पलायन हुनुभयो । अभिनयमा व्यावसायिक निरन्तरता दिन सक्नुभएन ।गोपाल र सलोन प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । यस्ता धेरै बालकलाकारले पर्दालाई नै आफ्नो भविष्य देख्न सक्नुभएन । बाबुआमा कलाकार भएका नाताले बाल्यावस्थामै कला क्षेत्रमा आउनुभएका तर स्थापित नभएकाहरूको सूची पनि लामै छ । बालकलाकार सिने क्षेत्रमा स्थापित हुन नसक्नुमा अभिभावकको भूमिका पनि महìवपूर्ण हुने बताउनुहुन्छ– कलाकार पवन भट्टराई । “सन्तानको इच्छा एकातिर हुन्छ तर अन्य क्षेत्रमा प्रेरित गराउँदाको परिणाम पनि हो यो । त्यसका अलावा नेपाली चलचित्रमा कलाकारको भविष्य सुनिश्चित नहुनु अर्को दुर्भाग्यको कुरो हो,” उहाँले भन्नुभयो ।‘नाइँ नभन्नु ल २’ चलचित्रमा अभिनय गरेर सबैको रोजाइमा पर्नुभएको छ– अनुभव रेग्मी । यस चलचित्रको सबै सिक्वेलमा अभिनय गर्नुभएका रेग्मीले ‘भिसा गर्ल’बाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । त्यस्तै आठ वर्षकै उमेरमा ‘लभ यु बाबा’ चलचित्र निर्देशन गरेर चर्चामा रहनुभएका छ– सौगात विष्ट । पहिलो चलचित्रबाट ‘गिनिज वल्र्ड रेकर्ड’ राख्न सफल हुनुभएका सौगातले ‘हैरान’ पनि बनाउनुभएको छ । सानी परी भनेर चिनिने एन्जल राईले ‘हैरान’मा सडक बालिकाको रूपमा अभिनय गर्नुभयो । यो भूमिकापछि उहाँको धेरैले तारिफ गरे । हलिउड र बलिउडको अवस्था हेर्दा बालमनोविज्ञानमा आधारित नेपाली चलचित्र र बालकलाकारमा थुप्रै कमजोरी पाउन सकिन्छ । समीक्षकले नेपाली चलचित्रको गुण र दोष केलाउने क्रममा यस्ता चलचित्र र बालकलाकारका बारेमा सल्लाह सुझाव दिन्छन् तर निर्माता–निर्देशकले समीक्षालाई आफ्नो मार्गदर्शन नठान्दा समस्या देखिने गरेका छन् । दर्शक र निर्माता–निर्देशकको बौद्धिकतामा देखिएको भिन्नताले पनि यो समस्या देखिएको हुन सक्छ तर ठूलो पर्दाका चलचित्रभन्दा वृत्तचित्रमा बालकलाकार र बालबालिकाका कथाले सफलता हासिल गरेका छन् । बालबालिकाको अवस्था, जीवनशैली, घरेलु बालश्रमिक, बालयौन हिंसालगायतका विषयमा बनेका वृत्तचित्रले उत्कृष्ट नतिजा दिइरहेका छन् । यसको उदाहरण सञ्चारकर्मी तथा निर्देशक सङ्गीता श्रेष्ठले निर्माण गर्नुभएको चलचित्र ‘आइसक्रिम’ हो । केही महिनाअघि मात्र यस चलचित्रले ‘अफ्रिका फिल्म फेयर इम्प्याक्ट फेस्टिबल’मा दुई विधामा पुरस्कार पाएको थियो । बालयौन शोषणमा आधारित नौ मिनेट लामो यस वृत्तचित्रले सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा बोलेको छ । बालिका यौन शोषणमा कसरी पर्छन् र यस किसिमको अपराधबाट कसरी बचाउने भन्ने उद्देश्यले वृत्तचित्र बनाएको श्रेष्ठको भनाइ छ । चर्चित साहित्यकार झमककुमारी घिमिरेले बाल्यकालमा भोग्नुपरेका सामाजिक, पारिवारिक समस्यालाई आधार मानेर निर्माण गरिएको ‘जीवन काँडा कि फूल’ले एक बालिकाको जीवन सङ्घर्षलाई उतारेको छ । बालमनोविज्ञान र आमा–छोराबीचको सम्बन्धबारे निर्माता सन्तोष सेनले निर्माण गर्नुभएको ‘मेरी मामू’ चलचित्रमा सात वर्षीय आयुव सेनलाई मुख्य भूमिकामा उतार्नुभएको छ । संवेदनशील र जीवन्त शैलीमा निर्माण भएको चलचित्र ‘कालोपोथी’ वृत्तचित्रले जर्मनीको ‘भेनस फिल्म फेस्टिभल’मा ‘बेस्ट अवार्ड’ जित्न सफल भयो । मीन भामले निर्देशन गर्नुभएको यस चलचित्रमा माओवादी जनयुद्ध चलिरहेका बेला बालमनोविज्ञानमा परेको असर र मुगु जिल्लाको सेरोफेरोलाई जीवन्त रूपमा उतारिएको छ । सामान्य कथालाई सशक्त शैलीमा उतार्नु, स्थानीय बालकलाकारलाई प्राथमिकता दिनुले पनि चलचित्रलाई उत्कृष्ट बनाएको छ । बेचिएको पोथी फर्काउन दुई बालक प्रकाश (खड्का नेपाली) र किरण (शुक्रराज रोकाया)ले गरेको सङ्घर्ष निकै मार्मिक भएकाले उत्कृष्ट बनेको समीक्षकको दाबी छ ।भन्नलाई चलचित्रलाई ‘दृश्य साहित्य’ पनि भनिन्छ । दृश्यलाई नयाँ सिर्जना दिनसक्नु चलचित्रको सफलता हो । लामोभन्दा छोटा चलचित्रमा समेटिएको वास्तविक मौलिकता दर्शकको रोजाइमा परिरहेको छ । कस्मेटिक मौलिकताले भने चलचित्रलाई ओरालो यात्रामा प्रेरित गरेको पाइन्छ । नेपालमा बनेका छोटा चलचित्रहरू पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन हुन पाउनु र सफल हुनुलाई गर्वको विषय भएको समीक्षक तथा लेखक जीवन पराजुली बताउनुहुन्छ । “वास्तविक मौलिकता, जीवन्त कथावस्तु र स्थानीय पात्रको संयोजनमा बनेका चलचित्र सफल भएका छन् । यसबाट चलचित्र निर्माता निर्देशकले सिक्नुपर्छ,” पराजुलीले भन्नुभयो । बालबलिकाको सपना र इच्छालाई मुख्य आधार मानेर निर्माण गरिएको राजेशप्रसाद खत्रीका ‘जुलुङ्गो’ले केही महिनाअघि नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट जुरी अवार्ड नै जितेको थियो । त्यस्तै सडक बालबालिकाको वास्तविक कथामा आधारित चलचित्र ‘चकलेट’ पनि नेपाली दर्शकको रोजाइमा परेको चलचित्र हो ।बलिउड स्टार प्रियङ्का चोपडाले निर्माण गरेको ‘पाहुना’ले पनि नेपाली बालबालिकाले द्वन्द्वमा भोगेको कथा बोकेको छ । द्वन्द्वकालमा नेपालबाट ज्यान जोगाउन भागेर भारतको सिक्किम पुगेका तीन बालबालिकाको कथा यस चलचित्रमा छ । यस कथाले तीनवटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । यस्तै घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको चलचित्र ‘अञ्जली’मा देखिएका बालकलाकारको अभिनयले खुबै ताली पाएको थियो । यद्यपि नेपाली फिल्म नगरीमा बालकलाकार र बालकथामा आधारित चलचित्रले व्यावसायिक सफलता भने पाउन सकेको छैन । अहिलेको डिजिटल युगमा चलचित्रले बालबालिकाको मनोविज्ञानमा ठूलो असर पु¥याएको अध्ययनले देखाएको छ । बालमनोविद्ले चलचित्रमा देखाइने दृश्य र विषयवस्तुले बालमस्तिष्कमा नकरात्मक–सकरात्मक दुवै असर पारिरहेको बताउने गरेका छन् । बालमस्तिष्क कोमल र संवेदनशील हुने र त्यसमाथि नक्कल गर्ने स्वभावका कारण कहिलेकाहीँ दुर्घटना पनि निम्तिने गरेको छ । भारतीय सिने स्टार ऋतिक रोशनको चलचित्र ‘क्रिस’ हेरेर एक आठ वर्षीय बालक क्रिसजस्तै बन्न पटनाको एक अपार्टमेन्टको आठौँ तलाबाट हामफालेको खबरले सन् २००६ मा निकै चर्चा पाएको थियो । त्यसैले चलचित्र निर्माण गर्दा बालमनोविज्ञानलाई पनि ध्यान दिनुपर्छ ।
ठाकुरप्रसाद आचार्य बेनी (म्याग्दी), वैशाख १० गते । बेनीका रणबहादुर विश्वकर्माको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ । उहाँले बिहानै फार्ममा पुगेर बङ्गुरलाई दानापानी खुवाउने र खोर सफा गर्नुहुन्छ । उहाँको यो दिनचर्या चलेको आठ वर्ष भइसकेको छ । “विदेश पनि भोगियो, दुःख पनि पाइयो तर आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै छ । परिवार मिलेर बङ्गुरपालन गरेका छौँ, सबै जना खुसी छौँ,” विश्वकर्माले भन्नुभयो । बङ्गुरपालनमा राम्रो सम्भावना देखेर वैदेशिक रोजगार त्यागेर बङ्गुरपालन व्यवसाय सुरु गरेको बेनी नगरपालिका–७, मङ्गलाघाटका युवा विश्वकर्माले बताउनुभयो । “विदेशमा १२ वर्ष दुःख गरियो,” विश्वकर्माले भन्नुभयो, “विदेशमा गर्ने श्रम स्वदेशमै गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ ।” बङ्गुरपालन व्यवसायबाट मासिक एक लाख रुपियाँसम्म आम्दानी गर्न सकिने उहाँको अनुभव छ । दुई लाख ५० हजार रुपियाँबाट सुरु गरेको बङ्गुरपालन व्यवसाय अहिले करिब ५० लाख रुपियाँसम्म लगानी पुगेको छ । खोर निर्माण गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बङ्गुर जोन कार्यक्रमले अनुदान उपलब्ध गराएपछि परम्परागत खोरलाई आधुनिकीकरण गरिएको उहाँले बताउनुभयो । भविष्यमा फार्मलाई विस्तार गरेर लगानी बढाउने योजना रहेको विश्वकर्माले बताउनुभयो । उहाँको फार्ममा माउ बङ्गुर १३, भाले बङ्गुर एक, मासुका लागि तयारी अवस्थामा रहेका १२ र पाठापाठी २० वटा छन् । दानापानी राम्रो खुवाउन सकियो भने आठदेखि महिनादेखि एक वर्षमा एक सय केजीसम्मको बङ्गुर हुने उहाँले बताउनुभयो । दानाको व्यवस्थापन गर्नसकेमा पैसा कमाउन बङ्गुरपालन व्यवसाय राम्रो हुने उहाँले अनुभव सुनाउनुभयो । बेनी बजारमा रहेका होटल र घरबाट बढी भएको खाना, तरकारी, दाललगायतलाई सङ्कलन गरेर दानाका रूपमा प्रयोग गरिने उहाँले बताउनुभयो । यसका साथै घरमै पनि दाना बनाउने उहाँले बताउनुभयो । महिनामा १० वटासम्म बङ्गुर बिक्री गर्ने उहाँको भनाइ छ । बङ्गुरको मासु पसलमा प्रतिकेजी ३५० रुपियाँमा बिक्री हुने उहाँले बताउनुभयो । बङ्गुरको मासु बजारमा पु¥याउन सकिएको छैन । मागअनुसार उत्पादन गर्न नसकिएको विश्वकर्माले बताउनुभयो । उहाँका १२ कक्षामा पढ्ने छोरा साजन विकले फुर्सदको समयमा सघाउनुहुन्छ । जिल्लामा बङ्गुर जोन कार्यक्रम सुरु भएसँगै खोर निर्माण, मासु पसल सुधार र आवश्यक परामर्श दिन थालेपछि किसान उत्साहित भएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि कार्यान्वयनमा आएको बङ्गुर जोन कार्यक्रमले बङ्गुर पाल्ने किसानलाई खोर निर्माणमा अनुदान उपलब्ध गराउन थालेको छ ।गत आर्थिक वर्षमा मात्र ३६ लाख ५६ हजार आठ सय रुपियाँ बङ्गुरपालक किसानलाई सहयोग गरिएको छ । खोर निर्माण, दाना बनाउने मिल र खोरबाट निस्किएको फोहोरलाई व्यवस्थापन गर्न गोबर ग्यास प्लान्ट निर्माणमा अनुदान उपलब्ध गराएको बङ्गुर जोनका पशु प्राविधिक बलबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर ३५ वटा बङ्गुरका फार्म सूचीकृत भएका छन् । कार्यक्रम लागू भएपछि किसान उत्साहित भएको र बङ्गुरपालन व्यवसायप्रति युवाको आकर्षण बढेको उहाँले बताउनुभयो । बजारको नजिक मङ्गलाघाट क्षेत्रमा मात्र ११ जना युवाले बङ्गुरपालन व्यवसाय गर्दै आएका छन् ।
सिन्धुली समाचारदातासिन्धुलीमाढी, वैशाख १० गते । आसन्न स्थानीय तह निर्वाचनका लागि सिन्धुली जिल्लामा बिहीबार नौवटै पालिकामा स्थानीय तह निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकाको सिन्धुलीमाढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य आठवटा पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार दुधौली नगरपालिकाको दुधौली, तीनपाटन गाउँपालिकाको चकमके, फिक्कल गाउँपालिकाको खाङसाङबेँसी, गोलन्जोर गाउँपालिकाको ग्वाल्टार, घ्याङलेख गाउँपालिकाको बस्तीपुर, सुनकोसी गाउँपालिकाको रामटार, मरिण गाउँपालिकाको कपिलाकोट र हरिहरपुरगढी गाउँपालिकाको झनझनेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । स्थानीय तह निर्वाचनको प्रक्रियाअन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । मुख्य निर्वाचन अधिकृत सापकोटाले निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति व्यवस्थापन भइसकेको र नौ जना कर्मचारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन प्रयोजनका लागि सिन्धुली जिल्लामा एक हजार ३३८ कर्मचारी खटिनेछन् ।”नुवाकोट समाचारदाताका अनुसार स्थानीय तह निर्वाचनका लागि नुवाकोटको १२ वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विदुरमा एक कार्यक्रमबीच जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला अदालत नुवाकोटका न्यायाधीश उमेशप्रसाद लुइँटेल र प्रमुख जिल्ला अधिकारी नारायण रिसालले कार्यालय उद्घाटन गर्नुभएको थियो । लुइँटेलले कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थाको अनुगमन गर्ने बताउनुभयो ।बनेपा समाचारदाताका अनुसार स्थानीय तहको निर्वाचनको तयारीका लागि काभ्रेको १३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि जिल्लाको धुलिखेलमा रहेको शिक्षा विकास तालिम केन्द्रपरिसरमा मुख्य तथा धुलिखेल नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले स्थानीय तहको निर्वाचनका लागि जिल्लाको सबै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले काभ्रे जिल्लामा १८९ मतदान स्थल, ३८१ वटा मतदान केन्द्र रहेको जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत भट्टराईले काभ्रेमा एक हजारभन्दा बढी मतदाता भएका ३७ वटा र ५०० भन्दा बढी एक हजारभन्दा कम मतदाता भएको ३४२ वटा मतदान केन्द्र रहेको बताउनुभयो । काभ्रेमा तीन लाख तीन हजार ५६० मतदाता रहेका छन् ।
केही समयअघिदेखि निकै घटेको कोभिड–१९ सङ्क्रमण भारतमा पुनः बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । सङ्क्रमण बढ्दै गएपछि भारतबाट नेपाल आउनेमाथि निगरानी बढाउनुका साथै नाकामा रहेको हेल्थ डेस्कले फेरि एन्टिजेन परीक्षणको दायरा बढाउँदै लगेको छ ।
लक्ष्मी सापकोटाकाठमाडौंँ, वैशाख १० गते । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा पेट्रोलियम पदार्थको कारोबारबाट ८७ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा एक खर्ब ८७ अर्ब रुपियाँ बराबरको इन्धन आयात गरेकाले ८७ अर्ब ३४ करोड ४९ लाख ९० रुपियाँ राजस्व सङ्कलन भएको हो । सो अवधिमा २२ लाख ३६ हजार ६७७ किलोलिटर इन्धन (डिजल, पेट्रोल, हवाई इन्धन, मट्टीतेल र खाना पकाउने ग्यास) आयात भएको थियो । इन्धन कारोबारबाट आव २०७७÷७८ मा ९७ अर्ब २० करोड ४१ लाख २१ हजार र आव २०७६÷७७ मा ६६ अर्ब ८८ करोड ६९ लाख २४ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन कारोबारमा निगमले मासिक १२ अर्ब रुपियाँ राजस्व तिर्ने गरेको बताउनुभयो । पेट्रोलियम पदार्थ आयात र प्रयोगमा विभिन्न शुल्क र कर लगाइएको छ । यी सबै भन्सार बिन्दुमा नै राजस्व सङ्कलन हुने गर्छ ।पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार शुल्कबापत ३१ अर्ब २६ करोड ६० लाख नौ हजार, पूर्वाधार शुल्कबाट १८ अर्ब ६० करोड ५३ लाख रुपियाँ सङ्कलन भएको निगमले जानकारी दिएको छ । यस्तै सो अवधिमा सडक मर्मत दस्तुरबाट चार अर्ब ८२ करोड ३० लाख ९६ हजार, प्रदूषण कर दुई अर्ब ७९ करोड ७९ लाख पाँच हजार रुपियाँ सङ्कलन भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) ३० अर्ब ९९ करोड १० लाख सात हजार रुपियाँ सङ्कलन भएको निगमले जानकारी दिएको छ । निगमले पेट्रोलमा भन्सार महसुल २५ रुपियाँ २० पैसा, सडक मर्मत दस्तुर चार रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ६० पैसा, वातावरण शुल्क एक रुपियाँ ५० पैसा, भ्याट १८ रुपियाँ ४१ पैसा गरेर प्रतिलिटरमा ६० रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । यस्तै डिजलमा भन्सार महसुल १२ रुपियाँ, सडक मर्मत दस्तुर दुई रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ४३ पैसा, वातावरण शुल्क एक रुपियाँ ५० पैसा, मूल्य अभिवृद्धि कर १६ रुपियाँ ४५ पैसा गरेर प्रतिलिटर डिजलमा ४३ रुपियाँ ४१ पैसा राजस्व सङ्कलन हुने गरेको छ । हवाई इन्धनमा भन्सार महसुल दुई रुपियाँ १० पैसा, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ५६ पैसा, मूल्य अभिवृद्धि कर १७ रुपियाँ ९५ पैसा गरेर प्रतिलिटरमा २१ रुपियाँ ६४ पैसा राजस्व सङ्कलन हुने गरेको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्यास (एलपीजी)मा भन्सार शुल्कबापत १०२ रुपियाँ ४३ पैसा, मूल्य स्थिरीकरण कोषमा १६ रुपियाँ, मूल्य अभिवृद्धि कर १७९ गरेर प्रतिसिलिन्डर ग्यासमा २९७ रुपियाँ कर लिने गरिएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले हाल पेट्रोल प्रतिलिटरमा २२ रुपियाँ ९८ पैसा, डिजलमा २८ रुपियाँ र ग्यासमा प्रतिसिलिन्डर ९३२ रुपियाँ घाटा रहेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म एक खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपियाँ बराबरको २२ लाख ३६ हजार ६७७ किलोलिटर इन्धन आयात भएको छ । आव २०७७÷७८ मा एक खर्ब ५५ अर्ब रुपियाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले इन्धन आयातमा उल्लेख्य वृद्धि भएको छ ।
लोकेन्द्र जोशीदार्चुला, वैशाख १० गते । दार्चुला–टिङ्कर सडक निर्माणमा प्रयोग गरिने ठूला मेसिन (हेभी इक्विपमेन्ट) नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिरहेको छ । बुधबार दार्चुला आएको हेलिकप्टरले व्यास गाउँपालिकाको सदरमुकाम सुन्सेराबाट व्यास गाउँपालिका–२, दुम्लिङसम्म मेसिन ओसार्ने काम गरिरहेको हो ।सडक बाटो नभएपछि हेलिकप्टरले स्काभेटर, ब्याकहोलोडर, कम्प्रेसरका पार्ट ढुवानी गरिरहेको छ ।मेसिनका स–साना पार्टभित्र राखेर ओसारिरहेको छ भने ठूला पार्ट झुन्ड्याएर ल्याउने गरेको छ । निर्माण सामग्री ढुवानी गर्नुअघि बिहीबार सुरक्षा अधिकारीले सडकको हवाई निरीक्षण गरेका थिए । नेपाली सेनाले निर्माण गरिरहेको सडकको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नेपाली सेनाका प्राविधिक महासेनानी इन्दिवर गुरुङ, विकास निर्माण कार्यदल, २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङ, सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका गणपति त्रिभुवन विष्ट, राष्ट्रिय अनुसन्धान अधिकृत महेशप्रसाद अवस्थी, गुरु गोरख गुल्मका गुल्मपति कृष्णचन्द्र ठकुल्ला, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्र विष्टलगायतको टोलीले स्थलगत अनुगमन गरेको हो । नेपाल सरकारले दार्चुला–टिङ्कर सडकखण्डअन्तर्गत व्यास गाउँपालिकाको कोठेधारदेखि टिङ्करसम्मको ७३.२ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । नेपाली सेनाले अहिले पाँच ठाउँबाट सडक निर्माणको काम गरिरहेको जनाएको छ । व्यास गाउँपालिकाको तल्लो दुम्लिङ, फुलचिम, कोठेधार र मालबाट सडक निर्माणको काम गरिरहेको नेपाली सेनाका विकास निर्माण कार्यदल २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङले जानकारी दिनुभयो ।चालू आर्थिक वर्ष २०७८÷०७९ मा सात किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएको नेपाली सेनाले अहिलेसम्म तीन किलोमिटर सडक निर्माण गरिसकेको जनाइएको छ । सडक निर्माणका लागि चालू आर्थिक वर्षमा सेनालाई २२ करोड ५० लाख रुपियाँ बजेट प्राप्त भएको छ । क्याम्प राख्ने तयारीदार्चुला–टिङ्कर सडक निर्माणका लागि नेपाली सेनाले व्यास गाउँपालिका–१, छाङरुमा क्याम्प राख्ने तयारी गरेको छ । व्यास गाउँपालिका–२, कोठेधारमा सडक निर्माण भइरहेको र माथिबाट पनि सडक निर्माण गर्न छाङरुमा सेनाको क्याम्प स्थापना हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । क्याम्प स्थापना हुने ठाउँको नेपाली सेना र जिल्ला सुरक्षा समितिले हेलिकप्टरमार्फत छाङरु पुगेर अनुगमन गरेको छ । साथै सेनाले निर्माण गरिरहेको सडकसमेत हवाई अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । नेपाली सेनाले दार्चुला–टिङ्कर सडक निर्माणका लागि गत आर्थिक वर्षमा नै सुन्सेरा र दुम्लिङमा क्याम्प स्थापना गरेको थियो । केपी ओली नेतृत्वको सरकारले कोठेधारदेखि टिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । वर्तमान सरकारले तुसरपानीदेखि कोठेधारसम्म थप चार किलोमिटर सडक निर्माणको जिम्मा पनि सेनालाई दिएको छ । कोठेधार–टिङ्कर सडकको नयाँ डीपीआर तयार गरेर नेपाली सेनाले सडक निर्माण गरिहेको छ । सरकारले सेनालाई जिम्मा दिँदा ८७ किलोमिटर डिपिआरको कोठेधार–टिङ्कर सडकको जिम्मा दिएको भए पनि सेनाले घुम्ती घटाएर तथा कुनै ठाउँमा मार्ग परिवर्तन गरेर कोठेधारदेखि टिङ्करसम्म ७४ किलोमिटरको नयाँ डीपीआर तयार गरेर सडक निर्माण गरिरहेको छ । तुसरपानीको फतङगाडबाट सेनाले सडक निर्माण गर्ने भएकाले व्यास गाउँपालिका–३, तुसरपानीमा वर्षात्का कारण अवरुद्ध भएको सडक मर्मत गरिँदै छ । सडक अवरुद्ध हुँदा नेपाली सेनालाई फतङगाडसम्म निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेकाले दार्चुला–टिङ्कर सडक आयोजनाले सडक सफा गर्ने काम गरिरहेको छ । तुसरपानी गाउँको तल्लो क्षेत्रमा स्थानीयले पहिरो खसेको भन्दै सडक खुलाउन विवाद गरेपछि रिठिङगाड नदीको मार्ग भएर सडक खुलाउने काम भइरहेको बताइएको छ ।
बुटवल समाचारदाताबुटवल, वैशाख १० गते । रुपन्देहीको सैनामैना नगरपालिकामा नमुना ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । घरबाट निस्किने फोहोर पानीलाई व्यवस्थित ढलमा जोडेर प्रशोधन केन्द्रसम्म पु¥याउने र त्यहाँ प्रशोधनपछि सिँचाइलगायतमा प्रयोग गर्न मिल्नेगरी १६ करोड रुपियाँको लगानीमा निर्माण गरिएको ढल प्रशोधन केन्द्रबाट त्यस क्षेत्रका हजारौँ स्थानीय लाभान्वित भएका छन् । सङ्घीय सरकारको सहयोगमा खानेपानी उपभोक्ता समितिमार्फत निर्माण भएको यो परियोजना प्रदेशकै नमुना ढल परियोजनाका रूपमा रहेको बताइएको छ । सैनामैना–३ को रामबस्ती र वडा नम्बर ४ को करबलामा व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माण भएको हो । वडाका विभिन्न टोलबाट फोहोर पानी ढलमार्फत प्रशोधन केन्द्रसम्म पुग्नेगरी व्यवस्थित पाइपलाइन जडान गरिएको छ । सङ्घीय आयोजनामार्फत यी दुई ठूला आयोजनाले सैनामैनाको फोहोर व्यवस्थापनमा महìवपूर्ण टेवा पु¥याएका छन् । सैनामैना नगरपालिकाले नर्कटको प्रयोगबाट प्राकृतिक रूपमै ढलको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा छाड्ने गरेको छ । वडा नम्बर ३ को रामबस्तीमा सैनामैनाका १५० भन्दा बढी घरधुरीको ढल प्रशोधन गरी व्यवस्थित गरिँदै आएको छ भने वडा नम्बर ४ मा पाँच सय घरको ढल प्रशोधन केन्द्रमा लगिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा निर्माण भएको प्रशोधन केन्द्र निर्माणमा मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाले सहकार्य गरेको छ भने नगरपालिकाले खानेपानी संस्थामार्फत पाँच हजारभन्दा धेरै उपभोक्तालाई अभियानमा सरिक बनाएको छ । यसका बारेमा सचेतनाका काम पनि अगाडि बढाइएको मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो । नगरपालिकाकै पहलमा सैनामैनाको करिब एक लाख जनसङ्ख्यालाई स्वच्छ खानेपानीको प्रबन्ध गर्नुका साथै घरदेखि उत्सर्जन हुने फोहोरको प्रभावकारी व्यवस्थापन गरिएको छ । ढल प्रशोधन केन्द्रमा घरको फोहोर पानी ल्याउनका लागि मुर्गिया बजारदेखि घमाहा खोलासम्म करिब चार हजार मिटर लम्बाइको ढल निर्माण गरिएको छ ।ढल प्रशोधन गरी पानी पुनः खोलामा मिसाउन थालेपछि खोलाको पानी सफा हुनुको साथै हिउँदयाममा सुक्खा रहने घमाहा खोलामा पानी बग्न थालेको छ ।